दक्षिणी लेबनानमा हिजबुल्लाह लडाकुसँगको भिडन्तमा ६ इजरायली सैनिकको मृत्यु भएको छ। इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले पनि यसको पुष्टि गरेको छ।
इजरायली सञ्चारमाध्यमका अनुसार बुधबार सैनिकहरू हिजबुल्लाह लडाकु खोजी गर्दै दक्षिणी लेबनानको एउटा गाउँमा प्रवेश गरेका थिए।
सोही समयमा एउटा भवनभित्रै बसेका हिजबुल्लाह लडाकुहरूले नजिकैबाट गोली चलाउँदा उनीहरूको ज्यान गएको हो। योसँगै अक्टोबर २०२३ देखि जारी गाजा युद्धमा इजरायलका ७९२ सैनिक मारिएका छन।