गाजा युद्धविराम वार्ताको मध्यस्थकर्ता नरहने कतारको घोषणा
२५ कार्तिक २०८१
•
१ मिनेट पाठ
गाजा युद्धविराम वार्ताको मध्यस्थकर्ता नरहने कतारको घोषणा
कतारले गाजा युद्धविराम र बन्धक सम्झौताका लागि प्रमुख मध्यस्थकर्तामा नरहने घोषणा गरेको छ।




खाडी मुलुक कतारले हमासलाई उसको दोहा कार्यालयबाट गाजा युद्धविराम र बन्धक सम्झौताका लागि काम गर्न नसक्ने पनि बताएको छ।

'हमासले अब कतारबाट आफ्नो उद्देश्य पूरा गर्दैन,' एक कूटनीतिक स्रोतले शनिबार एएफपीसँग भन्यो।

नाम नबताउने शर्तमा स्रोतले भन्यो, 'कतारीहरूले इजरायली र हमास दुवैलाई जबसम्म सद्भावपूर्वक सम्झौता गर्न इन्कार गरिन्छ, तबसम्म उनीहरूले मध्यस्थता जारी राख्न सक्दैनन् भन्ने सूचित गरिसकिएको छ। फलस्वरूप, हमासको राजनीतिक कार्यालयले अब आफ्नो उद्देश्य पूरा गर्दैन।'

संयुक्त राज्य अमेरिका र इजिप्टसँग कतारले बन्धक र कैदीहरूको रिहाईको लागि युद्धविरामको लागि महिनौंदेखि निरर्थक देखिएको वार्ता वार्ताको नेतृत्व गरिरहेको छ।

स्रोतका अनुसार कतारले आफ्नो निर्णयबारे इजरायल र हमासका साथै अमेरिकी प्रशासनलाई समेत जानकारी गराइसकेको छ।

'कतारीहरूले अमेरिकी प्रशासनलाई दुवै पक्षले वार्ताको टेबुलमा फर्कन इमानदार इच्छा प्रदर्शन गरेमा मध्यस्थतामा पुनः संलग्न हुन तयार रहेको पनि जानकारी गराएका छन्,' स्रोतले भन्यो। रासस
अर्को समाचार
ट्रम्पको दुवै हातमा 'लड्डु' : उपहार अनि व्यापार!
०१ जेष्ठ २०८२
•
१ मिनेट पाठ
ट्रम्पको दुवै हातमा 'लड्डु' : उपहार अनि व्यापार!
पैसा त्यही भाषा बोल्छ, जुन सारा दुनियाँले बुझ्छ। तर कतारमा देखिएको पैसाको भाषा झनै गज्जबको छ।




मध्यपूर्वको भ्रमणका क्रममा कतारबाट ४० करोड अमेरिकी डलर मूल्यको सुपर लग्जरी बोइङ ७४७–८ जम्बो जेट विमान उपहार पाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोही देशलाई २ अर्ब डलर बराबरका बोइङ बेच्ने भएका छन्।

ट्रम्पले पाउने उपहारको रकम र व्यापार सम्झौता इतिहासकै ठुला उपहार र सम्झौता मान्ने पनि कम छैनन्। त्यसैले होला ट्रम्पले कतारका अमिर शेख तमिम बिन हमद अल–थानीको प्रशंसा गरे र उनको मित्रताको लागि धन्यवाद दिए।उनले भने, ’हामी दुवै एकअर्का जस्तै छौँ।’

तर के उनीहरू एकअर्का जस्तै छन् त?  यो प्रश्न धेरैको मनमा उब्जिएको छ।  

धनी राष्ट्र अमेरिकाका ‘अमिर’लाई कतारका अमिरले दिएको यो उपहार मात्रैले खासै ठुलो अर्थ राख्दैन। उपहार दिएपछि सोही देशलाई उनले फेरि अर्को उपहार दिए अर्थात् कतार एयरवेजले अमेरिकी कम्पनी बोइङसँग २ सय अर्ब डलर बराबरको विमान खरिद गर्ने।

यो हिसाबमा कतार भ्रमण अमेरिकाको लागि दुवै हातमा लड्डु भएको छ, उपहार पनि व्यापार पनि। कतार भ्रमणमात्रै होइन समग्रमा मध्यपूर्व भ्रमण ट्रम्पको लागि सुनका लड्डु भएको छ। किनकि यसअघि ट्रम्प साउदी अरेबियाको भ्रमणमा थिए, जहाँ उनले अर्बौँ डलरको सम्झौतामा पनि हस्ताक्षर गरेका थिए।  
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस