युद्धग्रस्त म्यानमारबाट भागेका शरणार्थीहरू सवार एक सानो डुंगा बङ्गलादेशतर्फ जाँदै गर्दा मङ्गलबार नदीमा डुबेको छ। जस सवार कम्तीमा १० जनाको मृत्यु भएको छ।
मृतकहरूमा साना बालबालिका पनि रहेको स्थानीयले बताएका छन्। बङ्गलादेशको टेकनाफ सीमावर्ती नगरका सरकारी प्रशासक अदनान चौधरीका अनुसार उक्त डुंगामा म्यानमारका करिब २९ जना मुस्लिम रोहिंग्या मानिसहरू सवार थिए।
"अहिलेसम्म हामीले १० वटा शव फेला पारेका छौँ, ती सबै रोहिंग्या हुन्," टेकनाफका पार्षद राशिद मियाले एएफपीलाई भने "केही मानिसहरू पौडी खेल्दै किनारमा आइपुगेका छन्।"
तर, केही मानिसहरू अझै हराइरहेका छन्, मियाले थपे। प्रहरीका अनुसार उक्त समूह म्यानमारको युद्धग्रस्त राखिन राज्यका गाउँहरूबाट भागेका थिए र सानो डुंगा नाफ नदीमा डुबेको थियो।
नोभेम्बरमा अराकान आर्मीले सेना माथि आक्रमण गरेपछि राखिनमा हिंसात्मक झडपहरू भइरहेका छन्। यो घटनाले २०२१ को सैनिक कु पछि कायम रहेको युद्धविरामलाई तोडिदिएको छ।
बङ्गलादेशमा करिब दश लाख रोहिंग्या शरणार्थीहरू छन्, तीमध्य धेरैजसोले २०१७ मा राखिनमा भएको सैनिक कारबाहीपछि त्यहाँबाट भागेका थिए।