अमेरिकी सरकारले नेपालको संघीयता र जैविक विविधता संरक्षणका लागि छुट्याइएको ३ कराेड ९० लाख अमेरिकी डलर अर्थात् ५ अर्ब ५३ कराेड रुपैयाँ भन्दा धेरैको सहयोग रोकेको छ। अर्बपति एलन मस्कले नेतृत्व गरिरहेको अमेरिकाको सरकारी दक्षता विभाग (डिओजीइ) ले एक्समा पोस्ट गर्दै यसबारे जानकारी दिएको हो। डिओजीइका अनुसार २ कराेड डलर संघीयता र १ कराेड ९० लाख डलर जैविक विविधता संरक्षणका लागि छुट्याइएको थियो।
यो कदम विभिन्न देशहरूमा गरिएको व्यापक विदेशी सहयोग कटौतीको अंश हो, जसमा नेपालमा मात्र नभई कम्बोडिया, बंगलादेश, सर्बिया, र भारतमा पनि करोडौं डलर बराबरका परियोजनाको रकम रोकिएको छ। यी सहयोगहरू शासन, लोकतन्त्र प्रवर्द्धन, र सामाजिक विकाससँग सम्बन्धित परियोजनाहरूमा खर्च गर्ने योजना थियो।
यस कटौतीको निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको एक कार्यकारी आदेशको भागको रूपमा आएको हो, जसमा स्टेट डिपार्टमेन्ट र यूएसएआईडीमार्फत वितरित सबै अमेरिकी सहयोगको पुनरावलोकन गर्न भनिएको थियो। यस निर्णयले नेपाल सरकार र यूएसएआईडीको साझेदारीमा सञ्चालित विभिन्न परियोजनाहरूमा असर पार्ने छ।
अमेरिकाको यो कदमले नेपालमा संघीयता र जैविक विविधता संरक्षणका क्षेत्रमा भइरहेका प्रगतिहरूमा प्रत्यक्ष असर पार्ने देखिन्छ। यसबाट स्थानीय र प्रादेशिक सरकारहरूको आर्थिक स्रोतमा कमी आउन सक्छ। अमेरिकी सहयोग रोकिएपछि नेपालको स्वास्थ्य र शिक्षा क्षेत्र सबैभन्दा धेरै प्रभावित भएको छ। सरकारले अब आफ्नै स्रोतबाट यी परियोजनाहरूलाई निरन्तरता दिनुपर्ने चुनौती थप भएको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो।
आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ।
छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ।
माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...