भारतको अटो एक्स्पोको आकर्षण ‘विद्युतीय सवारी’
३० पौष २०७९
•
३ मिनेट पाठ
भारतको अटो एक्स्पोको आकर्षण ‘विद्युतीय सवारी’
पेट्रोलियम पदार्थको प्रयोगले वातावरणीय प्रदूषण बढिरहेका बेला मोटर उत्पादक कम्पनीले पछिल्लो समय विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने नीति लिएका छन्।




भारतको ग्रेटर नोयडामा आयोजना गरिएको अटो एक्स्पो २०२३ मा प्रसिद्ध मोटर उत्पादक कम्पनीहरूले विद्युतीय सवारी साधन प्रर्दशनीमा राखेर प्रयोगकर्ताको ध्यान तान्ने प्रयास गरेका थिए।

भारतका यातायात तथा हाइवे केन्द्रीय मन्त्री नीतिन गड्करीले उद्घाटन गरेको अटो एक्स्पोमा टाटा लगायतका कम्पनीले विद्युतीय सवारीलाई प्राथमिकता दिएका थिए। विद्युतीय सवारीमा प्रयोगकर्ताको आकर्षण देखिन्थ्यो।

पेट्रोलियम पदार्थबाट गुड्ने गाडी उत्पादन गर्दै आएका कम्पनीहरूले विद्युतीय सवारी उत्पादन गरिरहेका छन्। कम्पनीहरूले एक्स्पोको अवसर पारेर विद्युत्बाट चल्ने सवारी साधन सार्वजनिक गरेका छन्।

टाटा, हुन्डाई, एमजी, बिवाइडी, किया, टोयोटा, मारूती सुजुकी, लेक्सस, लगायतका दर्जनौं कम्पनीले विद्युतीय कार प्रर्दशनीमा राखेका थिए। अटो एक्स्पोमा भारतसहित विश्वका विभिन्न सवारी उत्पादक कम्पनीका करिब पाँच दर्जन सवारी साधन लञ्च गरिएको छ। अहिले सार्वजनिक गरिएका सवारी क्रमशः २०२५ सम्ममा बजारमा आउने गाडी उत्पादक कम्पनीले जनाएका छन्। ‘एक्सप्लोर द वल्र्ड अफ मोबिलिटी’ भन्ने नारासहित जारी एक्स्पोमा गाडी उत्पादक कम्पनीले नयाँ गाडी सार्वजनिक गरेका छन्। ११ जनवरीबाट सुरु भएको एक्स्पो १८ तारिखसम्म चल्नेछ।

विश्वप्रसिद्ध टाटा मोटर्स कम्पनीले मात्रै एक्स्पोको अवसर पारेर करिब एक दर्जनभन्दा धेरै नयाँ मोडलका गाडीहरू सार्वजनिक गरेको छ। टाटाले कर्भ एसयुभी इभी, अभिन्या सियारा इभी, टियागो इभी, सफारी र ह्यरियरको डार्क एडिसन, अल्ट्रोच, पन्च सिएनजी लगायतका नयाँ गाडी एक्स्पोमा राखेको छ। सार्वजनिक भएका गाडीहरूमध्ये केही तुरुन्तै बिक्रीका लागि बजारमा पठाइने छ भने केही आगामी वर्ष बिक्री सुरुवात गर्ने कम्पनीले जनाएको छ।

सुजुकीले एक्स्पोमा तीन वटा नयाँ मोडलका गाडीहरू सार्वजनिक गरेको छ। कुप एसयुभी, ५ डोर जिम्नी र वाईवाई–८ को कन्सेप्ट सार्वजनिक गरेको हो। सुजुकी कम्पनीले वाईवाई–८ को कन्सेप्ट सार्वजनिक गरे पनि २०२५ सम्ममा मात्र बिक्रीमा ल्याउने जनाएको छ।

गाडी सार्वजनिक गर्न प्रसिद्ध सिने कलाकार पनि एक्स्पोमा आएका थिए। हुन्डाइको इलेक्ट्रिक कार आयोनिक–५ को अपग्रेडेट भर्सन भारतीय प्रसिद्ध सिनेकर्मी साहारुख खानले सार्वजनिक गरेका छन्। टोयटा कम्पनीले पनि विद्युतीय सवारीलाई प्राथिमकता दिएको छ। टोयटाले विजेडफोरएक्स, लेजेन्डर, इनोभा हाईक्रस गाडी ल्याएको छ। मारुती सुजुकीको कन्सेप्ट इलेक्ट्रिक एसयुभी ईभीएक्ससँगै ग्रान्ड भिटारा, ब्रेजा नयाँ भर्जन सार्वजनिक गरेको छ। त्यसैगरी, एमजीले पनि एक्टर, मार्भल आर विद्युतीय गाडी ल्याएको छ।

अटो एक्स्पो २०२३’ मा कम मूल्यका विद्युतीय गाडी सार्वजनिक गरिएको थियो। ‘ईभीए’ मोडलको सानो कार रोजाइमा परेको थियो। चालकसहित तीन जनाले यात्रा गर्न सकिने यो विद्युतीय कारमा सोलार जडान गरिएको छ। छतमा जडान गरिएको सोलार प्यानलले दैनिक १० किलोमिटर यात्रा गर्न पुग्ने ब्याट्री चार्ज गर्ने कम्पनीले जनाएको छ।

यो कारमा ४ किलोवाट आवरको ब्याट्री प्याक छ भने लिक्विड कुल्ड टेक्नोलोजी प्रयोग भएको अधिकतम मोटर पावर क्षमता १२ किलोवाट रहेको कम्पनीले जनाएको छ। ईभीए मिनी कारमा उत्कृष्ट ब्याट्री टेक्नोलोजीको प्रयोग गरिएको छ।

अटो एक्स्पोमा एमजीको युनिक–७ नामको हाइड्रोजन फ्युल सेल एमपीभीले सबैको ध्यान तानेको थियो। न्यु इनर्जी सवारीको रूपमा ब्याट्री इलेक्ट्रिक भेहिकलमा पहिलो पटक हाइड्रोजन फ्युल सेल भेहिकल एक्स्पोमा राखिएको थियो। एमजीको युनिक–७ मा ६.४ केजीको हाइड्रोजन सिलिण्डर जडान गरिएको छ। एक सिलिन्डिरले ६ सय ५ किलोमिटरको रेन्ज दिने कम्पनीले जनाएको छ। ७ सिटे यो गाडीमा हाइड्रोजनलाई इन्धनको रूपमा प्रयोग गरिएको छ।

एक्स्पो सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्स (सियाम) ले आयोजना गरेको हो। सियाम भारतमा प्रमुख सवारी साधन र सवारी साधन इन्जिन उत्पादकहरूको प्रतिनिधित्व गर्ने संस्था हो। सियामले अटोमोबाइल उद्योगलाई प्रवद्र्धन गर्न द्विवार्षिक रूपमा ‘अटो एक्स्पो–द मोटर सो’ आयोजना गर्दै आएको छ।

यसले भारतीय अटोमोबाइल उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउन, सवारी साधनको लागत घटाउन, उत्पादकत्व बढाउन र गुणस्तरको विश्वव्यापी मापदण्डहरू हासिल गर्न काम गर्दै आएको छ।
अर्को समाचार
भारतको अटो एक्स्पोको आकर्षण-‘विद्युतीय सवारी’
०१ माघ २०७९
•
३ मिनेट पाठ
भारतको अटो एक्स्पोको आकर्षण-‘विद्युतीय सवारी’
पेट्रोलियम पदार्थको प्रयोगले वातावरणीय प्रदूषण बढिरहेका बेला मोटर उत्पादक कम्पनीले पछिल्लो समय विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने नीति लिएका छन्। भारतको ग्रेटर नोयडामा आयोजना गरिएको अटो एक्स्पो २०२३ मा प्रसिद्ध मोटर उत्पादक कम्पनीहरूले विद्युतीय सवारी साधन प्रर्दशनीमा राखेर प्रयोगकर्ताको ध्यान तान्ने प्रयास गरेका थिए।




भारतका यातायात तथा हाइवे केन्द्रीय मन्त्री नीतिन गड्करीले उद्घाटन गरेको अटो एक्स्पोमा टाटा लगायतका कम्पनीले विद्युतीय सवारीलाई प्राथमिकता दिएका थिए। विद्युतीय सवारीमा प्रयोगकर्ताको आकर्षण देखिन्थ्यो।

पेट्रोलियम पदार्थबाट गुड्ने गाडी उत्पादन गर्दै आएका कम्पनीहरूले विद्युतीय सवारी उत्पादन गरिरहेका छन्। कम्पनीहरूले एक्स्पोको अवसर पारेर विद्युत्बाट चल्ने सवारी साधन सार्वजनिक गरेका छन्।

टाटा, हुन्डाई, एमजी, बिवाइडी, किया, टोयोटा, मारूती सुजुकी, लेक्सस लगायतका दर्जनौं कम्पनीले विद्युतीय कार प्रर्दशनीमा राखेका थिए। अटो एक्स्पोमा भारतसहित विश्वका विभिन्न सवारी उत्पादक कम्पनीका करिब पाँच दर्जन सवारी साधन लञ्च गरिएको छ। अहिले सार्वजनिक गरिएका सवारी क्रमशः २०२५ सम्ममा बजारमा आउने गाडी उत्पादक कम्पनीले जनाएका छन्। ‘एक्सप्लोर द वल्र्ड अफ मोबिलिटी’ भन्ने नारासहित जारी एक्स्पोमा गाडी उत्पादक कम्पनीले नयाँ गाडी सार्वजनिक गरेका छन्। ११ जनवरीबाट सुरु भएको एक्स्पो १८ तारिखसम्म चल्नेछ।

विश्वप्रसिद्ध टाटा मोटर्स कम्पनीले मात्रै एक्स्पोको अवसर पारेर करिब एक दर्जनभन्दा धेरै नयाँ मोडलका गाडीहरू सार्वजनिक गरेको छ। टाटाले कर्भ एसयुभी इभी, अभिन्या सियारा इभी, टियागो इभी, सफारी र ह्यरियरको डार्क एडिसन, अल्ट्रोच, पन्च सिएनजी लगायतका नयाँ गाडी एक्स्पोमा राखेको छ। सार्वजनिक भएका गाडीहरूमध्ये केही तुरुन्तै बिक्रीका लागि बजारमा पठाइने छ भने केही आगामी वर्ष बिक्री सुरुवात गर्ने कम्पनीले जनाएको छ।

सुजुकीले एक्स्पोमा तीन वटा नयाँ मोडलका गाडीहरू सार्वजनिक गरेको छ। कुप एसयुभी, ५ डोर जिम्नी र वाईवाई–८ को कन्सेप्ट सार्वजनिक गरेको हो। सुजुकी कम्पनीले वाईवाई–८ को कन्सेप्ट सार्वजनिक गरे पनि २०२५ सम्ममा मात्र बिक्रीमा ल्याउने जनाएको छ।

गाडी सार्वजनिक गर्न प्रसिद्ध सिने कलाकार पनि एक्स्पोमा आएका थिए। हुन्डाइको इलेक्ट्रिक कार आयोनिक–५ को अपग्रेडेट भर्सन भारतीय प्रसिद्ध सिनेकर्मी साहारुख खानले सार्वजनिक गरेका छन्। टोयटा कम्पनीले पनि विद्युतीय सवारीलाई प्राथिमकता दिएको छ। टोयटाले विजेडफोरएक्स, लेजेन्डर, इनोभा हाईक्रस गाडी ल्याएको छ। मारुती सुजुकीको कन्सेप्ट इलेक्ट्रिक एसयुभी ईभीएक्ससँगै ग्रान्ड भिटारा, ब्रेजा नयाँ भर्जन सार्वजनिक गरेको छ। त्यसैगरी, एमजीले पनि एक्टर, मार्भल आर विद्युतीय गाडी ल्याएको छ।

अटो एक्स्पोे २०२३’ मा कम मूल्यका विद्युतीय गाडी सार्वजनिक गरिएको थियो। ‘ईभीए’ मोडलको सानो कार रोजाइमा परेको थियो। चालकसहित तीन जनाले यात्रा गर्न सकिने यो विद्युतीय कारमा सोलार जडान गरिएको छ। छतमा जडान गरिएको सोलार प्यानलले दैनिक १० किलोमिटर यात्रा गर्न पुग्ने ब्याट्री चार्ज गर्ने कम्पनीले जनाएको छ।

यो कारमा ४ किलोवाट आवरको ब्याट्री प्याक छ भने लिक्विड कुल्ड टेक्नोलोजी प्रयोग भएको अधिकतम मोटर पावर क्षमता १२ किलोवाट रहेको कम्पनीले जनाएको छ। ईभीए मिनी कारमा उत्कृष्ट ब्याट्री टेक्नोलोजीको प्रयोग गरिएको छ।

अटो एक्स्पोमा एमजीको युनिक–७ नामको हाइड्रोजन फ्युल सेल एमपीभीले सबैको ध्यान तानेको थियो। न्यु इनर्जी सवारीको रूपमा ब्याट्री इलेक्ट्रिक भेहिकलमा पहिलो पटक हाइड्रोजन फ्युल सेल भेहिकल एक्स्पोमा राखिएको थियो। एमजीको युनिक–७ मा ६.४ केजीको हाइड्रोजन सिलिण्डर जडान गरिएको छ। एक सिलिन्डिरले ६ सय ५ किलोमिटरको रेन्ज दिने कम्पनीले जनाएको छ। ७ सिटे यो गाडीमा हाइड्रोजनलाई इन्धनको रूपमा प्रयोग गरिएको छ।

एक्स्पो सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्स (सियाम) ले आयोजना गरेको हो। सियाम भारतमा प्रमुख सवारी साधन र सवारी साधन इन्जिन उत्पादकहरूको प्रतिनिधित्व गर्ने संस्था हो। सियामले अटोमोबाइल उद्योगलाई प्रवद्र्धन गर्न द्विवार्षिक रूपमा ‘अटो एक्स्पो–द मोटर सो’ आयोजना गर्दै आएको छ। यसले भारतीय अटोमोबाइल उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउन, सवारी साधनको लागत घटाउन, उत्पादकत्व बढाउन र गुणस्तरको विश्वव्यापी मापदण्डहरू हासिल गर्न काम गर्दै आएको छ।
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको चीन भ्रमणको तयारीबारे चर्चा भए पनि भ्रमणको मिति अझै तय नभएको पाइएको छ।
Whatsapp
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
परराष्ट्रमन्त्री शिशिर खनालले लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी तथा नियामकीय सुधार सरकारको प्राथमिकतामा रहेको बताएका छन्।
Whatsapp
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
जलवायु परिवर्तनका कारण बढ्दै गएको बाढी, पहिरो, अत्यधिक तापक्रम, जलस्रोत संकट र वायु प्रदूषणका चुनौती सामना गर्न काठमाडौं महानगरपालिकाले सात बुँदे प्रत...
Whatsapp
झोला बोकेर सिंहदरबार गेट पुगे जेनजीका आफन्त, माग पूरा नभएसम्म अनशन बस्ने (तस्बिरसहित)
फोटो फिचर
Clock १ घण्टा अघि | १ मिनेट पाठ
झोला बोकेर सिंहदरबार गेट पुगे जेनजीका आफन्त, माग पूरा नभएसम्म अनशन बस्ने (तस्बिरसहित)
गत वर्षको ‘जेनजी आन्दोलन’का क्रममा पक्राउ परेका प्रदर्शनकारीको विनासर्त रिहाइको माग गर्दै उनीहरूका आफन्त सिंहदरबार दक्षिण गेट अगाडि धर्नाम...
Whatsapp
कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई  प्राथमिकता दिन्छौँ : सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई प्राथमिकता दिन्छौँ : सभामुख अर्याल
उनले निजी क्षेत्र, व्यापारी, व्यवसायी तथा उपभोक्ताको हितलाई ध्यानमा राखेर कानुन निर्माण गर्नुपर्नेमा जोड दिए।
Whatsapp
चीनले गर्यो अन्तरिक्षमा चार नयाँ उपग्रहको सफलतापूर्वक प्रक्षेपण
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चीनले गर्यो अन्तरिक्षमा चार नयाँ उपग्रहको सफलतापूर्वक प्रक्षेपण
चीनले आइतबार चार नयाँ उपग्रह अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ।
Whatsapp
अब नेता फकाउने होइन, जनता फकाउने हो : वरिष्ठ उपसभापति शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब नेता फकाउने होइन, जनता फकाउने हो : वरिष्ठ उपसभापति शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले आफूहरू अब नेता फकाउनेतर्फ भन्दा जनता फकाउनेतर्फ लागेको बताएका छन्।
Whatsapp
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ स्थित होङ्सी गेटमा ट्रकको ठक्करबाट पिकअप...
Whatsapp
१३२ केभीको चोभार सबस्टेसन सञ्चालनमा
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
१३२ केभीको चोभार सबस्टेसन सञ्चालनमा
काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको चोभार सबस्टेसन सञ्चालनमा आएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस