पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको क्वेटा शहरस्थित मुख्य रेलवे स्टेसनमा भएको बम विस्फोटमा १४ सैनिकसहित २६ जनाको मृत्यु भएको छ। घटनामा ४६ सुरक्षाकर्मी र १४ सर्वसाधारण घाइते भएका छन्।
शनिबार क्वेटाको सान्डेम्यान प्रादेशिक अस्पतालका प्रवक्ता वसीम बेगले घटनामा १४ सैनिक र १२ सर्वसाधारणको मृत्यु भएको पुष्टि गरेका छन्। प्रहरीको प्रारम्भिक जानकारीअनुसार मृतकको संख्या २५ भनिए पनि पछि यो संख्या बढेर २६ पुगेको अस्पताल स्रोतले जनाएको छ।
विस्फोटका कारण यात्रुहरूलाई सुरक्षाका लागि राखिएको धातुको ठूलो पाता समेत उडेको थियो। विस्फोट क्वेटा रेलवे स्टेशनमा बिहान ८:४५ बजे भएको थियो। यात्रुहरू प्लेटफर्ममा ट्रेनको प्रतीक्षा गरिरहेका बेला विस्फोट भएको हो।
बलुचिस्तानको मुख्य पृथकतावादी समूह बलुच लिबरेसन आर्मी (बीएलए) ले उक्त हमलाको जिम्मेवारी लिँदै क्वेटा रेलवे स्टेशनमा पाकिस्तानी सेना लक्षित आक्रमण गरिएको बताएको छ। बीएलएका अनुसार यो हमला इन्फ्यान्ट्री स्कूलमा तालिम सकेका सेनामाथि लक्षित थियो।
पाकिस्तानको सरकारी समाचार संस्था एपीपीले रेलवे अधिकारीहरूको भनाइ उद्धृत गर्दै विस्फोट टिकट बुथ नजिकै भएको जनाएको छ। उक्त समयमा दुईवटा ट्रेन स्टेशनबाट छुट्न तयार थिए।
प्रधानमन्त्री शहबाज शरीफले यो आक्रमण गर्नेहरूले "महँगो मूल्य चुकाउनेछन्" भन्दै कडा कारबाहीको चेतावनी दिएका छन्।
बलुचिस्तानमा बारम्बार आक्रमण हुने भए पनि शनिबारको विस्फोट अत्यधिक क्षतिसहितको रहेको छ। बलुचिस्तान पाकिस्तानको सबैभन्दा विपन्न क्षेत्र मानिन्छ। जहाँ खनिज र ऊर्जामा सम्पन्न भए पनि बाह्य लगानीकर्ताहरूमाथि स्थानीय स्रोतहरूको दोहन र त्यसबाट स्थानीय समुदायलाई बेवास्ता गरेको आरोप लगाइन्छ।
यसअघि, बीएलएले चिनियाँ लगानीमा सञ्चालित ऊर्जा परियोजनाहरूमा पनि आक्रमण गर्दै आएको थियो।
स्थानीय प्रहरीका एक वरिष्ठ अधिकारी मुहम्मद बलुचका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानमा बम लगेजभित्र राखिएको हुनसक्ने शंका गरिएको थियो। तर पछि यो सम्भावित आत्मघाती आक्रमण हुनसक्ने बताइएको छ। घटनास्थलमा सुरक्षाकर्मीहरूले कडा निगरानी राख्दै सामानहरूको खोजी गरिरहेका थिए।
विस्फोटमा मृत्यु भएकामध्ये मोहम्मद इरफानले अस्पतालमा आफ्ना दुई आफन्तको पहिचान गरेका छन्। "बिहान हामी उठ्दा विस्फोट भएको खबर सुनेका थियौं," उनले भने "त्यसपछि थाहा पायौं कि मेरा काका र अर्का आफन्त स्टेशनमा चिया खान गएको बेलामा विस्फोट भएको रहेछ।"
बलुचिस्तानमा पृथकतावादी आक्रमणहरूमा सैनिक र अन्य प्रान्तका मानिसहरूलाई लक्षित गरिँदै आएको छ। विशेषगरी पंजाबी समुदायलाई। यसअघि अगस्तमा बीएलएले सामूहिक आक्रमणको जिम्मेवारी लिँदै ३९ जनाको मृत्यु भएको दाबी गरेको थियो।
भारतमा लोकप्रिय बोतलबन्द पानी ब्रान्ड बिस्लेरीको नमूनामा कोलिफर्म ब्याक्टेरिया भेटिएपछि खाद्य नियामकले कारबाही अघि बढाएको छ।
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको दोस्रो घटना हो।
रोयटर्सका अनुसार अगस्ट १२ को सूचनाअनुसार नियामकले कम्पनीलाई प्रभावित ब्याचको बिक्री रोक्न निर्देशन दिएको थियो। नमूनाको पुनः परीक्षण गर्दा पनि कोलिफर्म ब्याक्टेरिया भेटिएको सरकारी अधिकारीले बताएका छन्।
बिस्लेरीले भने सरकारको निर्देशनअनुसार अगस्टमै सम्बन्धित ब्याच बजारबाट फिर्ता बोलाएको जनाएको छ। कम्पनीका अनुसार नियामकका प्रयोगशालाले नमूनामा कोलिफर्म ब्याक्टेरिया भेटिएको रिपोर्ट दिएका थिए। तर, कम्पनीले आफ्नै तर्फबाट गराएको स्वतन्त्र परीक्षणमा उक्त ब्याचको पानी खाद्य सुरक्षा मापदण्डअनुसार सुरक्षित पाइएको दाबी गरेको छ।
‘नियामक र स्वतन्त्र परीक्षणको नतिजामा देखिएको भिन्नताबारे गहिरो समीक्षा आवश्यक छ,’ कम्पनीले विज्ञप्तिमा भनेको छ। साथै, वास्तविकता पत्ता लगाउन एफएसएसएआईसँग सहकार्य जारी राख्ने पनि जनाएको छ।
बिस्लेरीका भारतभर १३० उत्पादन प्लान्ट र पाँच हजार ९८० वितरक छन्। भारतको प्याकेज गरिएको पिउने पानी बजारमा अग्रणी रहेको कम्पनीले पेप्सीको,कोका-कोला, टाटा र रिलायन्सजस्ता कम्पनीसँग प्रतिस्पर्धा गर्दै आएको छ।
बिस्लेरीको पानीमा समस्या देखिएपछि एफएसएसएआईले सबै राज्यलाई प्याकेज गरिएको पिउने तथा खनिज पानीको नियमित निरीक्षण र नमूना परीक्षण बढाउन निर्देशन दिएको छ। मापदण्ड पूरा नगर्ने कम्पनीमाथि आवश्यक कारबाही गर्न पनि भनिएको छ।
यसअघि पनि बिस्लेरीको पानीको नमूना असुरक्षित भेटिएपछि नियामकले कानुनी प्रक्रिया अघि बढाएको थियो। दोष प्रमाणित भए कम्पनीले जरिवाना र जेल सजायसमेत भोग्नुपर्ने हुन सक्छ। भारतमा पछिल्लो समय खाद्य तथा पेय पदार्थ उत्पादन गर्ने ठूला कम्पनीमाथि नियामक निकायले निगरानी र कारबाही बढाएका छन्।
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...