बाइडनले भने: नयाँ पुस्तालाई नेतृत्त्वको कमान सुम्पिनु नै अगाडि बढ्नुको विकल्प
१० साउन २०८१
•
१ मिनेट पाठ
बाइडनले भने: नयाँ पुस्तालाई नेतृत्त्वको कमान सुम्पिनु नै अगाडि बढ्नुको विकल्प
अमेरिकी राष्ट्रपति जो बाइडनले नयाँ पुस्तालाई कमान सुम्पिनु नै अगाडी बढ्नु राम्रो तरिका भएका कारण आफू राष्ट्रपति निर्वाचनको दौडबाट बाहिरिएको बताएका छन्।




राष्ट्रपतिको दौडबाट बाहिरिने घोषणा गरेपछि पहिलोपटक राष्ट्रको नाममा सम्बोधन गर्दै उनले आफ्नो कार्यकाल दोस्रो राष्ट्रपति कार्यकालका लागि सबै प्रकारले योग्य भएपनि नयाँ पुस्तालाई अगाडी बढाउनु उत्तम विकल्प भएको बताए।

बीबीसीका अनुसार बाइडनले सम्बोधन गर्दै भने, ‘म यस पदको सम्मान गर्छु। तर, म मेरो देशलाई निकै माया गर्छु। राष्ट्रपतिको रूपमा देशको सेवा गर्नु मेरो जीवनको सम्मान हो। त्यसकारण अब नयाँ पुस्तालाई ल्याउनु उचित ठानेर म राष्ट्रपति निर्वाचनबाट बाहिरिएको हुँ।’

अमेरिका अहिले महत्वपूर्ण मोडमा रहेको भन्दै उनले अब जे निर्णय लिइन्छ त्यसले देशको भविष्य निर्धारण हुने बताए। 
अर्को समाचार
बाइडनद्वारा ट्रम्पका कट्टर आलोचक चेनीलाई सेवा पदक प्रदान गर्ने घोषणा
१९ पौष २०८१
•
२ मिनेट पाठ
बाइडनद्वारा ट्रम्पका कट्टर आलोचक चेनीलाई सेवा पदक प्रदान गर्ने घोषणा
अमेरिकी राष्ट्रपति जो बाइडनले पूर्व रिपब्लिकन सांसद तथा डोनाल्ड ट्रम्पका कट्टर आलोचक लिज चेनीलाई नागरिक सेवा पदक प्रदान गर्ने घोषणा गरेका छन्।




ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ’वायोमिङका पूर्व प्रतिनिधिसहित अन्य १९ जना प्रतिष्ठित व्यक्तित्वलाई आफ्नो देश वा आफ्ना नागरिकका लागि अनुकरणीय सेवाका लागि राष्ट्रपति नागरिक पदक प्रदान गरिनेछ।’

सन् २०२१ को जनवरी ६ मा भएको क्यापिटल दङ्गामा ट्रम्पको भूमिकाको छानबिन गर्ने हाउस कमिटीको अध्यक्षता गरेका पूर्व अमेरिकी सिनेटर क्रिस डोड, पूर्व अमेरिकी प्रतिनिधि क्यारोलिन म्याकार्थी र वर्तमान सांसद बेन्नी थम्पसनलाई पनि अमेरिकी सरकारले प्रदान गरेको दोस्रो सर्वोच्च नागरिक सम्मान प्रदान गरिने भएको छ।

पूर्व उपराष्ट्रपति डिक चेनीकी छोरी चेनीले समितिको उपाध्यक्षको रूपमा काम गरेकी थिइन्।

ह्वाइट हाउसले लिज चेनीको वर्णन गर्दै बिहीबार भनेको छ, ‘उहाँले हाम्रो राष्ट्र र हामीले खडा गरेका आदर्शहरू रक्षाका लागि आवाज उठाउनुभएको र यसको कार्यान्वयनका लाथि देश दौडाहमा सहभागी भएका थिए।’

‘उहाँको निष्ठा र निडरताले हामी सबैलाई मिलेर काम गर्यौं भने के असम्भव छ भन्ने सिकाउँछ,’ विज्ञप्तिमा भनिएको छ।

हालैका वर्षहरूमा रिपब्लिकन पार्टीमा ट्रम्प विरोधी आवाज बनेका ५८ वर्षीया चेनीले  सन् २०२२ मा ट्रम्प समर्थक उम्मेदवारसँग संसद्का लागि आफ्नो सिट गुमाएका थिए। उनले गत नोभेम्बरमा डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिपदका उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिससँग चुनावी अभियानमा सहभागी भएका थिए।

जनवरी २० मा ह्वाइट हाउसमा राष्ट्रपतिको दोस्रो कार्यकालको सपथ लिने तयारीमा रहेका ट्रम्पले आफ्ना राजनीतिक प्रतिद्वन्द्वी चेनीसँग बदला लिने बताएका छन्।

रिपब्लिकनले गत महिना एक सामाजिक सञ्जाल पोस्टमा भनेका थिए, 'उपसमितिले प्राप्त गरेको प्रमाणको आधारमा चेनी धेरै समस्यामा पर्न सक्नुहुन्छ। उहाँले धेरै संघीय कानूनहरू तोड्नुभएको छ र यी उल्लङ्घनहरूको एफबीआईले अनुसन्धान गर्नुपर्छ।'

गत डिसेम्बरमा रिपब्लिकन नेतृत्वको संसदीय समितिले चेनीमाथि ट्रम्प समर्थकले क्यापिटोलमा गरेको आक्रमणको अनुसन्धानको नेतृत्व गर्न सहयोग गर्दा साक्षीसँग छेडछाड गरेको आरोप लगाएको थियो। उनले उक्त आरोपको खण्डन गरेका छन्। एएफपी
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस