ट्रम्प फकाउने मोदीको प्रयास असफल, यी हुन चर्चाका ९ बुँदा
०२ फागुन २०८१
•
५ मिनेट पाठ
ट्रम्प फकाउने मोदीको प्रयास असफल, यी हुन चर्चाका ९ बुँदा
अमेरिका भ्रमण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका लागि व्यक्तिगत रूपमा सफल देखिए पनि भारतका लागि कुनै ठोस लाभ नदेखिएको टिप्पणी भइरहेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले मोदीलाई पुरानो मित्र भन्दै याद गरेको भए पनि, भारतले यो भ्रमणबाट जुन अपेक्षा गरेको थियो, त्यो प्राप्त हुन नसकेको टिप्पणीकारहरूको मत छ।




अमेरिकाले आफूलाई अरूलाई भन्दा फरक व्यवहार गरोस् भन्ने भारत र मोदीको अपेक्षा थियो। तर ट्रम्पले त्यस्तो गरेनन्। चीनलाई काउन्टर गर्न अमेरिकाका लागि भारत महत्वपूर्ण साझेदार हो, तर ट्रम्प व्यापार भन्दा अरु कोणबाट देशहरूसँगको सम्बन्ध हेरिरहेका छैनन्। पछिल्लो मोदी–ट्रम्प भेटले व्यापार, रक्षा, ऊर्जा, र कूटनीतिक सहयोगलाई बढावा दिने केही महत्वपूर्ण कदमहरू उठायो, तर भारतले यसबाट कुनै ठोस लाभ प्राप्त गर्न नसकेको जानकारहरूको तर्क छ। जसले भारतलाई आफ्नो आर्थिक र कूटनीतिक रणनीति पुनर्विचार गर्न बाध्य तुल्याएको छ।

व्यापार घाटा कम गर्ने घोषणा
अमेरिकासँगको व्यापारमा भारत नाफामा छ। त्यो विषयमा ट्रम्पले बारम्बार उठाइरहेका थिए। यो भेटमा ट्रम्पले आफ्नो व्यापार घाटा कम गर्ने विषय उठाएका थिए। जसका लागि भारतले अमेरिकाबाट विशिष्ट सैन्य उपकरण र ऊर्जा स्रोत खरिद गर्ने घोषणा गरेको छ। यसमा एफ–३५ लडाकु विमान, तेल, र ग्यास समावेश छन्। यो कदमले भारतलाई अमेरिकी उत्पादनहरूमा बढी निर्भर बनाउन सक्छ भन्ने खालका टिप्पणीहरू भइरहेका छन् ।

पारस्परिक कर्तव्य
ट्रम्पले अमेरिकी सामानमा भारतले लगाइरहेको ट्यारिफ-आयात कर)को विषय पनि महत्वपूर्ण ढंगले उठाएका छन्। ‘पारस्परिक कर्तव्य’ भन्दै ट्रम्पले अमेरिकी सामानमा भारतले जति ट्यारिफ लगाएको छ, भारतीय सामानमा अमेरिकाले पनि त्यही ट्यारिफ लगाउने  भनेका छन्। यसले दुई देशबीचको व्यापारिक सम्बन्धलाई जटिल बनाउन सक्ने देखिएको छ। किनभने यसले भारतीय उत्पादनहरूलाई अमेरिकी बजारमा प्रतिस्पर्धी बनाउन कठिन बनाउने देखिन्छ। जसले भारतीय निर्यातमा ह्रास आउन सक्छ। 

बिहीबार मोदीसँग भेटघाट गर्नु अघि ट्रम्पले सबै देशहरूमा पारस्परिक कर लगाउने कुरा गरेका थिए।‘भारत होस् वा अन्य कुनै देश फरक पर्दैन, उनीहरूले हामीमाथि लगाएको शुल्क हामी उनीहरूमथि लगाउने छौँ’, ट्रम्पले भनेका छन्, ‘हालै प्रधानमन्त्री मोदीले भारतको अनुचित र धेरै कडा ट्यारिफहरू घटाउने घोषणा गरेका छन्, जसले भारतीय बजारमा अमेरिकी पहुँचलाई कम गर्छ। र म भन्न चाहन्छु कि यो ठूलो समस्या हो।’

अवैध भारतीय आप्रवासी समस्या
मोदीले अमेरिकामा गैरकानुनी रूपमा बस्ने भारतीयहरूलाई फिर्ता लैजाने प्रस्ताव राखेका छन्। जसले दुई देशबीचको आप्रवासी सम्बन्धलाई सुधार गर्ने र मानव तस्करी रोक्ने दिशामा एक कदम हुन सक्छ। अमेरिकामा गैरकानुनी रूपमा बस्ने भारतीयहरूको सम्बन्धमा मोदीले भने, ‘यस विषयमा हाम्रो धारणा एउटै छ र त्यो हो कि अमेरिकामा गैरकानुनी रूपमा बस्ने कुनै भारतीयको प्रमाणीकरण भएमा उनीहरूलाई भारत फिर्ता लैजान हामी पूर्ण रूपमा तयार छौँ।’  कतिपय आप्रवासीलाई मानव तस्करले ल्याइदिएको र उनीहरूलाई अमेरिका लगिएको पनि थाहा नहुने मोदीले बताए। उनले भने, ‘उनीहरू सामान्य परिवारका हुन्, उनीहरूलाई ठूला सपना देखाइन्छ र ठूला–ठूला वाचा गरिन्छ।’

तहव्वुर राणाको सुपुर्दगी
भारत र अमेरिकाले इस्लामिक चरमपन्थी आतंकवाद विरुद्ध सहयोग बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। यसको एक महत्वपूर्ण पक्षको रूपमा मुम्बई हमलाका मास्टरमाइन्ड मानिएका तहव्वुर राणालाई सुपुर्दगी गरेर भारतलाई बुझाउन दुवै देश सहमत भएका छन्। ‘मलाई यो घोषणा गर्न पाउँदा खुसी लागेको छ कि हाम्रो प्रशासनले विश्वको सबैभन्दा खराब मानिसमध्ये एकको सुपुर्दगीलाई अनुमोदन गरेको छ’, सहमतिपछि ट्रम्पले भनेका छन्, ‘अब उनलाई कानुनी कारबाहीका लागि भारत पठाइनेछ। हामी तत्कालै भारतलाई बुझाउँछौँ।’ यसले भारतलाई आतंकवाद विरुद्धको लडाइँमा न्यायिक औचित्य र सहयोग प्रदान हुने विश्लेषण भारतमा हुने गरेको छ।

आणविक ऊर्जा सहयोग
आणविक ऊर्जा क्षेत्रमा सहकार्य गर्न अमेरिका र भारत सकारात्मक देखिएका छन्। अमेरिकी आणविक प्रविधिलाई भारतीय बजारमा स्थान दिन नीतिगत सुधार गर्न भारत तयार रहेको ट्रम्पले बताए। यसले भारतको ऊर्जा सुरक्षालाई सुदृढ गर्न सहयोग पुग्ने र दुवै देशको पर्यावरणीय लक्ष्य पूरा गर्न मद्दत पुग्ने दाबी गरिएको छ।

रक्षा, तेल र ग्यास 
अमेरिका र भारतबीच तेल र ग्यासका लागि एक नयाँ सम्झौता भएको छ। जसले अमेरिकालाई भारतको प्रमुख आपूर्तिकर्ता बनाउने सम्भावना छ। यस सम्झौताले व्यापार घाटा कम गर्ने योजनाको भाग हो। रक्षा क्षेत्रमा भारतले एफ-३५ जेट सहित विभिन्न रक्षा सामग्री खरिद गर्ने तयारी गरेको छ । जसले दुई देशको रक्षा साझेदारीलाई उचाइमा पुर्‍याउनेछ। अमेरिकी राष्ट्रपति ट्रम्पले यसलाई भारतसँगको अमेरिकी व्यापार घाटा (४५ अर्ब डलर) घटाउने योजनाको हिस्सा भएको भनेका छन्।

व्यापार
दुई देशले सन् २०३० सम्ममा द्विपक्षीय व्यापारलाई ५ खर्ब डलर पुर्‍याउने महत्वाकांक्षी लक्ष्य राखेका छन्। यसका लागि, विभिन्न व्यापार सम्झौता र रक्षा खरिद जस्ता विषयहरूमा छलफल भएको छ ।

बंगलादेशमा सत्ता परिवर्तन
ट्रम्पले बंगलादेशमा भएको सत्ता परिवर्तनमा अमेरिकाको कुनै प्रत्यक्ष भूमिका नभएको स्पष्ट पारे। यसै सन्दर्भमा मोदीले भारत लामो समयदेखि यस विषयमा काम गरिरहेको बताए। ट्रम्पले बंगलादेशलाई मोदीले सम्हाल्ने तर्क गरेका छन्। बंगलादेशमा भएको आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री शेख हसिनाले अगस्त ५ मा देश छाडेर अहिले भारतमा बस्दै आएकी छन्। अहिले बंगलादेशमा मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ। बंगलादेशको वर्तमान सरकारले शेख हसिनालाई स्वदेश फिर्ता पठाउन भारतसँग पटक पटक माग गरेको छ।

भारत तटस्थ छैन
ट्रम्पसँगको भेटमा मोदीले रुस-युक्रेन विवादमा भारतलाई तटस्थ नभएको र शान्तिको पक्षधर रहेको बताए। उनले रुस र युक्रेन दुवैसँग वार्ता गर्ने आह्वान गरे । यस्तै मोदीले ट्रम्पको युद्ध अन्त्य गर्ने प्रयासको प्रशंसा गरे। एजेन्सीको सहयोगमा
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस