कपिलवस्तुमा १३ वर्ष अघि कुष्ठरोग निवारण भएको घोषणा गरिए पनि रोगीको संख्या बढदै गएको छ । वर्षौदेखि शून्यमा झार्ने अभियान चलाइरहँदा कपिलवस्तुमा भने कुष्ठरोगीको संख्या बढदै गएको छ ।
चेतनाको अभाव नै कुष्ठरोगी बढ्नुको मुख्य कारण भएको बताउँछन् स्वास्थ्यकर्मी । कुष्ठरोगीको संख्या नघटेपछि नियन्त्रणमा चुनौती देखिएको छ । प्रति १० हजार जनसंख्या बराबर १ बिरामीभन्दा कम हुनुपर्नेमा गत आर्थिक वर्ष २०८०/०८१ मा १ दशमलव ८ का दरले १ सय २८ नयाँ कुष्ठरोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय तौलिहवामा आयोजित अन्तर्क्रिया कार्यक्रममा क्षयकुष्ट निरीक्षक मोहोम्मद ईरफानले बताए । यो दर प्रति दश हजारको हो ।
देशमा कुष्टरोगीको फेला पर्ने दर शून्य दशमलव ८८ छ । त्यस हिसाबले समेत कपिलवस्तुमा फेला पर्ने दर दोब्बर छ । २०८०/०८१ मा २ दशमलव ७ प्रतिशतका दरले १ सय ८८ कुष्ठ रोगी फेला परेको थिए । गत वर्ष ७५ पुरुष र ५३ महिला कुष्टरोगी फेला परेका थिए । आर्थिक वर्ष २०७९/८० मा २ दशमलव १ प्रतिशतको दरले वर्ष १ सय ६७ जना नयाँ कुष्ठरोगी फेला परेका थिए । गत आर्थिक वर्षमा १४ वर्ष भन्दा कम उमेरका ४ जना रोगी समेत फेला परेका छन । यस्तै ४ जना अपांगता भएका फेला परेको छन । आर्थिक वर्ष २०७८/०७९ मा १ दशमल ८ प्रतिशतका दरले वर्ष १ सय २३ जना नया कुष्ठ रोगी फेला परेका थिए । २०७७/०७८ मा १ दशमलव ९ का दरले १ सय २८ जना रोगी फेला परेका थिए ।
जिल्लाबाट १३ वर्ष अघि कुष्ठरोग निवारण भएको घोषणा गरिएको थियो । तर अशिक्षा र खुला सीमाका कारण ओहोरदोहर बढ्दा बिरामी बढदै गएका छन् । अहिले बिरामी बढदै जाँदा रोग निवारण भएको घोषणा कायम राख्न चुनौती बनेको छ । जिल्लाको जनसंख्याको प्रति १० हजारमा १ जना भन्दा कम बिरामी भए कुष्ठरोग निवारण भएको मानिन्छ । त्यो बढेर दोब्बर हुन भएको छ । बिरामी बढदै जाँदा रोग उन्मुलन भएको घोषणा समस्या बनेको छ । मुलुकबाट ०६६ माघ ५ मा जनस्वास्थ्य समस्याबाट राष्ट्रिय स्तरमै कुष्ठरोग निवारण भएको घोषणा गरिएको थियो । तर कपिलवस्तुमा ९ वर्षदेखि बिरामी बढदै गएका छन् ।
कुष्ठ रोगले तत्कालै ठुलो समस्या नपर्दासम्म अस्पताल नजाने प्रबृति छ । लामो समय अस्पताल नजादा रोग जटिल बन्दै गई अंगभंग हुने अवस्था आउँछ । त्यसपछि समस्या हुन थालेपछि मात्र बिरामी स्वास्थ्य केन्द्रसम्म पुग्ने गर्छन् । ‘समस्या गाह्रो बन्दै गएको छ’ स्वास्थ्य कार्यालय प्रमुख गौरव ढकालले भने ‘ जति खोज्यो उत्ति नै रोगी फेला परेका छन।’
भारतसँगको खुला सीमाका कारण तराईका जिल्लामा कुष्ठरोग निवारण समस्या र चुनौती भईरहेको उनले बताए ।
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–७ टोप्लाका गर्भवती महिलालाई सुत्केरी व्यथाले भन्दा बढी चिन्ता स्वास्थ्य संस्थासम्म कसरी पुग्ने भन्ने हुन्थ्यो। विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए। कतिपय महिला त स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा घरमै सुत्केरी हुन बाध्य थिए।
अब भने त्यो बाध्यता अन्त्य हुने आशा पलाएको छ। गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि टोप्लाका गर्भवती महिलाले स्थानीय स्तरमै प्रसूति सेवा पाउने भएका छन्। तातोपानी गाउँपालिकाले ३६ लाख रुपैयाँ खर्चेर निर्माण गरेको बर्थिङ सेन्टरबाट सेवा सञ्चालनसमेत सुरु भएको छ।
शुक्रबार कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले संयुक्त रूपमा भवन उद्घाटन गरे। बर्थिङ सेन्टर सञ्चालनमा आएपछि टोप्ला र आसपासका डुंग्री क्षेत्रका महिलालाई प्रसूति सेवाका लागि टाढाको स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।
यसअघि गर्भावस्थाको नियमित जाँचदेखि सुत्केरी गराउनसम्म यहाँका महिलाले कठिनाइ भोग्दै आएका थिए। सामान्य गर्भजाँचका लागि समेत घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था थियो। सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुर्याउन परिवारका सदस्यले भोग्नुपर्ने सास्ती झनै कठिन थियो।
स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार गाउँमा प्रसूति सेवा दिने पूर्वाधार नहुँदा महिलाले वर्षौंदेखि यस्तो समस्या भोग्दै आएका थिए। 'वर्षौंदेखि यहाँका महिलाले भोग्दै आएको यही बाध्यता अब विस्तारै हट्ने आशा पलाएको छ,' उनले भने।
गाउँपालिका अध्यक्ष चौलागाईंले दुर्गम बस्तीका महिलालाई प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्न बर्थिङ सेन्टर निर्माण गरिएको बताए। 'दुर्गम टोप्ला र डुंग्रीका महिलाले अब प्रसूति सेवाका लागि सास्ती खेप्नु नपरोस् भनेर गाउँमै बर्थिङ सेन्टर निर्माण गरेका हौँ,' उनले भने, 'भवन बनिसकेको छ। आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालनसमेत भइसकेको छ।'
गाउँपालिकाले भौगोलिक कठिनाइलाई ध्यानमा राखेर सुत्केरी महिलालाई बोकेर स्वास्थ्य संस्थासम्म पुर्याउने स्थानीयलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ भत्ता दिने नीतिगत व्यवस्था पनि गरेको छ।
प्रदेशसभा सदस्य शाहीले दुर्गम क्षेत्रका नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने गरी गाउँपालिकाले बर्थिङ सेन्टर निर्माण गर्नु प्रशंसनीय भएको बताए। उनले भवनको थप तला निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।
सरकारले संस्थागत सुत्केरीको दर शतप्रतिशत पुर्याउने लक्ष्य लिएको छ। टोप्लामा बर्थिङ सेन्टर सञ्चालनले उक्त लक्ष्य हासिल गर्न सहयोग पुग्ने स्वास्थ्य शाखाको अपेक्षा छ। आवश्यक उपकरण तथा सामाग्री गाउँपालिका र दातृ संस्थाको सहयोगमा व्यवस्थापन गरिने संयोजक चौलागाईंले बताए।
तर भवन निर्माण र सेवा सञ्चालनसँगै सुरक्षित प्रसूतिको पूर्ण सुनिश्चितता गर्नुपर्ने चुनौती पनि छ। बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मीको नियमित उपलब्धता, पर्याप्त उपकरण, घेरबार तथा परिसर व्यवस्थापन र चौबिसै घण्टा सेवा सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ।
स्थानीय महिला साउनी रोकायाले बर्थिङ सेन्टरलाई भवन निर्माणमा मात्र सीमित राख्न नहुने बताइन्। 'यो एउटा भवन निर्माणको विषय होइन, वर्षौंदेखि प्रसूति सेवाका लागि भोग्दै आएको दुःख र बाध्यता कम हुने आशाको सुरुवात हो,' उनले भनिन्, 'आवश्यक उपकरण, दक्ष जनशक्ति र चौबिसै घण्टा सेवा उपलब्ध गराउन सके मात्रै यहाँका महिलाले गाउँमै सुरक्षित प्रसूति सेवाको वास्तविक अनुभूति गर्न पाउनेछन्।'
उक्त टोप्लामा बर्थिङ सेन्टर स्थापना हुनु दुर्गम क्षेत्रका महिलाको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्त्वपूर्ण कदम हो। गर्भवती महिलाले आवश्यक परेको जुनसुकै बेला दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा पाउने छन्।
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...