निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० जनवरीमा शपथ ग्रहण गर्नुअघि चिनियाँ राष्ट्रपति सी जिनपिङसँग फोनमा कुराकानी गरेका छन्। यो वार्तामा दुई नेताबीच विभिन्न मुद्दाहरूमा छलफल भएको छ, जसमा अमेरिकामा टिकटक प्रतिबन्धको विषय पनि सामेल थियो। ट्रम्प र सी बीचको यो संवाद दुवै देशका लागि फाइदाजनक हुने अपेक्षा गरिएको छ।
सपथ ग्रहण कार्यक्रममा चीनको तर्फबाट उपराष्ट्रपति हान झेङ सहभागी हुनेछन्। ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमा लेखेका छन्, "मलाई आशा छ कि हामी सँगै धेरै समस्याहरू समाधान गर्नेछौं र तुरुन्तै काममा लाग्नेछौं।" उनले व्यापार सन्तुलन, टिकटक र अन्य मुद्दाहरूमा वार्ता भएको उल्लेख गर्दै भने, "राष्ट्रपति सी जिनपिङ र म विश्वलाई शान्त र सुरक्षित बनाउन हरसम्भव प्रयास गर्नेछौं।"
चिनियाँ विदेश मन्त्रालयले सीले ट्रम्पलाई उनको दोस्रो कार्यकालको बधाई दिँदै, अमेरिका र चीनको सम्बन्ध सुधार गर्न जोड दिएका छन्। यो फोन वार्ता त्यही दिन भएको हो, जब अमेरिकाको सर्वोच्च अदालतले टिकटक प्रतिबन्धको पक्षमा निर्णय सुनायो। सीले चीन-अमेरिका सम्बन्धको राम्रो शुरुवातको आशा व्यक्त गर्दै, दुवै देशका लागि ठूलो प्रगति सुनिश्चित गर्न चाहेको बताए।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो।
आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ।
छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ।
माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...