आइएमएफद्वारा सन् २०२४ र २०२५ मा विश्व आर्थिक वृद्धि केही सुस्त हुने पूर्वानुमान
०७ कार्तिक २०८१
•
३ मिनेट पाठ
आइएमएफद्वारा सन् २०२४ र २०२५ मा विश्व आर्थिक वृद्धि केही सुस्त हुने पूर्वानुमान
अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले सन् २०२४ र २०२५ मा विश्वको आर्थिक वृद्धि केही सुस्त हुने पूर्वानुमान गरेको छ।




आफ्नो नयाँ विश्व आर्थिक आउटलुक (डब्लुइओ) प्रतिवेदन मङ्गलवार सार्वजनिक गर्दै कोषले विश्वव्यापी मुद्रास्फीति घट्दै गई यस वर्ष ३ दशमलव २ प्रतिशत घटेर पाँच दशमलव आठ प्रतिशत हुने र सन् २०२५ मा चार दशमलव तीन प्रतिशतमा झर्ने अनुमान गरेको छ।

‘हामीले आर्थिक वृद्धिमा ठूलो गिरावट वा विश्वव्यापी मन्दी बिना नै मुद्रास्फीति सही दिशातर्फ जाँदै गरेको देखिरहेका छौँ’, प्रतिवेदन प्रकाशनअघि एएफपीसँगको अन्तर्वार्तामा आइएमएफका मुख्य अर्थशास्त्री पियरे–ओलिभियर गौरिन्चासले भने, ‘हाम्रो आधारभूत विश्लेषणमा विकसित अर्थतन्त्रहरूमा (मुद्रास्फीति) सन् २०२५ मा केन्द्रीय बैंकको लक्ष्यमा फर्किनेछ र उदीयमान बजारहरूका लागि ‘केही लामो समय’ लाग्नेछ।’

कोषको डब्लुइओ प्रतिवेदनले सन् २०२९ सम्ममा कमजोर विश्व वृद्धि तीन दशमलव एक प्रतिशतमा झर्ने अपेक्षा गर्दै त्यस मापनमा बढ्दो जोखिमहरूको चेतावनी दिएको छ।

पछिल्लो छ महिनामा भइरहेका ‘महत्त्वपूर्ण क्षेत्रगत र क्षेत्रीय परिवर्तनहरू’ को चेतावनी दिँदै कोषले सन् २०२५ सम्मको वृद्धिको तुलनात्मक रूपमा शान्त दृष्टिकोणअन्तर्गत तस्विर एकरूप नभएको बतायो।

डब्लुइओको प्रकाशन विश्व अर्थतन्त्रको स्वास्थ्यबारे छलफलका लागि विश्वभरका वित्तमन्त्री र केन्द्रीय बैंकरहरूलाई एकत्रित गर्ने आइएमएफ र विश्व बैंकको वार्षिक बैठक वासिङ्टनमा सुरु भएको एक दिनपछि आएको हो।

अमेरिकामा बलियो वृद्धि

युरो क्षेत्रको विस्तार सुस्त रहेको तथ्यसँग ठीक विपरीत प्रतिवेदनले संयुक्त राज्य अमेरिका विश्व वृद्धिको इन्जिनको रूपमा रहेको उल्लेख गरेको छ।

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र यस वर्ष दुई दशमलत आठ प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ। यो सन् २०२३ को दुई दशमलव नौ प्रतिशतबाट सामान्य घटेको हो। यद्यपि अझै पनि जुलाईको कोषको अघिल्लो अनुमानभन्दा केही राम्रो छ।

त्यसपछि सन् २०२५ मा यो केही घटेर दुई दशमलव दुई प्रतिशत हुने अपेक्षा गरिएको छ।

युरोपमा वृद्धि अझै माथि जाँदै गए पनि ऐतिहासिक मापदण्डअनुसार कम छ। यस वर्ष शून्य दशमलव आठ प्रतिशतमा सीमित हुने र सन् २०२५ मा केही बढेर एक दशमलव दुई प्रतिशत पुग्ने देखिन्छ।

फ्रान्स र स्पेनले सन् २०२४ को आफ्नो दृष्टिकोणमा सुधार देखेका छन्। ‘निर्माणमा लगातार कमजोरी’ उल्लेख गर्दै आइएमएफले जर्मनीको वृद्धि अनुमान यस वर्ष शून्य दशमलव दुई प्रतिशत विन्दु र अर्को वर्ष आधा प्रतिशत विन्दुले घटाएको पनि बताएको छ।

बेलायतमा केही राम्रो समाचार देखिएको छ। यहाँ ‘घट्दो मुद्रास्फीति र ब्याजदरले आन्तरिक मागलाई उत्प्रेरित’ गर्ने भएकाले सन् २०२४ र २०२५ दुवैमा वृद्धि बढ्ने अनुमान गरिएको छ।

चीन र भारत सुस्त

आइएमएफका अनुसार जापानको वृद्धि यस वर्ष तीव्र रूपमा घटेर शून्य दशमलव तीन प्रतिशतमा झर्ने अपेक्षा गरिएको छ। ‘वास्तविक ज्याला वृद्धि बलियो हुँदै जाँदा निजी उपभोगले बढावा दिने’ भएकाले त्यसपछि अर्को वर्ष १.१ प्रतिशतमा बढ्नेछ।

कोषले चीनको आर्थिक उत्पादन वृद्धि निरन्तर खुम्चिने अपेक्षा गरेको छ। कोषले गत वर्षको पाँच दशमलव दुई प्रतिशतबाट यस वर्ष चार दशमलव आठ प्रतिशतमा झर्ने र त्यसपछि सन् २०२५ मा अझै घटेर चार दशमवल पाँच प्रतिशत पुग्ने अनुमान गरेको छ।  

भारतमा गिरावट अझ स्पष्ट देखिने छ। भारतमा आइएमएफले सन् २०२३ को आठ दशमलव दुई प्रतिशतबाट घटेर यस वर्ष सात प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ। ‘महामारीको समयमा जम्मा भएको दबाइएको माग’ सकिँदै जाँने हुनाले त्यसपछि यो अझै घटेर छ दशमलव पाँच प्रतिशतमा झर्नेछ।

आइएमएफले मध्यपूर्व र मध्य एसियामा वृद्धि यस वर्ष केही बढेर दुई दशमलव चार प्रतिशत पुग्ने तथा तेल र जहाज यातायातमा भएका अस्थायी अवरोधहरू घट्दै जाँदा सन् २०२५ मा तीन दशमलव नौ प्रतिशतमा पुग्ने अपेक्षा गरेको छ।

उप–सहारा अफ्रिकामा आइएमएफले यस वर्ष वृद्धि तीन दशमलव छ प्रतिशतमै अपरिवर्तित रहने र मौसमी झड्काहरू कम हुँदै जाँदा र आपूर्ति अवरोधहरू घट्दै जाँदा सन् २०२५ मा चार दशमलव दुई प्रतिशत पुग्ने पूर्वानुमान गरेको छ। रासस
अर्को समाचार
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
१ घण्टा अघि
•
१ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतमा लोकप्रिय बोतलबन्द पानी ब्रान्ड बिस्लेरीको नमूनामा कोलिफर्म ब्याक्टेरिया भेटिएपछि खाद्य नियामकले कारबाही अघि बढाएको छ।




भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको दोस्रो घटना हो।

रोयटर्सका अनुसार अगस्ट १२ को सूचनाअनुसार नियामकले कम्पनीलाई प्रभावित ब्याचको बिक्री रोक्न निर्देशन दिएको थियो। नमूनाको पुनः परीक्षण गर्दा पनि कोलिफर्म ब्याक्टेरिया भेटिएको सरकारी अधिकारीले बताएका छन्।

बिस्लेरीले भने सरकारको निर्देशनअनुसार अगस्टमै सम्बन्धित ब्याच बजारबाट फिर्ता बोलाएको जनाएको छ। कम्पनीका अनुसार नियामकका प्रयोगशालाले नमूनामा कोलिफर्म ब्याक्टेरिया भेटिएको रिपोर्ट दिएका थिए। तर, कम्पनीले आफ्नै तर्फबाट गराएको स्वतन्त्र परीक्षणमा उक्त ब्याचको पानी खाद्य सुरक्षा मापदण्डअनुसार सुरक्षित पाइएको दाबी गरेको छ।

‘नियामक र स्वतन्त्र परीक्षणको नतिजामा देखिएको भिन्नताबारे गहिरो समीक्षा आवश्यक छ,’ कम्पनीले विज्ञप्तिमा भनेको छ। साथै, वास्तविकता पत्ता लगाउन एफएसएसएआईसँग सहकार्य जारी राख्ने पनि जनाएको छ।

बिस्लेरीका भारतभर १३० उत्पादन प्लान्ट र पाँच हजार ९८० वितरक छन्। भारतको प्याकेज गरिएको पिउने पानी बजारमा अग्रणी रहेको कम्पनीले पेप्सीको, कोका-कोला, टाटा र रिलायन्सजस्ता कम्पनीसँग प्रतिस्पर्धा गर्दै आएको छ।

बिस्लेरीको पानीमा समस्या देखिएपछि एफएसएसएआईले सबै राज्यलाई प्याकेज गरिएको पिउने तथा खनिज पानीको नियमित निरीक्षण र नमूना परीक्षण बढाउन निर्देशन दिएको छ। मापदण्ड पूरा नगर्ने कम्पनीमाथि आवश्यक कारबाही गर्न पनि भनिएको छ।

यसअघि पनि बिस्लेरीको पानीको नमूना असुरक्षित भेटिएपछि नियामकले कानुनी प्रक्रिया अघि बढाएको थियो। दोष प्रमाणित भए कम्पनीले जरिवाना र जेल सजायसमेत भोग्नुपर्ने हुन सक्छ। भारतमा पछिल्लो समय खाद्य तथा पेय पदार्थ उत्पादन गर्ने ठूला कम्पनीमाथि नियामक निकायले निगरानी र कारबाही बढाएका छन्।
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ५८ सेकेन्ड अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
यो पनि पढौँ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस