बढ्दो तापक्रमको असर: हरेक मिनेटमा एक जनाको मृत्यु
१२ कार्तिक २०८२
•
५ मिनेट पाठ
बढ्दो तापक्रमको असर: हरेक मिनेटमा एक जनाको मृत्यु
सांकेतिक तस्बिर
तात्दै गरेको विश्वमा तातोलहर र गर्मीका कारण वर्षेनी पाँच लाख ४६ हजारको मृत्यु हुने गरेको पाइएको छ । यो हिसाबले जलवायु परिवर्तनका कारण बढेको गर्मीले झण्डै हरेक एक मिनेटमा एक जनाको मृत्यु हुने देखिएको छ । विश्वका ७१ शैक्षिक संस्थासँग आवद्ध १२८ अनुसन्धानकर्ताले तयार गरेको यो प्रतिवेदनले जलवायु निष्क्रियताले विश्वमा लाखौको ज्यान गइरहेको र स्वास्थ केन्द्रित जलवायु कार्य तत्काल आवश्यक रहेको औल्याएको छ ।  




वैज्ञानिक जर्नल ल्यान्सेटमा बुधबार सार्वजनिक गरिएको प्रतिवेदनका अनुसार सन् १९९० को दशकयता गर्मीका कारण र जोखिममा रहेको समुदयाको जनसंख्या वृद्धिका कारण विश्वव्यापी मृत्यु दरमा ६३ प्रतिशतले बढोत्तरी भएको छ ।  प्रतिवेदनले ‘यो सबै घट्ना जलवायु परिवर्तन बिना सम्भव हुने थिएनन्’ भनेको  छ ।  

प्रतिवेदनका अनुसार सन् २०२४ मा विश्वका प्रत्येक सर्वसाधारणले औसतमा १६ दिन खतरनाक गर्मी सामना गरेका थिए । यसैगरी सन् २०२४मा बालबालिका र वृद्धहरूले प्रतिव्यक्ति औसत २० भन्दा धेरै तातोलहर(हीटवेभ)का दिनहरु झेलेका थिए । जुन विगत २० वर्षमा चार गुणाले बढेको छ ।  

विश्व स्वास्थ्य संगठन र अन्य विश्वव्यापी साझेदारहरूले बुधबार प्रकाशन गरेको ‘ल्यान्सेट काउन्टडाउन अन हेल्थ एण्ड क्लाइमेट चेन्ज–२०२५’नामक प्रतिवेदनका अनुसार जीवाश्म इन्धनप्रतिको अत्यधिक निर्भरता र तात्दै गरेको विश्वमा अनुकूलित हुन नसक्दा मानव स्वास्थ्यमा ‘भयानक असर’ परिरहेको छ ।

प्रतिवेदनका अनुसार सन् १९६१ देखि १९९० सम्मको अवधिको तुलनामा सन् २०१५ देखि २०२४ को समयमा अत्यधिक वर्षा हुने दिनहरु विश्वका ६४ प्रतिशत जमिनी भूभागमा  विस्तार भएकोछ । अत्यधिक वर्षा स्वास्थ चुनौतीदेखि बाढी र पहिरोका लागि जिम्मेवार मानिन्छ । यसैगरी सन् २०२४ मा विश्वको कुल भूभागको ६१ प्रतिशत क्षेत्र खडेरीबाट प्रभावित रहेको र यो सन् १९५० को दशकको औसतको तुलनामा तीन गुणाले बढेको देखिएकोछ । यसैगरी, वन डढेलोबाट निस्कने धुवाँबाट सन् २०२४ मा सर्वाधिक १ लाख ५४ हजारको मृत्यु भएकोछ । यसैगरी लामखुटे्का लागि तातो र भिजेको वातावरण अनुकुलन हुने हुँदा विश्वमा डेंगुको जोखिम बढेको पाइएको छ । प्रतिवेदनका अनुसार सन १९५० को दशकयता डेंगु संक्रमणको सम्भावना करिब ५० प्रतिशतले बढेको छ ।  

‘यसले देखाउँछ जलवायु निष्क्रियताले लाखौको ज्यान गइरहेको छ । स्वास्थ्य प्रणालीहरूलाई दबाबमा छन् र अर्थतन्त्रहरू कमजोर बन्दैछन,’ प्रतिवेदनमा भनिएको छ ।  

प्रतिवेदन सार्वजनिक भएपछि जारी गरिएको एक विज्ञप्तिमा डब्लुएचओका स्वास्थ्य प्रवर्धन तथा रोग रोकथाम विषयका सहायक महानिर्देशक डा. जेरेमी फ्यारारले भनेका छन्, ‘जलवायु संकट भनेको स्वास्थ्य संकट हो। तापक्रमको प्रत्येक अंश वृद्धिले ज्यान र जीविकोपार्जनमा ठूलो मूल्य चुकाउँनु पर्ने हुन्छ ।’  

विश्वका अधिकांश देशमा भइरहेको यो मृत्युको लागि जलवायु निष्क्रियता जिम्मेवार रहेको र र जलवायु कार्य नै वर्तमानको सबैभन्दा ठूलो स्वास्थ्य अवसर रहेको उनको भनाई छ । ‘सफा हावा, स्वस्थ आहार, र मजबुत स्वास्थ्य प्रणाली मार्फत हामीले लाखौं ज्यान बचाउन सक्छौ र वर्तमान तथा आगामी पुस्तालाई सुरक्षित गर्न सक्छौ,’ उनले भनेका छन् ।  

प्रतिवेदनका अनुसार सन् २०२३ मा खडेरी र तातो लहरका कारण थप १२ करोड ४० लाख मानिसहरू मध्यम वा गम्भीर खाद्य असुरक्षाको चपेटामा धकेलिएका थिए । यसैगरी, सन् २०२४ मा गर्मीका कारण श्रम सम्बन्धी ६४० अर्ब कार्य घण्टा गुमेको थियो, जसका कारण उत्पादकत्वमा १.०९ ट्रिलियन अमेरिकी डलर बराबरको नोक्सानी भएको छ । यसैगरी वृद्धहरूको गर्मीका कारण हुने मृत्युको लागत २६१ अर्ब डलर पुगेको प्रतिवेदनको आँकलन  छ।  

यसो हुँदाहुदै पनि विश्वका सरकारले जीवाश्म इन्धन सहुलितय जाख्दै जिवाश्म इन्धनमा गर्ने खर्चलाई गरिरहेका छन् । प्रतिवेदनका अनुसार सन् २०२३ मा विश्वका सरकारले जीवाश्म इन्धनमा ९५६ अर्ब अमेरिकी डलर सहुलियत दिएका थिए । जबकी यो रकम जलवायु–संवेदनशील देशहरूलाई प्रतिवर्ष दिने भनेर वाचा गरिएको जलवायु सहयोगको तीन गुणा बढी हो । विश्वका १५ देशले आफ्नो सम्पूर्ण राष्ट्रिय स्वास्थ्य बजेटभन्दा बढी जीवाश्म इन्धनमा खर्च गरेका छन् ।  

जलवायु कार्यका फाइदाहरुको चर्चा गर्दै प्रतिवेदनले विश्वमा सन् २०१० देखि २०२२ सम्म हरेक वर्ष कोइला–आधारित वायु प्रदूषण घट्दा अनुमानित १.६ लाख अकाल मृत्यु टरेको औल्याएको छ ।  हाल विश्व ऊर्जा उत्पादनमा नवीकरणीय ऊर्जाको हिस्सा १२ प्रतिशत पुगेको छ र यसले १.६ करोड बराबरको रोजगारी सिर्जना गरेको छ।  

लन्डन विश्वविद्यालयकी ल्यान्सेट काउन्टडाउनकी कार्यकारी निर्देशक डा. मारिना रोमानेलोले ‘जलवायु विपत्ति रोक्ने दिशामा विश्वसँग असल अभ्यास रहेको र विश्वभरका समुदाय र स्थानीय सरकारहरूले प्रगति सम्भव छ भन्ने प्रमाण दिइरहेको’ बताएकी छन् ।  

स्वच्छ ऊर्जा विस्तारदेखि शहरी अनुकूलनका कार्य सुरु भइसकेका र तीनले वास्तविक स्वास्थ्य लाभ दिइरहेका उनको भनाई छ ।  

‘तर हामीले यो गति कायम राख्न आवश्यक छ। जीवाश्म इन्धनलाई छिटो हटाएर नवीकरणीय ऊर्जामा रूपान्तरण गर्नु जलवायु परिवर्तन रोक्ने सबैभन्दा शक्तिशाली उपाय हो । साथै, स्वस्थ र जलवायु–मैत्री आहारतर्फ रूपान्तरण र दिगो कृषि प्रणालीले प्रदूषण, हरितगृह ग्याँस र वन विनाश घटाएर हरेक वर्ष १ करोडभन्दा बढी ज्यान बचाउन सक्छ,’ उनले भनेकी छन् ।  

स्वास्थ्य–उन्मुख जलवायु कार्यको चर्चा गर्दै विश्वका केही सरकारले जलवायु प्रतिबद्धतामा ढिलाइ गरे पनि शहरहरु, समुदायहरू र स्वास्थ्य क्षेत्रले यसको नेतृत्व गरिरहेका प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनका अनुसार विश्वका ८५८ मध्ये ८३४ शहरहरूले जलवायु जोखिम मूल्याङ्कन पूरा गरेका वा गर्न योजना बनाएका छन्। विश्वमा हाल भैरहेको ऊर्जा रूपान्तरणले सफा हावा, स्वस्थ रोजगार, आर्थिक वृद्धि र लगानी बढाइरहेको छ ।  

सन् २०२१ देखि २०२२ सम्म स्वास्थ्य क्षेत्रबाट हुने हरितगृह ग्याँस उत्सर्जन विश्वव्यापी रूपमा १६ प्रतिशतले घटेको छ, र उपचार सेवाको गुणस्तर सुध्रिनुले स्वास्थ्य क्षेत्र आफैंले पनि नेतृत्वदायी भूमिका  देखाएको प्रतिवेदनमा उल्लेख छ ।  

डब्लुएचओ तथ्यांक अनुसार,स्वास्थ्य प्रणालीहरूले जोखिम मूल्याकन गर्दै खतरनाक भविष्यका लागि तयारी गरिरहेका छन्। विश्वका ५८ प्रतिशत सदस्य राष्ट्रहरूले ‘स्वास्थ्य जोखिम तथा अनुकूलन मूल्याकन’ पूरा गरेका छन् र ६० प्रतिशत ले ‘राष्ट्रिय स्वास्थ्य अनुकूलन योजना’ तयार पारेका छन् ।

अर्को सातादेखि ब्राजिलका बेलेमा संयुक्त राष्ट्र संघीय जलवायु सम्मेलन(कोप ३०) हुन लागेको सन्दर्भमा ल्यान्सेट प्रतिवेदनले स्वास्थ्य–केन्द्रित जलवायु कार्य तीव्र बनाउन प्रमाणिक आधार उपलब्ध गराउने अपेक्षा गरिएको छ । ल्यान्सेट काउन्टडाउन परियोजना लन्डन विश्वविद्यालयको नेतृत्वमा डब्लुएचओ र  विश्वका ७१ शैक्षिक संस्था तथा संयुक्त राष्ट्रका निकायसँग सहकार्यमा विगत ९ वर्षदेखि कार्यान्वयनमा छ । यो प्रतिवेदन सोही परियोजना अन्तर्गत प्रकाशित भएको हो । 
अर्को समाचार
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
२ घण्टा अघि
•
१ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–७ टोप्लाका गर्भवती महिलालाई सुत्केरी व्यथाले भन्दा बढी चिन्ता स्वास्थ्य संस्थासम्म कसरी पुग्ने भन्ने हुन्थ्यो। विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए। कतिपय महिला त स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा घरमै सुत्केरी हुन बाध्य थिए।




अब भने त्यो बाध्यता अन्त्य हुने आशा पलाएको छ। गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि टोप्लाका गर्भवती महिलाले स्थानीय स्तरमै प्रसूति सेवा पाउने भएका छन्। तातोपानी गाउँपालिकाले ३६ लाख रुपैयाँ खर्चेर निर्माण गरेको बर्थिङ सेन्टरबाट सेवा सञ्चालनसमेत सुरु भएको छ।

शुक्रबार कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले संयुक्त रूपमा भवन उद्घाटन गरे। बर्थिङ सेन्टर सञ्चालनमा आएपछि टोप्ला र आसपासका डुंग्री क्षेत्रका महिलालाई प्रसूति सेवाका लागि टाढाको स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

यसअघि गर्भावस्थाको नियमित जाँचदेखि सुत्केरी गराउनसम्म यहाँका महिलाले कठिनाइ भोग्दै आएका थिए। सामान्य गर्भजाँचका लागि समेत घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था थियो। सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुर्‍याउन परिवारका सदस्यले भोग्नुपर्ने सास्ती झनै कठिन थियो।

स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार गाउँमा प्रसूति सेवा दिने पूर्वाधार नहुँदा महिलाले वर्षौंदेखि यस्तो समस्या भोग्दै आएका थिए। 'वर्षौंदेखि यहाँका महिलाले भोग्दै आएको यही बाध्यता अब विस्तारै हट्ने आशा पलाएको छ,' उनले भने।

गाउँपालिका अध्यक्ष चौलागाईंले दुर्गम बस्तीका महिलालाई प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्न बर्थिङ सेन्टर निर्माण गरिएको बताए। 'दुर्गम टोप्ला र डुंग्रीका महिलाले अब प्रसूति सेवाका लागि सास्ती खेप्नु नपरोस् भनेर गाउँमै बर्थिङ सेन्टर निर्माण गरेका हौँ,' उनले भने, 'भवन बनिसकेको छ। आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालनसमेत भइसकेको छ।'

गाउँपालिकाले भौगोलिक कठिनाइलाई ध्यानमा राखेर सुत्केरी महिलालाई बोकेर स्वास्थ्य संस्थासम्म पुर्‍याउने स्थानीयलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ भत्ता दिने नीतिगत व्यवस्था पनि गरेको छ।

प्रदेशसभा सदस्य शाहीले दुर्गम क्षेत्रका नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने गरी गाउँपालिकाले बर्थिङ सेन्टर निर्माण गर्नु प्रशंसनीय भएको बताए। उनले भवनको थप तला निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।

सरकारले संस्थागत सुत्केरीको दर शतप्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ। टोप्लामा बर्थिङ सेन्टर सञ्चालनले उक्त लक्ष्य हासिल गर्न सहयोग पुग्ने स्वास्थ्य शाखाको अपेक्षा छ। आवश्यक उपकरण तथा सामाग्री गाउँपालिका र दातृ संस्थाको सहयोगमा व्यवस्थापन गरिने संयोजक चौलागाईंले बताए।

तर भवन निर्माण र सेवा सञ्चालनसँगै सुरक्षित प्रसूतिको पूर्ण सुनिश्चितता गर्नुपर्ने चुनौती पनि छ। बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मीको नियमित उपलब्धता, पर्याप्त उपकरण, घेरबार तथा परिसर व्यवस्थापन र चौबिसै घण्टा सेवा सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ।

स्थानीय महिला साउनी रोकायाले बर्थिङ सेन्टरलाई भवन निर्माणमा मात्र सीमित राख्न नहुने बताइन्। 'यो एउटा भवन निर्माणको विषय होइन, वर्षौंदेखि प्रसूति सेवाका लागि भोग्दै आएको दुःख र बाध्यता कम हुने आशाको सुरुवात हो,' उनले भनिन्, 'आवश्यक उपकरण, दक्ष जनशक्ति र चौबिसै घण्टा सेवा उपलब्ध गराउन सके मात्रै यहाँका महिलाले गाउँमै सुरक्षित प्रसूति सेवाको वास्तविक अनुभूति गर्न पाउनेछन्।'

उक्त टोप्लामा बर्थिङ सेन्टर स्थापना हुनु दुर्गम क्षेत्रका महिलाको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्त्वपूर्ण कदम हो। गर्भवती महिलाले आवश्यक परेको जुनसुकै बेला दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा पाउने छन्।
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस