प्रभावशाली अष्ट्रेलियाली अधिकारीहरूको गठबन्धनले अष्ट्रेलियामा जुवाजन्य विज्ञापन (ग्याम्लिङ एड्स) मा पूर्ण प्रतिबन्ध लगाउन सरकारसँग माग गरेको छ।
अष्ट्रेलिया जुवाजन्य क्रियाकलापबाट विश्वमा प्रतिव्यक्ति सबैभन्दा ठूलो नोक्सानी बेहोर्ने देशमध्ये एक हो।
दुई करोड ७० लाख जनसङ्ख्या रहेको अष्ट्रेलियामा जुवाजन्य खेलबाट वार्षिक २५ अर्ब अष्ट्रेलियाली डलर (१६ अर्ब अमेरिकी डलर) नोक्सानी हुने गरेको अनुमान गरिएको छ।
अस्ट्रेलियाका ६० भन्दा बढी प्रतिष्ठित नागरिकले प्रधानमन्त्री एन्थोनी अल्बानिज र विपक्षी नेतालाई लेखेको पत्रमा भनिएको छ, ‘अस्ट्रेलियामा जुवाको विज्ञापन नियन्त्रणबाहिर गएको छ र एक वर्षको अवधिमा टेलिभिजन र रेडियोमा १० लाखभन्दा बढी जुवाजन्य विज्ञापन प्रसारण भइरहेका छन्।’
उनीहरूले जुवाबाट हुने हानिबारे सन् २०२३ को रिपोर्टसहित अल्बानिजको लेबर सरकार र विपक्षी दललाई तीन वर्षभित्र सबै जुवासम्बन्धी विज्ञापनलाई प्रतिबन्धित गर्न सहमत हुन आग्रह गरेका छन्।
‘वित्तीय बर्बादी’
सरकारले उद्धृत गरेको अध्ययनले अस्ट्रेलियाली जुवाखेलबाट वार्षिक २५ अर्ब अष्ट्रेलियाली डलरबराबरको नोक्सानी हुने देखाएको छ।
सन् २०२०–२०२१ को आर्थिक वर्षमा कोभिड–१९ नियन्त्रणका उपायस्वरूप बन्दाबन्दी (लकडाउन) लागु हुँदा धेरै मधुशाला, क्लब र क्यासिनोहरू बन्द गरिएको थियो तर उक्त अवधिमा पनि अस्ट्रेलियाको सरकारी तथ्याङ्कले जुवाजन्य नोक्सानी २४ अर्ब अष्ट्रेलियाली डलरभन्दा बढी भएको देखाएको थियो। रासस