भानुआटुमा ७.३ म्याग्निच्युडको भूकम्प
०२ पौष २०८१
•
१ मिनेट पाठ
भानुआटुमा ७.३ म्याग्निच्युडको भूकम्प
अस्ट्रेलिया महादेशमा पर्ने भानुआटुको पोर्ट भिला नजिक ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। 




अमेरिकाको भूगर्भ सर्वेक्षण अनुसार भूकम्प राजधानी पोर्ट भिलादेखि ३७ किलोमिटर टाढा र १० किलोमिटर गहिराइमा केन्द्र भएर मंगलबार भूकम्प गएको हो। 

सामाजिक सञ्जालमा पोष्ट गरिएका फुटेजमा अमेरिका, फ्रान्स, न्यूजिल्याण्ड र बेलायती दूतावासहरूका भवनमा झ्यालका सिसा फुटेको र पर्खालहरु भत्किएका छन्। 

रोयटर्स समाचार एजेन्सीका अनुसार, यस भूकम्पमा घाइते वा मृत्युको कुनै प्रारम्भिक जानकारी आइसकेको छैन। भूकम्पपछि तटीय क्षेत्रमा छालहरू देखिएको भन्दै, छिमेकी टापुहरूको लागि सुनामी चेतावनी जारी गरिएकाे छ। 

चेतावनीमा फिजी, केरमाडेक टापुहरू, किरिबाटी, न्यू क्यालेडोनिया, पपुवा न्यू गिनी, सोलोमन टापुहरू, टुभालु र वालिस र फुटुनालगायतका देशहरूलाई रहेका छन्। 

तर, अस्ट्रेलियाको मौसम विज्ञान विभाग र न्यूजिल्याण्डका अधिकारीहरूले यी देशहरूमा सुनामीको कुनै खतरा नरहेको जानकारी दिएका छन्। एजेन्सी  
अर्को समाचार
भानुआटु भूकम्प : मृतकको संख्या १४ पुग्यो, २ सय घाइते
०३ पौष २०८१
•
१ मिनेट पाठ
भानुआटु भूकम्प : मृतकको संख्या १४ पुग्यो, २ सय घाइते
भानुआटुमा मङ्गलबार आएको ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परेर १४ जनाको मृत्यु भएको छ। दुई सय भन्दा बढी घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन्। 




भूकम्पका कारण अनेकौँ भवनहरू ध्वस्त भएका छन्। राजधानी पोर्ट भिलामा ठूलो विनाश भएको बीबीसीले लेखेको छ। मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। उद्धार टोलीहरू घाइते र हराइरहेका व्यक्तिहरूको खोजीमा सक्रिय छन्। 

अमेरिकी भूगर्भीय सर्वेक्षण अनुसार, भूकम्प भानुआटुको मुख्य टापु एफेटको तटबाट करिब ३० किलोमिटर टाढा ५७ किलोमिटरको गहिराइमा आएको थियो। भूकम्पको केही मिनेटपछि ५.५ म्याग्निच्युडको पराकम्पन पनि आएको थियो। 

भूकम्पको गम्भीर प्रभावले पोर्ट भिलास्थित कूटनीतिक मिशनहरूद्वारा प्रयोग गरिने चार तले कङ्क्रिट भवनको भुइँ तल्ला पूरै भत्किएको छ। भूकम्पपछि फ्रान्सले आफ्नो मिशन नष्ट भएको भनेको छ भने अमेरिकाले दूतावास नै बन्द गर्ने निर्णय गरेको छ।

भानुआटु प्रशान्त महासागरको रिम अफ फायर क्षेत्रका एक सक्रिय भूकम्पीय क्षेत्रमा स्थित छ, जहाँ प्रायः ठूलो संख्यामा भूकम्प र अन्य प्राकृतिक प्रकोपहरू आइरहन्छन्। 

यस क्षेत्रमा हालैका वर्षहरूमा भूकम्प, आँधीबेहरी, बाढी र सुनामी जस्ता प्रकोपहरूलाई ध्यानमा राख्दै भानुआटुलाई विश्वका सबैभन्दा बढी प्राकृतिक प्रकोप जोखिममा रहेका देशहरू मध्ये एक मानिन्छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस