चार दिनदेखि अनशनरत नर्स ज्योति रानाभाटको स्वास्थ्य समस्या थपिएको छ।
नर्स रानाभाट गत बिहिवारदेखि नेपाल काउन्सिल परिषद् हाताभित्र आमरण अनशन सुरु गरेकी थिइन्। अनशनको चौथौ दिन आइतवार स्वास्थ्यमा थप समस्या देखिएको उनको हेरचाहमा खटिएका नर्सहरुले बताएका छन्। स्वास्थमा समस्यामा आएपछि गरिएको टेस्ट पछिको रिपोर्टमा टेपवर्म देखिएको छ, उपचार पनि अस्वीकार गर्नु भएको छ–नर्स जीता बरालले भनिन्। स्वास्थ्यमा समस्या आएपछि उनलाई शनिवार वीर अस्पताल ल्याइएको थियो। पानी समेत पिउन अस्वीकार गरेको कारण उनलाई वीरमा भर्ना गरी सलाइन पानी दिइएको थियो। ‘पानीको कारण जलबियोजन हुने देखेर सलाइन दिइयो, आज कुनै पनि उपचार अस्वीकार गर्नु भएको छ’,बरालले भनिन्।
रानाभाटले गत वर्ष २०८२ असोजमा आन्दोलनरत नर्स र सरकारपक्ष वीच वार्ता मार्फत भएका सम्झौताहरु वर्षदिन पुग्न लाग्दा पनि लागू नभएपछि पुनः १५ बुँदे माग सहित अनशन सुरु गरेकी हुन्। अनशनपछि स्वास्थ्य मन्त्रालयले वार्ता टोली बनाइ मौखिक आश्वसन दिएपनि लिखित सुनिश्चतता नभएकोले रानाभाट अनशन तोड्न नमानेको बरालले जानकारी दिइन्।
नर्सिङ तथा मिडवाइफ्री सेवाको सुदृढीकरण, बिरामी सुरक्षाको सुनिश्चितता तथा नीतिगत सुधारमा सरकारले प्रभावकारी पहल नगरेको गुनासो रानाभाटको छ । प्रर्याप्त नर्सिङ दरवन्दी सिर्जना गर्ने, रानाभाटले न्यूनतम पारिश्रमिक सुनिश्चित गर्ने, ठेक्का तथा करार प्रणाली अन्त्य गर्ने, नर्सिङ शिक्षाको गुणस्तर सुधार गर्ने, विभेदकारी कानुनी व्यवस्थाको अन्त्य गर्नु पर्ने माग छ।
न्यून सेवा–सुविधा र सुरक्षित कार्यवातावरणको अभावका कारण दक्ष नर्स तथा मिडवाइफ विदेश पलायन भइरहेकाले त्यसले देशको स्वास्थ्य प्रणालीमा गम्भीर असर परेको बताउँदै मिडवाइफ्री र नर्सिङ पेशामा देखा आवश्यक सुधार गर्न सरकारसंग तत्काल माग गरेकी छिन्।
उनले सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत सबै नर्स र मिडवाइफलाई सरकारले तोकेअनुसारको सेवा–सुविधा उपलब्ध गराउन, वैज्ञानिक बिरामी–नर्स अनुपातका आधारमा दरबन्दी कायम गर्न तथा नर्सिङ तथा मिडवाइफ्री सेवा ऐन यथाशीघ्र निर्माण गर्नुपर्ने लगायतको माग रहेको छ।