अमृतपाल खोज्न भारतीय प्रहरी नेपालमा, उनका सहयोगी पापलप्रीत पञ्जाबमै पक्राउ
२७ चैत्र २०७९
•
२ मिनेट पाठ
अमृतपाल खोज्न भारतीय प्रहरी नेपालमा, उनका सहयोगी पापलप्रीत पञ्जाबमै पक्राउ
सोमबार पक्राउ परेका पापलप्रीत (दाँया) आफ्ना नेता अमृतपाल सिंह (बायाँ) का साथमा । तस्वीरः दी इन्डियन एक्सप्रेस
भारतमा छुट्टै राज्य माग गर्दै ‘खालिस्तान’को अभियान चलाइरहेका अमृतपाल सिंह खोज्न भारतीय प्रहरी नेपाल आइरहेका बेला उता भारतको पञ्जाबमा अमृतपालका सहयोगी पापलप्रीत सिंह पक्राउ परेका छन्। 




दी इन्डियन एक्सप्रेसका अनुसार उनी पन्जाबको होशियारपुरबाट पक्राउ परेका हुन। सहयोगी सिंहलाई पञ्जाब प्रहरी र पञ्जाब काउन्टर इन्टेलिजेन्सको संयुक्त टोलीले पक्राउ गरेको हो । सिंहलाई अहिले अमृतसर ग्रामीण प्रहरीको हिरासतमा राखिएको जनाइएको छ।
पापलप्रीत गत फागुन १३ गते अजनाला प्रहरी चौकीमा दर्ता भएको अजनाला हिंसाको मुद्दामा पनि वान्टेड थिए। 

यता भने भारतीय सरकारले अमृतपाल सिंह पसेको हुन सक्ने भन्दै नेपाल सरकारलाई सर्तक रहन आग्रह गरेको थियो। यतिखेर भने अमृतपालको खोजीमा भारतीय सुरक्षा अधिकारीहरू नेपालमै रहेको सुरक्षा स्रोतले जनाएको छ। उनीहरू चैत २० गतेअघि नै नेपाल–भारत सीमा क्षेत्र पर्साको वीरगन्ज र बाँकेको जमुनाह नाका हुँदै नेपाल आएको उच्च सुरक्षा अधिकारीहरूले जानकारी दिएका छन्।
‘उनीहरू स्थलमार्ग हुँदै नेपाल आएका हुन्, उनीहरूले नेपालका सुरक्षा अधिकारीहरूसँग अनौपचारिक सम्पर्क गरे पनि भेटघाट भने गरेका छैनन्,’ उच्च सुरक्षा अधिकारीले भने। 

अमृतपाल नेपालमै रहेको भन्दै उनको खोजीका लागि नागेश चौधरीको नेतृत्वमा भारतीय इन्टेलिजेन्स ब्युरोबाट ६ सदस्यीय टोली नेपाल आएको सुरक्षा स्रोतले जनाएको छ। भारतीय दूतावासले परराष्ट्र मन्त्रालयमार्फत नेपालका सुरक्षा अधिकारी र अध्यागमन विभागलाई अमृतपाल नेपालमा लुकेको आशंका गर्दै निगरानी गर्न आग्रह गरेको थियो। त्यसयता नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले अमृतपालको निगरानीसमेत गर्दै आएको छ। अध्यागमन विभागले पनि निगरानी गरिरहेको जनाइएको छ।
भारतमा छुट्टै राज्य माग गर्दै ‘खालिस्तान’को अभियान चलाइरहेका अमृतपालको निगरानी सुरक्षा निकायले गरिरहेको नेपाल प्रहरीका प्रवक्ता डिआइजी पोषराज पोखरेलले बताए।
अर्को समाचार
नेपालमा युरेनियम खोज्दै भारतीय सुरक्षा टोली
०४ साउन २०७९
•
४ मिनेट पाठ
नेपालमा युरेनियम खोज्दै भारतीय सुरक्षा टोली
नेपालमा युरेनियम खोजी गर्न भारतीय सुरक्षाकर्मीको एउटा टोली आएको छ। भारतीय प्रहरीको सेन्ट्रल ब्युरो अफ इन्भेस्टिकेसन (सिबिआई) र भारतीय गुप्तचर निकाय रिसर्च एन्ड एनालिसिस विङ (रअ) को ६ सदस्यीय टोली एक सातादेखि नेपालमा छ।  




स्रोतका अनुसार भारतीय सुरक्षाकर्मीको टोली नेपालमा एउटा गिरोहसँग रहेको भनिएको २७ किलो युरेनियमको खोजीमा छ। सुरुमा भारतीय अधिकारीले काठमाडौंमै युरेनियम भएको सूचना पाएको भन्दै त्यसको जानकारी नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई दिएको थियो। यी निकायबाट केही जानकारी नआएपछि भारतीय प्रहरीले सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोलाई पनि यसबारे सूचना दिएको थियो। सशस्त्रको इन्टेलिजेन्स ब्युरोले काठमाडौंमा यसको कारोबार हुन सक्ने भन्दै खोजी गरिरहेका बेला भारतीय टोली नेपालको सुरक्षा निकायसँग समन्वय गर्दैै यहाँ आएको स्रोतको दाबी छ।  

‘नेपालको कुनै एउटा समूहले भारततर्फ युरेनियम पठाउन लागेको सूचना पाएपछि भारतीय सुरक्षा अधिकारीको टोली नेपाल आएको हो तर अहिलेसम्म फेला पार्न सकेको छैन। त्यसको अनुसन्धानमा नेपालका सुरक्षा अधिकारी पनि लागेका छन्,’ नेपालको सुरक्षा स्रोतले भन्यो। भारतीय अधिकारीले नेपालका सुरक्षा अधिकारीलाई यसबारे सूचना दिएका थिए। उनीहरूको सूचनालाई नेपाली सुरक्षा अधिकारीले पुष्टि गर्ने प्रयास गरिरहेका बेला भारतीय सिबिआई र रअको टोली नेपाल आएको हो।

स्रोतका अनुसार भारतीय सुरक्षाकर्मीको टोली नेपालमा एउटा गिरोहसँग रहेको भनिएको २७ किलो  युरेनियम खोजीका लागि आएको हो। एक सातादेखि भारतीय सुरक्षाकर्मीको टोली युरेनियम खोजीमा लागे पनि नेपाल प्रहरीले भने यसबारे जानकारी नभएको जनाएको छ।
‘युरेनियम खोजीमा भारतीय सुरक्षाकर्मीको एउटा टोली नेपालमा छ, नेपाली सुरक्षा अधिकारी पनि साथमा छन् तर अप्रेसन सफल हुन सकेको छैन,’ स्रोतले भन्यो, ‘एक साता भयो, टुंगो लागेको छैन।’ स्रोतका अनुसार गिरोहले बेच्न प्रस्ताव गरेको युरेनियमको नमुनासमेत बोकेर भारतीय सुरक्षा अधिकारी नेपाल आएका हुन्।  

नेपाल प्रहरीले भने यो विषयमा जानकारी नभएको जनाएको छ। नेपाल प्रहरीका प्रवक्ता डिआइजी टेकप्रसाद राईले सुरक्षाकर्मीको टोली औपचारिक र अनौपचारिक रुपमा आउनेजाने भइरहने तर युरेनियम खोजीका  

लागि नेपाल आएको भन्ने जानकारी प्रहरीलाई नभएको बताए। ‘यस्तो विषयमा भारतीय सुरक्षा अधिकारी नेपाल आएका छन् भन्ने जानकारी नेपाल प्रहरीलाई छैन,’ प्रवक्ता राईले भने।  

सुरक्षा निकायसम्बद्ध उच्च स्रोतका अनुसार नेपालबाट युरेनियम भारततर्फ निकासी गर्न लागेको सूचनालाई आधार मानेर उनीहरू नेपाल आएका हुन्। उनीहरूले नेपाली सुरक्षा अधिकारीको विश्वास नगरेर आफैं कोभर्ड अप्रेसनका लागि आएकाले नेपाली सुरक्षा अधिकारीले सकारात्मक मानेका छैनन्। ‘सूचना दिनु सकारात्मक कुरा भए पनि उनीहरू आफैं आउनु राम्रो कुरा होइन,’ एक सुरक्षा अधिकारीले भने।  

नेपालमा पहिलोपटक २०७७ फागुन २७ गते युरेनियम बरामद भएको थियो। २२ करोड अमेरिकी डलर पर्ने भनिएको सो युरेनियम काठमाडौं बौद्धबाट बेच्न खोज्दा सूचना चुहिएर बरामद भएको थियो। रामेछाप स्थायी घर भएका अम्बर तामाङले २० वर्षअघि भारतबाट नेपाल फर्कंदा युरेनियम ल्याएको प्रहरी अनुसन्धानबाट खुलेको थियो। उनकी बुहारी जानुका त्यो युरेनियम बेच्न ग्राहक खोज्दै हिँडेकी थिइन्। यसैक्रममा युरेनियमसहित चारजना पक्राउ परेका थिए। प्रहरीका अनुसार डेरामा लुकाएर राखेको युरेनियम बिक्री गर्न ग्राहक खोज्ने क्रममा तामाङ परिवारले बिचौलियालाई २ करोडसम्म कमिसनको अफर गरेको थियो। प्रहरीले २०७८ फागुन ३ मा बौद्धबाट २ किलो युरेनियमसहित चारजनालाई पक्राउ गरेको थियो। प्रहरीले भूपेन्द्र  

खड्का, नवराज महतसहितलाई पक्राउ गरेको थियो। अहिले भने काठमाडौंमा एउटा गिरोहसँग रहेको २७ किलो युरेनियमलाई भारततर्फ पठाउन लागेको भन्दै भारतीय अधिकारी आएको स्रोतको दाबी छ। नेपाल प्रहरीलाई युरेनियमको कारोबारबारे भारतले मात्र होइन, अमेरिकी दूतावासले पनि सूचना दिँदै आएको छ।

के हो युरेनियम?

प्रहरीका अनुसार त्यतिबेला बरामद भएको युरेनियम प्राकृतिक युरेनियम हो। यो पारमाणविक भार भएको रेडियोधर्मी धातु हो। यसलाई सबैभन्दा मूल्यवान् धातुका रुपमा लिइन्छ।

विज्ञहरूका अनुसार युरेनियम परमाणु संख्या ९२ भएको एक रासायनिकतत्व हो। युरेनियम प्रकृतिमा पाइनेतत्वमध्ये सबैभन्दा बढी २३८ पारमाणविक भार भएको रेडियोधर्मी धातु हो। लगातार ऊर्जावान् विकिरणहरू फ्याँकिरहने भएकाले यसको आयु सयौं वर्षसम्म हुन्छ। नेपालमा पेग्माटाइट र ग्रेनाइटजन्य चट्टानमा युरेनियम पाइएको छ।  

विशेषज्ञहरू युरेनियम पत्ता लगाउन जिएम काउन्टर, सिन्टिलेसन काउन्टर आदि संयन्त्रको सहायताले विकिरण शक्ति मापन गर्छन्। यही विकिरणको मापनद्वारा नै युरेनियमको भण्डारबारे यकिन गर्न सकिन्छ। प्रहरी उच्च स्रोतले दिएको जानकारीअनुसार ५० वर्षअघि नै अमेरिकी दूतावासलाई नेपालका केही व्यक्तिले युरेनियम भनी यस्तै वस्तु दिएका र त्यो परीक्षण गर्न अमेरिकासम्म पुर्‍याइएको तर प्रमाणित हुन सकेको थिएन।  
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १५ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस