सिआइए प्रमुखको भ्रमण रोकिएपछि सुरक्षा निकाय असन्तुष्ट
१७ फागुन २०७९
•
३ मिनेट पाठ
सिआइए प्रमुखको भ्रमण रोकिएपछि सुरक्षा निकाय असन्तुष्ट
नेपाल सरकारले अमेरिकी जासुसी संस्था सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सिआइए) का प्रमुख विलियम्स जोसेफ बर्न्सको नेपाल भ्रमणमा रोक लगाएपछि सुरक्षा निकायहरू असन्तुष्ट देखिएका छन्। सिआइए प्रमुख बर्न्सको भ्रमणका बेला अमेरिकी सेनाको जहाजमा २ हजार थान हतियार र अत्याधुनिक गाडीसमेत ल्याउन लागिएकोे थियो। बर्न्सको भ्रमणसँग ती हतियार पनि उतै रोकिएका छन्। बन्र्सको जहाजसँगै ल्याउन लागिएका हतियार नेपाली सेनाले खरिद गरेको स्रोतको दाबी छ।




‘सिआइए प्रमुख विलियम्स जोसेफ बर्न्स फागुन ३ गते बेलुकी ६ः३० बजे काठमाडौं अवतरण हुने र ४ गते दिउँसो १ः १५ बजे फर्कने कार्यतालिका पेस गरेका गरेका थिए’, प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो। सन् २०२१ मा सिआइएको प्रमुखमा नियुक्त बर्न्स अमेरिकामा प्रभाव राख्ने शक्तिशाली व्यक्तिमा पर्छन्। उनको भ्रमण रोकिएपछि अमेरिकाबाट हुने अर्को उच्चस्तरीय भ्रमण पनि रोकिएको स्रोतको दाबी छ। अमेरिकाबाट यसअघि राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड, युएसआइडी प्रमुख सामन्थ पावर र दक्षिण एसिया मामिला ब्युरोकी उपसहायक विदेशमन्त्री अफ्रिन अख्तरको भ्रमण भइसकेको अवस्थामा सिआइएका प्रमुखको भ्रमण रोकेर प्रधानमन्त्री दाहालले कूटनीतिक क्षेत्रमा अपरिपक्व काम गरेको टिप्पणी जानकारहरूको छ। सिआइए प्रमुख बर्न्सको भ्रमणमा रोक लगाइएको विषयमा नेपाली सेनाले असन्तुष्टि जनाएको छ।

स्रोतका अनुसार सिआइए प्रमुख बन्र्सलाई नेपाल आउन रोक लगाउँदा अमेरिकाले दिँदै आएको सैन्य सहयोग, संयुक्त राष्ट्रसंघमा नेपाली सेनाको उपस्थिति जस्ता विषयमा असर पर्न सक्ने भन्दै नेपाली सेनाले आपत्ति जनाएको हो। ‘संयुक्त राष्ट्रसंघमा नेपालको राम्रो उपस्थिति छ।

अमेरिकाले पनि नेपाली सेना र सुरक्षा अंगलाई विभिन्न प्रकारका तालिमको अवसर उपलब्ध गराउँदै आएको छ। सिआइए प्रमुख औपचारिक रूपमा नेपाल आउन खोज्दा सुरक्षा दिनुको साटो नआउन भन्नुले राम्रो सन्देश गएन’, नेपाली सेनाबाट अवकाशप्राप्त एक रथीले भने।

राष्ट्रिय अनुसन्धान विभागका एक पूर्वप्रमुखले पनि सिआइए प्रमुख नेपाल भ्रमणमा आउँदैमा यहाँका सबै सूचना उनले बोकेर जान्छन् भन्ने भ्रम पाल्नु गलत भएको बताए। सिआइए प्रमुखको भ्रमणले दुई देशका सुरक्षा अधिकारीहरूबीचको सम्बन्ध प्रगाढ हुने भए पनि सरकारले सम्बन्ध बढाउने विषयमै रोक लगाएको ती पूर्वप्रमुखले बताए।

फागुन ३ गते नेपाल आउने तालिका पठाएका सिआइए प्रमुख बन्र्सलाई यतिबेला नेपाल भ्रमण गर्ने उपयुक्त समय नभएको भन्दै प्रधानमन्त्री कार्यालयले रोकेको हो। ‘प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले सिआइए प्रमुखले भ्रमण गर्ने अवस्था छैन भनेर स्वीकृति नदिन निर्देशन दिएपछि मुख्यसचिव शंकरदास बैरागीले परराष्ट्र मन्त्रालयलाई जानकारी गराएका थिए’, स्रोतले भन्यो। प्रधानमन्त्री दाहालले राष्ट्रपति निर्वाचन लगायका कारण देखाएर बन्र्सको भ्रमणमा रोक लगाएको स्रोतको दाबी छ। ‘राष्ट्रपति निर्वाचनको कारण देखाएर रोक लगाइएको हो’, प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले भने।

स्रोतका अनुसार बर्न्स श्रीलंका हुंदै नेपाल आउन लागेको र त्यसका लागि उनले नेपाल सरकारको स्वीकृतिका लागि भ्रमण तालिका पठाएका थिए। स्रोतका अनुसार अमेरिकास्थित नेपाली राजदूतावास र नेपालस्थित अमेरिकी राजदूतावासले सिआइए प्रमुखको नेपाल भ्रमणको तयारी थालेका थिए। यी निकायले नेपालको सुरक्षा व्यवस्थाबारे बन्र्सलाई जानकारी गराएका थिए। गत वर्ष नेपालको संसद्ले अमेरिकी सहयोगी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुमोदन गरेपछि अ‍ेमरिकी अधिकारीले नेपाललाई प्राथमिकतामा राखेका छन्। नेपाल सरकारले एमसिसीका कार्यान्वयनका लागि जग्गा अधिग्रहण लगायतका प्रारम्भिक कार्य थालिसकेको छ।
अर्को समाचार
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
१ घण्टा अघि
•
१ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतमा लोकप्रिय बोतलबन्द पानी ब्रान्ड बिस्लेरीको नमूनामा कोलिफर्म ब्याक्टेरिया भेटिएपछि खाद्य नियामकले कारबाही अघि बढाएको छ।




भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको दोस्रो घटना हो।

रोयटर्सका अनुसार अगस्ट १२ को सूचनाअनुसार नियामकले कम्पनीलाई प्रभावित ब्याचको बिक्री रोक्न निर्देशन दिएको थियो। नमूनाको पुनः परीक्षण गर्दा पनि कोलिफर्म ब्याक्टेरिया भेटिएको सरकारी अधिकारीले बताएका छन्।

बिस्लेरीले भने सरकारको निर्देशनअनुसार अगस्टमै सम्बन्धित ब्याच बजारबाट फिर्ता बोलाएको जनाएको छ। कम्पनीका अनुसार नियामकका प्रयोगशालाले नमूनामा कोलिफर्म ब्याक्टेरिया भेटिएको रिपोर्ट दिएका थिए। तर, कम्पनीले आफ्नै तर्फबाट गराएको स्वतन्त्र परीक्षणमा उक्त ब्याचको पानी खाद्य सुरक्षा मापदण्डअनुसार सुरक्षित पाइएको दाबी गरेको छ।

‘नियामक र स्वतन्त्र परीक्षणको नतिजामा देखिएको भिन्नताबारे गहिरो समीक्षा आवश्यक छ,’ कम्पनीले विज्ञप्तिमा भनेको छ। साथै, वास्तविकता पत्ता लगाउन एफएसएसएआईसँग सहकार्य जारी राख्ने पनि जनाएको छ।

बिस्लेरीका भारतभर १३० उत्पादन प्लान्ट र पाँच हजार ९८० वितरक छन्। भारतको प्याकेज गरिएको पिउने पानी बजारमा अग्रणी रहेको कम्पनीले पेप्सीको, कोका-कोला, टाटा र रिलायन्सजस्ता कम्पनीसँग प्रतिस्पर्धा गर्दै आएको छ।

बिस्लेरीको पानीमा समस्या देखिएपछि एफएसएसएआईले सबै राज्यलाई प्याकेज गरिएको पिउने तथा खनिज पानीको नियमित निरीक्षण र नमूना परीक्षण बढाउन निर्देशन दिएको छ। मापदण्ड पूरा नगर्ने कम्पनीमाथि आवश्यक कारबाही गर्न पनि भनिएको छ।

यसअघि पनि बिस्लेरीको पानीको नमूना असुरक्षित भेटिएपछि नियामकले कानुनी प्रक्रिया अघि बढाएको थियो। दोष प्रमाणित भए कम्पनीले जरिवाना र जेल सजायसमेत भोग्नुपर्ने हुन सक्छ। भारतमा पछिल्लो समय खाद्य तथा पेय पदार्थ उत्पादन गर्ने ठूला कम्पनीमाथि नियामक निकायले निगरानी र कारबाही बढाएका छन्।
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
यो पनि पढौँ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस