अखबारको विश्वास बचाउन ‘बायस मिटर’
२७ मंसिर २०८१
•
३ मिनेट पाठ
अखबारको विश्वास बचाउन ‘बायस मिटर’
मिडियाहरूमाथि एकतर्फी समाचार मात्र प्रेषित गरेको आरोप लागिरहेका बेला अमेरिकाका दुई प्रख्यात अखबारले नौलो अभ्यास सुरु गर्ने भएका छन्। बायोटेक कम्पनीबाट अर्बौं डलर कमाएका प्याट्रिक सुन–सिअङ र अमेजन कम्पनीका मालिक जेफ बेजोसले किनेका दुई प्रख्यात दैनिक अखबार क्रमशः ‘द लस एन्जलस टाइम्स’ र ‘द वासिङटन पोस्ट’को समाचारमा ‘विश्वास पुनस्र्थापित’ गर्न भन्दै गोप्य रूपमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गर्ने भएका हुन्।




यसको अर्थ हो– एलए टाइम्स (लस एन्जलस टाइम्स) र डब्लुपी (वासिङटन पोस्ट)का समाचार अनलाइनमा पढ्दा चित्त बुझेन भने छेउमा रहेको ‘बायस मिटर’मा क्लिक गरेर त्यो समाचारमा कति एकतर्फी विषय राखिएको छ भनी जाँच्न सकिनेछ।

फाइनान्सियल टाइम्सका अनुसार सन् २०१८ देखि नै यस किसिमको ‘बायस’ जाँच गर्ने कार्य गुप्त रूपमा भइरहेको थियो। अबको केही समयपछि सर्वसाधारणले समेत ‘बायस मिटर’ उपयोग गर्न सक्ने भएका छन्।

हालै एलए टाइम्सका मालिक प्याट्रिकले एउटा राजनीतिक रेडियो टिप्पणी कार्यक्रममा भनेका थिए, ‘कसैलाई कुनै समाचार एकतर्फी मात्र भयो भन्ने लाग्यो, त्यसमा कुनै बायसनेस छ भन्ने लाग्यो भने छेउको बटन थिचेर त्यसको सन्तुलित समाचार के हो भनी जान्न सकिने छ।

अर्कोतर्फ त्यो बटन थिचेपछि पाठकलाई के गलत लाग्यो त्यसको जानकारीसमेत दिन सकिनेछ। यसलाई सन्तुलित समाचारका लागि गतिलो माध्यम बनाउन सकिन्छ भन्ने मेरो विश्वास छ।’

केहीले भने यस किसिमको प्रयोगले समाचार र विचारबिच फरक छुट्याउन गाह्रो हुने प्रतिक्रियासमेत दिएका छन्। हार्भड विश्वविद्यालयस्थित निम्यान फाउन्डेसन फर जर्नालिज्मकी क्युरेटर एन मेरी लिपिन्स्की भन्छिन्, ‘तपाईंले यस्तो गर्न थाल्नुभयो भने पत्रकारको क्षमतामाथि प्रश्न गर्न थाल्नुहुन्छ। यस्ता गतिविधि हुनु पत्रकारमाथि अविश्वास गर्नु हो। यसले पत्रकारलाई सिधासिधा जनताका सामु ग्रेडिङ गर्छ। त्यसै पनि पत्रकारमाथि दिनदिनै दबाब बढ्न थालेको छ। यसपछि त झनै अवस्था दयनीय हुन्छ।’

मिडिया संस्था एनपिआरका प्रमुख कार्यकारी भिभियन सिलर भन्छन्, ‘अर्बपतिहरू मिडिया सञ्चालक भए भने के हुन्छ भन्ने यो उत्तम उदाहरण बन्न पुगेको छ।’

इन्टरनेटको उदयपछि छापा अखबारहरूको अवस्था दिनदिनै कमजोर हुँदै जान थालेको छ।

विज्ञापनहरू अखबारको साटो सिधा इन्टरनेटमा सरेपछि पारम्परिक मिडियाहरू जोगाउन धौधौ परेको छ। यस्तोमा इन्टरनेटबाट अर्बपति भएकाहरूले अखबारमा लगानी गरेर आफूलाई अखबारका मसिहा बनाइरहेका छन्। यसका बाबजुद पनि उनीहरूले अखबारबाट नाफा कमाउन सकेका छैनन्। इन्टरनेटबाट कमाएको पैसा अखबारमा खन्याइरहेका उनीहरूले पछिल्लो ‘बटन’ थिच्नु भनेको हामीले अखबार जोगाउने नयाँ शैली फेला पार्‍यौं भनेर देखाउनु मात्र रहेको साउदर्न क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक गाब्रियल कान बताउँछन्। ‘यस्तो बटमको खासै ठुलो प्रभाव पर्दैन र परे पनि ज्यादै सीमित मात्र हुनेछ,’ उनी भन्छन्।

अमेजनका मालिक जेफ बेजोसले सन् २०१३ मा द वासिङ्टन पोस्ट खरिद गरेका थिए। उनी द वासिङ्टन पोस्टको मालिक बनेपछि लाखौं ग्राहकले त्यो अखबार किन्न छाडेका छन्।

गत साता द न्युयोर्क टाइम्सले आयोजना गरेको ‘डिलबुक’ सम्मेलनमा आफूसँग अखबार जोगाउने ‘आइडिया’हरू रहेको र तिनलाई प्रयोग गर्ने तयारी थालेको उनले बताएका थिए। उनले भनेका थिए, ‘पारम्परिक मिडियाले निकै ठुलो विश्वास गुमाएका छन् र तिनलाई पुनस्र्थापित गर्न हामीले केही नयाँ सोच कार्यान्वयन गर्ने तयारी थालिसकेका छौं।’ पछिल्लो ‘बटन’ त्यही तयारीको परिणाम रहेको देखिएको छ।
अर्को समाचार
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
९ मिनेट अघि
•
१ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
काठमाडौं। अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।




स्थानीय समयअनुसार शुक्रबार साँझ करिब ५ः१० बजे उक्त घटना भएको हो। त्यसबेला दुवै विमान उडानका लागि धावनमार्गतर्फ अघि बढिरहेका थिए। अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले घटनाबारे जानकारी दिएको हो।

अमेरिकन एयरलाइन्सका अनुसार एउटा विमानको पखेटा अर्को विमानसँग ठोक्किएको थियो। घटनामा कोही पनि घाइते भएको खबर छैन।

एफएएले घटनाबारे अनुसन्धान गर्ने जनाएको छ।

एयरलाइन्सका अनुसार ठक्करपछि दुवै विमानलाई पुनः गेटमा फर्काइएको थियो। प्राविधिक टोलीबाट जाँच गराउन दुवै विमानलाई तत्कालका लागि सेवाबाट हटाइएको छ।

एफएएका अनुसार उडानका लागि धावनमार्गतर्फ अघि बढिरहेको अमेरिकन एयरलाइन्सको फ्लाइट ६३८ को पखेटा फ्लाइट २१५२ को पखेटासँग ठोक्किएको थियो।

यो घटना त्यही विमानस्थलमा भएको हो, जहाँ सन् २०२५ को जनवरीमा यात्रुवाहक विमान र अमेरिकी सेनाको हेलिकोप्टर आपसमा ठोक्किएका थिए। उक्त दुर्घटनामा ६७ जनाको मृत्यु भएको थियो।
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
यो पनि पढौँ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस