बंगलादेशमा जनता जाग्दा ‘हसिनातन्त्र’को हार
२२ साउन २०८१
•
५ मिनेट पाठ
बंगलादेशमा जनता जाग्दा ‘हसिनातन्त्र’को हार
आफूविरुद्ध आन्दोलन उग्र बनेपछि १५ वर्षदेखि निरन्तर सत्तामा रहेकी बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी छन्। हसिना पलायन भएको समाचार सार्वजनिक भएपछि लाखौं प्रदर्शनकारीले ढाकाका सडक तथा चोकमा नाच्दै खुसी मनाए। दुई वर्षअघि श्रीलंकाका तत्कालीन राष्ट्रपति गोताबाय राजापाक्षेको निवासमा प्रदर्शनकारीले गरेको आक्रमण र लुटपाटको घटना बंगालादेशमा सोमबार दोहोरिएको छ।




सन् २०२२ को जुलाई १३ मा श्रीलंकाली राष्ट्रपति राजापाक्षे पनि देश छाड्न बाध्य भएका थिए। श्रीलंकाली आन्दोलन त्यहाँको आर्थिक दुरवस्था, जनजीविकामा परेको संकट तथा इन्धनको चरम अभावजस्ता विषयसँग केन्द्रित थियो भने बंगलादेशमा आरक्षण व्यवस्थाको विरोधबाट आन्दोलन सुरु भएको थियो।

प्रदर्शनकारीले राजापाक्षेको स्विमिङ पुल तथा जिममा ट्रेडमिल लगायत अन्य सुविधा प्रयोग गरेका टेलिभिजन फुटेज भाइरल बनेका थिए। त्यही परिदृश्य सोमबार ढाकामा देखिएको छ। प्रदर्शनकारीले सोमबार हसिनाको आधिकारिक निवास कब्जा गरेर नियन्त्रणमा लिएका छन् र लुटपाटसमेत गरेका छन्।

टेलिभिजन फुटेजमा प्रधानमन्त्रीको निवासको भान्सामा चिकेन बिर्‍यानी खानेदेखि हसिनाको बिछ्यौनामा समेत प्रदर्शनकारी पल्टेको देखिन्छ। उनीहरूले सो निवासबाट माछा तथा तरकारीदेखि अन्य सरसामान लिएर हिंडेका थिए। सैनिक हेलिकोप्टरमा सोमबार दिउँसो देश छोड्दा हसिनाकी बहिनी सेख रेहाना पनि साथमा थिइन्। व्यक्तिगत रूपमा भारतसँग अत्यन्त सुमधुर सम्बन्ध राख्दै आएकी पूर्वप्रधानमन्त्री हसिना नयाँ दिल्लीको हिन्डन एयरबेसमा अवतरण गरेकी थिइन्। उनी दिल्ली हुँदै तेस्रो मुलुक (सम्भवतः बेलायत) जाने बताइएको छ।

समयमै आन्दोलनकारीको मागलाई सम्बोधन गर्न आनाकानी गरेकी ७६ वर्षीया हसिना सन् २००९ देखि निरन्तर सत्तामा थिइन्। जनस्तरमा भएको उग्र विरोध प्रदर्शनपछि हसिना सत्ताच्यूत मात्र भएकी छैनन्, देशै छाड्न बाध्य भएकी छन्।

सन् २०१८ मा पत्रकारसँगको साक्षात्कारमा शेख हसिना। फाइल तस्बिर
बंगालादेशका संस्थापक पिता मानिने शेख मुजिबुर रहमानकी छोरी हसिना गत जनवरीमा भएको निर्वाचनबाट पाँचौंपटक प्रधानमन्त्री चुनिएकी थिइन्। हसिनाले आन्दोलनकारीलाई सन् १९७१ को स्वतन्त्रता संग्रामताका पाकिस्तानी सेनालाई सहयोग गर्ने ‘रजाकर’ अर्थात् देशद्रोहीको संज्ञा दिएकी थिइन्। उनको त्यो भनाइले आन्दोलनको आगोमा झन् घिउ थपेको थियो।

हसिना सरकारको दमनकारी प्रवृत्ति र आन्दोलनमा सयौंको ज्यान गएपछि विद्यार्थीको अगुवाइमा भएको प्रदर्शनले अन्ततः सरकारविरोधी आन्दोलनको रूप लिएको थियो र आन्दोलनकारीको प्रमुख माग प्रधानमन्त्रीको राजीनामा बन्न पुगेको थियो। आरक्षण व्यवस्थाको विरोधमा गत महिना सुरु भएको आन्दोलनका क्रममा भएका हिंसात्मक घटनामा झन्डै तीन सयजनाको मृत्यु भइसकेको छ भने १० हजारभन्दा बढीलाई हिरासतमा लिइएको थियो। मृत्यु हुने तथा गिरफ्तार हुनेको संख्या अझै धेरै हुन सक्ने अनुमान गरिएको छ।

बंगलादेशमा आरक्षणविरुद्ध जारी प्रदर्शनका क्रममा आइतबार मात्रै कम्तीमा ९० जनाको मृत्यु भएको थियो। आन्दोलनकारीले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै अवज्ञा आन्दोलनको घोषणा गरेका थिए र सर्वसाधारणलाई कर वा अन्य शुल्क नतिर्न अपिल गरेका थिए। यसैगरी आन्दोलनकारी विद्यार्थीले सबै कलकारखाना र सार्वजनिक यातायात बन्द गर्न पनि आह्वानसमेत गरेका थिए। आन्दोलनकारीले सोमबार ढाकामा ‘लङ मार्च’ गर्ने घोषणा गर्दै सर्वसाधारणलाई ढाका आउन आग्रह गरेका थिए।

बंगलादेशी सरकारले आइतबारदेखि अर्काे सूचना नभएसम्म अनिश्चितकालीन कफ्र्युको घोषणा गरेको थियो भने ढाकामा मोबाइल इन्टरनेट सेवा बन्द गरिएको थियो। विरोध प्रदर्शनका क्रममा कैयन् प्रहरी स्टेसन र सरकारी भवनहरूमा समेत आगाजनी गरिएको थियो। राजीनामाअघि हसिनाले आगजनीमा संलग्नहरू विद्यार्थी नभई आतंकवादी भएको प्रतिक्रिया दिने गरेकी थिइन्।

विद्यार्थीको समर्थनमा पूर्वसेना प्रमुख

बंगलादेशको जटिल अवस्थालाई ध्यानमा राख्दै पूर्वसेना प्रमुख र सैनिक अधिकृतले विद्यार्थीको भिडमाथि कारबाही नगर्न सुरक्षा निकायलाई आग्रह गरेका थिए। आइतबार दिउँसो पूर्वसैनिक अधिकारीहरूले ढाकामा पत्रकार सम्मेलन गरी संकटको समाधान खोज्न पहल हुनुपर्नेमा जोड दिएका थिए।

पूर्वसेना प्रमुख इकबाल करिम भुइयानले लिखित विज्ञप्ति जारी गर्दै भनेका थिए, ‘सशस्त्र बलहरू तुरुन्तै आफ्नो सैन्य शिविरमा फर्किनुपर्छ र कुनै पनि आपत्कालीन अवस्थाको सामना गर्न तयार हुनु आवश्यक छ।’ विश्व शान्तिका लागि बंगलादेशको सशस्त्र सेनाको योगदानलाई उल्लेख गर्दै भुइयानले ‘आर्जित सम्मान र प्रतिष्ठाको रक्षा गर्ने समय यही हो’ भनेका थिए। संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा योगदान गर्ने अग्रणी मुलुकमध्ये बंगलादेश पनि पर्छ।

आरक्षणदेखि सरकारको विरोध

सन् १९७१ बंगलादेशको स्वतन्त्रता सग्राममा सहभागी स्वतन्त्रता सेनानीका आफन्तहरूलाई निजामती सेवाका विभिन्न जागिरहरूमा रहेको आरक्षणको अन्त्य गर्ने माग गर्दै विद्यार्थीहरू गत महिनादेखि सडकमा उत्रिएका थिए। आरक्षणविरोधी आन्दोलन चर्काे बन्दै गर्दा बंगलादेशको सर्वोच्च अदालतले साउन ६ गते सरकारी जागिरको ९३ प्रतिशत योग्यताका आधारमा हुनुपर्ने फैसला गरेको थियो।

त्यसअघि सन् १९७१ को स्वतन्त्रता संग्राममा सहभागी सैनिकका छोराछोरीलाई सरकारी जागिरमा ३० प्रतिशतको आरक्षण व्यवस्था र अन्य आरक्षण प्रावधानसहित सरकारी जागिरमा कुल ५६ प्रतिशत आरक्षणको व्यवस्था थियो। सर्वाेच्च अदालतले अधिकांश कोटा प्रणालीको अन्त्य गर्ने आदेश दिए पनि विद्यार्थीले मृतक र घाइतेहरूलाई न्यायको माग गर्दै आन्दोलन जारी राखेका थिए। आन्दोलनविरुद्ध हसिना सरकार चर्काे दमनमा उत्रिएको थियो। त्यसपछि उनीहरूले प्रधानमन्त्री हसिनाको राजीनामाको माग गरेका थिए।

अन्तरिम सरकार बन्ने

हसिनाले देश छाडेलगत्तै सेना प्रमुख जनरल बाकेर–उजमनले एक टेलिभिजन सम्बोधनमा बंगलादेशमा अन्तरिम सरकार बन्ने बताएका छन्। प्रतिपक्षी दलहरूसँग आफूले संवाद गरेको बताउदै उनले सबै पक्षलाई शान्ति र अमनचयन कायम गर्न अनुरोध समेत गरेका छन्। आन्दोलनकारीको मागबमोजिम आन्दोलनका क्रममा भएका मृत्युको छानबिन हुने र न्याय दिलाइने उनको कथन थियो।

हसिना राजनीतिमा नफर्कने छोराको भनाइ

हसिनाका छोरा सजिब वाजेद जोयले पूर्वप्रधानमन्त्री हसिना अब राजनीतिमा नफर्कने बताएका छन्। बिबिसीको कुराकानीमा जोयले पारिवारिक सल्लाह अनुसार नै हसिनाले देश छाडेको जानकारी दिँदै जोयले आन्दोलन थप चर्किएपछि सत्ता छाड्ने मनस्थितिमा पुगेको उल्लेख गरेका छन्। (एजेन्सीको सहयोगमा)
अर्को समाचार
बंगलादेशमा पूर्वप्रधानमन्त्री हसिनाको पार्टीमाथि प्रतिबन्ध
२८ वैशाख २०८२
•
२ मिनेट पाठ
बंगलादेशमा पूर्वप्रधानमन्त्री हसिनाको पार्टीमाथि प्रतिबन्ध
बंगलादेशको अन्तरिम सरकारले गत वर्षको जनविद्रोहमा अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाको अवामी लिगका सबै गतिविधिमा प्रतिबन्ध लगाएको छ। सरकारका कानूनी सल्लाहकार आसिफ नजरुलले शनिबार राति यसबारे जानकारी गराएका हुन्।




नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्ले आतंकवाद विरोधी ऐनअन्तर्गत पार्टीका अनलाइन र अन्य गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय गरेको जानकारी दिए। 

गत जुलाई–अगस्टमा भएको सरकारविरोधी विद्रोहमा सयौँ विद्यार्थी र प्रदर्शनकारीको मृत्यु भएको थियो। सो प्रदर्शनलाई लिएर अवामी लिग र त्यसका नेतालाई अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले मुद्दा चलाउँदासम्म यो प्रतिबन्ध कायम रहने उल्लेख गरिएको छ। नजरुलले भने, ‘यो निर्णय राष्ट्रिय सुरक्षा, सार्वभौमसत्ता, जुलाई आन्दोलनका कार्यकर्ता, र न्यायाधिकरणका वादी–साक्षीको सुरक्षाका लागि हो।’

विशेष मन्त्रिपरिषद् बैठकपछि नजरुलले सञ्चारकर्मीसँग हसिनाविरोधी प्रदर्शनका हत्यामा संलग्न कुनै पनि दलमाथि मुद्दा चलाउन सकिने गरी कानून संशोधन गरिएको जानकारी दिएका छन्। उनका अनुसार सरकारी सूचना चाँडै विस्तृत रूपमा प्रकाशित हुनेछ।

हसिनालाई गत वर्ष अपदस्थ गरेपछि उनीसँगै उनको पार्टीका धेरै वरिष्ठ नेताहरूमाथि हत्याका कैयौँ मुद्दा लगाइएको छ। हसिना अगस्ट ५ देखि भारतमा निर्वासनमा छिन्। प्रदर्शनकारीले उनको निवासमा आक्रमण गरेपछि उनी भारतमा शरण लिन पुगेकी थिइन्। संयुक्त राष्ट्रसङ्घको फेब्रुअरी प्रतिवेदनले हसिनाविरोधी प्रदर्शनमा तीन हप्तामा एक हजार चार सय जनाको मृत्यु भएको अनुमान गरेको थियो। 

शनिबार रातिको निर्णय विद्यार्थीहरूको नवगठित राष्ट्रिय नागरिक पार्टी (एनसीपी) सहित हजारौँ प्रदर्शनकारीले ढाकामा अवामी लिगमाथि प्रतिबन्धको माग राख्दै अल्टिमेटम दिएपछि आएको हो। विद्यार्थीको नेतृत्वमा भएको विद्रोहले हसिनाको १५ वर्षे शासन अन्त्य गरेको थियो। त्यसपछि युनुसले अन्तरिम नेतृत्व सम्हालेका हुन्। एजेन्सी
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १४ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस