मस्कले भने: बजेट कटौती नगरे अमेरिका ‘टाट पल्टिन्छ’
३० माघ २०८१
•
२ मिनेट पाठ
मस्कले भने: बजेट कटौती नगरे अमेरिका ‘टाट पल्टिन्छ’
तस्बिर: जिम वाटसन/एएफपी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय खर्च कटौती अभियानको नेतृत्व गर्न जिम्मेवारी दिएका प्रविधि उद्यमी एलन मस्कले आवश्यक बजेट कटौती नगरे अमेरिका ‘दिवालिया’ हुने चेतावनी दिएका छन्।




मस्क हालै स्थापना गरिएको ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसियन्सी (डीओजीई)’ अन्तर्गत खर्च नियन्त्रणको नेतृत्व गरिरहेका छन्। उनले आफ्नो अध्ययनबारे राष्ट्रपति ट्रम्पलाई जानकारी दिँदै भने, “बजेट कटौती नगरे अमेरिका आर्थिक रूपमा धरासायी हुनेछ।”

राष्ट्रपति ट्रम्पले पछिल्ला केही हप्तामा संघीय खर्च कटौतीका लागि कार्यकारी आदेशहरू जारी गरेका छन्। मस्कले विशेष रूपमा देशको आर्थिक घाटा औँल्याउँदै संघीय ऋणको ब्याज भुक्तानी उच्चस्तरमा पुगेको उल्लेख गरेका छन्।

गत आर्थिक वर्षमा मात्रै अमेरिका १.८ ट्रिलियन डलर घाटामा पुगेको थियो। ट्रम्पसँगको भेटपछि मस्कले पत्रकारहरूसँग भने, “वासिङ्टनका लागि संघीय खर्च कटौती कुनै विकल्प होइन, अब आवश्यक कार्य हो।”

तर, ट्रम्प प्रशासनको यो नीति अदालतमा चुनौतीको सामना गरिरहेको छ। संघीय न्यायाधीशहरूले ह्वाइट हाउसका खर्च कटौती योजनाको वैधतामाथि प्रश्न उठाइरहेका बेला प्रशासन कानुनी लडाइँमा फसिरहेको छ।

ट्रम्पले केही संघीय एजेन्सीहरू प्रभावकारी रूपमा बन्द गरिसकेका छन् भने कर्मचारी कटौतीका कारण देशभर कानुनी विवाद चुलिएको छ। आलोचकहरूले यो कदमलाई अवैध रूपमा शक्तिको केन्द्रीकरण गर्न गरिएको प्रयास भन्दै आपत्ति जनाएका छन्।

यसैबीच, मस्क नेतृत्वको डीओजीई टिम संघीय निकायहरूमाथि आक्रामक रूपमा अघि बढिरहेको छ। सरकारी सहायता कार्यक्रमहरू रोक्ने र कर्मचारी कटौतीको योजना अघि बढाइरहेको छ।

संघीय कार्यबल संकुचन गर्ने उद्देश्यसहित कार्यकारी आदेश जारी गरिएको छ, जसअनुसार प्रस्थान गर्ने चार कर्मचारीको ठाउँमा केवल एकजनालाई मात्र नियुक्त गर्न पाइनेछ। आदेशअनुसार, कुनै पनि संघीय एजेन्सीले नयाँ कर्मचारी भर्ना गर्दा डीओजीईसँग अनिवार्य रूपमा परामर्श गर्नुपर्नेछ।

आलोचनाको जवाफमा मस्कले भने, “अमेरिकी जनताले राष्ट्रपति ट्रम्पलाई ठूला सरकारी सुधारको पक्षमा मत दिएका थिए, अब सरकारले त्यही नीति पछ्याउनेछ।” स्पेसएक्स र टेस्लाका प्रमुखसमेत रहेका मस्कले सम्भावित स्वार्थ द्वन्द्वबारे सोधिएको प्रश्नमा आफू पारदर्शी रहने प्रयास गरिरहेको बताए।

तर, मस्कको कम्पनीहरू अमेरिकी सरकारबाट ठूलो लाभ लिइरहेको भन्दै विपक्षी डेमोक्र्याट नेताहरूले आलोचना गरिरहेका छन्। डीओजीई टिमले अमेरिकी ट्रेजरी विभागका संवेदनशील तथ्यांक र रेकर्डहरूमा पहुँच पाएको विषयमा पनि चर्को विवाद उठेको छ।
अर्को समाचार
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
१ घण्टा अघि
•
१ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
नयाँ दिल्ली। भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 




मन्त्रिपरिषद्ले सबै राज्यहरूको सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने यो विधेयक पारित गरेको छ। 

सङ्घीय मन्त्रिपरिषद्ले लोकसभामा सीमाङ्कन अभ्यास लागू गर्न संविधानको (१३२ औँ संशोधन) विधेयक, २०२६ र व्यवस्थापिकामा महिलाहरूलाई ३३ प्रतिशत आरक्षण प्रदान गर्न नारी शक्ति वन्दन अधिनियम पनि स्वीकृत गरेको छ। 

सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ मा महिला आरक्षणका लागि विशेष प्रावधान थपिएको छ। धारा १० अनुसार प्रत्येक राज्य र केन्द्रशासित प्रदेशलाई लोकसभामा व्यवस्था गरिएको सीट सङ्ख्या र प्रत्येक राज्यको विधानसभाको कुल सीट सङ्ख्यामा पचास प्रतिशत वृद्धि हुनेछ।

यो विधेयकले प्रस्तावित ऐन लागू भएपछि सीमाङ्कन आयोग गठन गरी सीमाङ्कन अभ्यास गर्न खोजेको छ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडूले लोकसभा सीटमा प्रस्तावित ५० प्रतिशत वृद्धिको पुष्टि गर्दै यसमा आफ्नो दल र व्यक्तिगत समर्थन रहेको बताए। 

उनले जनसङ्ख्यामा आधारित सीमाङ्कनका कारण आफ्नो संसदीय प्रतिनिधित्वको हिस्सा गुमाउने डर राखेका दक्षिणी राज्यहरूलाई राहत दिने बताए।  संविधान संशोधन विधेयकअनुसार सीमाङ्कनका अङ्कहरू सन् २०५१ सम्म स्थिर राखिनेछ। 

अप्रिल १७ मा लोकसभामा दुई–तिहाइ बहुमत जुटाउन असफल भएपछि एनडीएले यो विधेयक प्रस्तुत गर्ने तयारी गरेको हो। कुल ५४३ सदस्यीय सदनमा हाल पाँच रिक्त स्थानलाई ध्यानमा राख्दा प्रभावकारी सङ्ख्या ५३८ छ, जसअनुसार दुई–तिहाइ सीमा लगभग ३५९ मत रहन्छ। संसदीय पर्यवेक्षकहरूले ट्र्याक गरिरहेको सम्भावित परिदृश्यअनुसार राष्ट्रिय लोकतान्त्रिक गठबन्धनअन्तर्गत हाल करिब ३२० सदस्य (२० टीएमसी विद्रोहीसहित) रहेका सत्तारूढ पक्षले आवश्यक सङ्ख्या पुर्‍याउन व्यापक दलीय समर्थन खोज्न सक्नेछन्। 

इन्डिया गठबन्धनको हिस्सा रहेको र लोकसभामा आठ सीट रहेको राष्ट्रवादी काङ्ग्रेस पार्टी (शरदचन्द्र पवार) संसद्मा प्रस्तुत हुने यो विधेयकलाई समर्थन गर्ने प्रतिवद्धता जनाएको छ। 

जितेन्द्र अव्हाडले पार्टीका प्रमुख शरद पवारसँग छलफलपछि संसद् सदस्यका लागि सीमाङ्कन अभ्यासलाई संवैधानिक दायित्व बताउँदै समर्थन गर्ने बताए। 

छलफलको प्रकृति स्पष्ट पार्दै अव्हाडले पत्रकारहरूलाई भने, 'छलफल हाम्रो पार्टीको आधिकारिक अडानबारे थिएन। सामान्य बिन्दु यो थियो कि सीमाङ्कन प्रक्रिया संवैधानिक आवश्यकता हो। सीमाङ्कन प्रक्रियालाई समर्थन गर्ने निर्णय भएको छ, र हामी यसलाई समर्थन गर्नेछौँ।'

'हामी सीमाङ्कनलाई समर्थन गर्नेछौँ,' पूर्व तमिलनाडु मुख्यमन्त्री तथा डीएमके प्रमुख एमके स्टालिनले लोकसभामा राज्यको प्रतिनिधित्वको हिस्सा जोगाउन सुरक्षा उपायको माग दोहोर्‍याउँदै राज्यको हितमा कुनै पनि सम्झौताको प्रश्न नभएको दाबी गरे। 

डीएमके सांसद पी. विल्सनले शुक्रबार भने, 'हाम्रो पार्टीसँग प्रस्तावित सीमाङ्कन अभ्याससम्बन्धी सर्तमा सन् १९७१ को जनगणनामा आधारित तमिलनाडुको विद्यमान ७.१८ प्रतिशत संसदीय प्रतिनिधित्वको हिस्सा जोगाउने र जनसङ्ख्यामा आधारित सीमाङ्कनमा २५ वर्षको स्थिरता सुनिश्चित गर्ने दुई गैर–वार्तायोग्य माग छन्।

यसैबीच, वाईएसआरसीपीले प्रस्तावित सीमाङ्कन विधेयकलाई समर्थन गर्ने झुकाव देखाएको छ, तर विधेयकले क्षेत्रीय सन्तुलन सुनिश्चित गरी राज्यहरू, विशेषगरी दक्षिणी भारतका राज्यहरूको हित र राजनीतिक प्रतिनिधित्व जोगाउनुपर्ने सर्तसहित, पार्टी स्रोतहरूले बताए। काङ्ग्रेस र इन्डिया गठबन्धनका धेरै सहयोगी दलहरूले विधेयकको विरोध गर्ने अडान कायम राखेका छन्। नोभेम्बर ३० मा लोकसभा र डिसेम्बर २ मा राज्यसभाको पुनः बैठक बस्नेछ। एएनआई
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
यो पनि पढौँ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस