स्वास्थ्य उपकरण खरिद: ४१ करोड घोटालाको चलखेल
२२ साउन २०७९
•
३ मिनेट पाठ
स्वास्थ्य उपकरण खरिद: ४१ करोड घोटालाको चलखेल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले व्यवसायीसँगको मिलेमतोमा ४१ करोड रुपैयाँभन्दा बढी रकम तिरेर सातवटा स्वास्थ्य उपकरण खरिद गर्ने तयारी गरेको छ। मन्त्रालयको उच्च स्रोतका अनुसार विभागको आपूर्ति महाशाखाले खरिद गर्ने तयारी गरेका ती सात किसिमका उपकरणको कम्पनी मूल्य ३२ करोड रुपैयाँ हाराहारीमा पर्छ। तर विभागले व्यवसायीहरूको मिलोमतोमा ७३ करोड रुपैयाँमा ती उपकरण खरिद गर्ने चाँजोपाँजो मिलाएको हो।




स्रोतका अनुसार लुम्बिनी हेल्थ केयर र यसका अन्य सहयोगी कम्पनीलाई मिल्नेगरी ती स्वास्थ्य उपकरण खरिद गर्न स्पेसिफिकेसन तयार गरिएको थियो। विभागले निकालेको टेन्डर लुम्बिनी र यिनै अन्य सहयोगी कम्पनीहरूले पाएका छन्। स्वास्थ्य उपकरण खरिद गर्न अहिले एलसीसमेत खोलिएको छ। दक्षिण कोरिया र चीनबाट सामान खरिदका लागि एलसी खोलिएको हो। विभागले १७८ थान पोर्टेबल अल्ट्रासाउन्ड, नौ थान डिआर एक्सरे, १३ थान फ्लाट पानर डिटेक्टर एक्सरे, १३० थान हेमोडाइलोसिस्ट मेसिन, १ हजार थान पल्स अक्सिमिटर र १ हजार थान बिपी सेट खरिद गर्दैछ।

आपूर्ति शाखा प्रमुखले आफूले चाहेअनुसारको कम्पनीलाई ठेक्का पार्नेगरी स्पेसिफिकेसन बनाउन बायोमेड इन्जिनियर करारमा राखेको स्रोतको दाबी छ। हाल आपूर्ति शाखा प्रमुखमा डा. सुरेन्द्र चौरसिया छन्। यसअघि पनि विभागले ल्याउने अधिकांश सामग्रीमा लुम्बिनी हेल्थ केयर र यसका सहयोगी संस्थाहरूले टेन्डर पाउने गरेका छन्।

दक्षिण कोरिया र चीनबाट सामान खरिदका लागि एलसी खोलिएको हो। विभागले १७८ थान पोर्टेबल अल्ट्रसाउन्ड, नौ थान डिआर एक्सरे, १३ थान फ्लाट पानर डिटेक्टर एक्सरे, १३० थान हेमोडाइलोसिस्ट मेसिन, १ हजार थान पल्स अक्सिमिटर र १ हजार थान बिपी सेट खरिद गर्दैछ।
विभागले कम्पनी मूल्यको दोब्बरभन्दा बढी पैसा तिरेर स्वास्थ्य उपकरण किन्ने तयारी गरेको सूचना स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीसमक्ष पुगेपछि उनले त्यसबारे चासो देखाएका छन्। ‘मैले यसअघिको खरिद प्रकरणमा चासो देखाएको थिएँ। पछिल्लो खरिदबारे बुझ्न पाएको छैन। तपाईंले भनेजस्तै मूल्यमा ४१ करोडको फरक रहेछ भने छानबिन गरिनेछ,’ नागरिकसँग शनिबार राज्यमन्त्री केसीले भने। स्वास्थ्य उपकरण खरिदबारे मन्त्रालयका तर्फबाट पनि सूक्ष्म अध्ययन गरिने उनले जानकारी दिए। ‘मन्त्रालयले अनियमितताबारे अध्ययन थाल्छ। दोषी ठहरिनेमाथि कानुनबमोजिम कारबाही हुन्छ,’ उनले भने। स्रोतका अनुसार पछिल्लो स्वास्थ्य सामग्री खरिदमा ४१ करोडभन्दा बढी अनियमितता गर्न खोजिएपछि स्वास्थ्य राज्यमन्त्री केसीले आपूर्ति शाखा प्रमुख डा. चौरसियालाई स्पष्टीकरणसमेत मागेका थिए। यही विषयमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि चासो दिएको बताइएको छ।

विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले स्वास्थ्य सामग्री खरिद प्रक्रिया मापदण्डअनुसार नै भएको दाबी गरे। उनले आफूलाई यसबारे त्यति बढी जानकारी नभएको भन्दै अरूलाई सोध्न आग्रह गरे। ‘यसबारे अलि बढी जानकारी डा. रुद्र मरासिनी सरलाई छ, मलाई भन्दा उहाँलाई सोध्नुस्,’ उनले भने। आपूर्ति शाखा र लुम्बिनी हेल्थ केयरको मिलेमतो पछिल्लो खरिदमा मात्र भएको होइन, वर्षौंदेखि विभागले गर्ने खरिदमा सबैभन्दा बढी हिस्सा यही कम्पनीको देखिँदै आएको छ। विभाग आफैंले सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्ष मात्र लुम्बिनी हेल्थ केयरले तीनपटक गरी ४४ करोड ५५ लाख बराबरको ठेक्का पारेको छ। लुम्बिनीले पाएका यी ठेक्का विभागले गरेको खरिद ठेक्काको २२.६१ प्रतिशत हो। गत वर्ष विभागले ५७ वटा टेन्डर स्वीकृत गरेकोमा १ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ बराबरको खरिद ठेक्का भएको थियो।

विभागले सार्वजनिक गरेको खरिद विवरणअनुसार लुम्बिनीपछि सबैभन्दा बढी खरिद ठेक्का जिएच मेडिहेल्थ फर्माले पाएको छ। जिएचले ३० करोड ३६ लाख रुपैयाँबराबरको खरिद ठेक्का पाएको हो। उसले तीन चरणमा ठेक्का पाएको हो। अर्को लाइफलाइन ट्रेडले १६ करोड ३७ लाखको खरिद ठेक्का पारेको छ।
अर्को समाचार
फेरि आयो डेंगी
२५ वैशाख २०८१
•
३ मिनेट पाठ
फेरि आयो डेंगी
नेपालका विभिन्न जिल्लामा डेंगी संक्रमित फेला परेका छन्। डेंगीबाट बच्न सबै सचेत हुनुपर्ने बेला आएको विज्ञहरूले औंल्याएका छन्। बेलैमा सचेतता नअपनाए जटिल अवस्था निम्तिन सक्ने भन्दै सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।




हाल विभिन्न जिल्लामा गरी प्रतिसाता औसतमा ४० जनाका दरले डेंगी संक्रमित देखिएको महाशाखाको भनाइ छ। महाशाखाका अनुसार देशभरका स्वास्थ्य संस्थाहरूबाट संकलन गरिएको विवरणबाट सो तथ्यांक आएको हो। सन् २०२४ सुरु भएयता देशभरि ८०० जनामा डेंगी संक्रमण देखिएको तथ्यांक छ।

तथ्यांकअनुसार तराईका भन्दा बढी पहाडी जिल्लाहरूमा संक्रमित फेला परेको पाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालले बताए।

संखुवासभा, झापा, धादिङ, पाल्पा तथा गण्डकी प्रदेशका स्थानीय तहहरूमा डेंगी फैलिरहेको महाशाखाले जनाएको छ। अहिलेसम्म एउटै भागमा धेैरै संख्यामा फैलिएको भने पाइएको छैन। तर गत वर्ष धरानमा मनसुनअघि नै डेंगी महामारी फैलिएको थियो।

वर्षभरि देशका विभिन्न भूभागमा डेंगी संक्रमण देखा परेको र महामारी बढी फैलिएका क्षेत्रमा लामखुट्टेका अण्डा जीवित रहने भएकाले डेंगी संक्रमित बढ्न थालेको आकलन गरिएको छ। मनसुन सुरु हुन लागेकाले पुराना जीवित अण्डाले लार्भाको रूप लिई डेंगी फैलाउने सम्भावना रहेको महाशाखाको भनाइ छ।

त्यसैगरी मनसुनमा लामखुट्टेको वृद्धि हुनु, विगतका वर्षहरूमा डेंगी संक्रमण लगातार देखिनुले यसपालि पनि महामारीकै रूपमा डेंगी फैलने संकेत देखिएको विज्ञहरू बताउँछन्। ‘डेंगी फैलाउने लामखुट्टेका अण्डा आठ–नौ महिना जीवित रहन्छ। पानी पर्नेबित्तिकै यसको वृद्धि हुने सम्भावना हुन्छ,’ कीटजयन्य रोग शाखाका प्रमुख डा. दाहालले भने।

केही वर्षदेखि हरेक वर्षजस्तो डेंगी संक्रमणको महामारी फैलिएको र गत वर्ष धरानमा मनसुनअघि नै फैलिएका कारण यसपटक पनि त्यो फैलिन सक्ने सम्भावना रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोेग अस्पताल अनुसन्धान शाखाका संयोजक डा. शेरबहादुर पुनले बताए।

‘डेंगी फैलिने संकेत देखिएको छ। गत वर्ष धरानमा मनसुनअघि नै महामारी फैलिएको थियो। डेंगीले मनसुन पर्खिने भन्ने हुन्न,’ उनले भने। सन् २०२३ मा धरान, २०२२ मा काठमाडौं र २०२१ मा चितवनलगायत जिल्लामा डेंगीको महामारी फैलिएको थियो।

चिकित्सकका अनुसार यो वर्ष गत वर्षजस्तै उही ठाउँमा महामारीको रूप लिने नभई नयाँ ठाउँमा फैलिने सम्भावना हुन्छ। पहिला महामारी भइसकेको ठाउँका नागरिक सचेत हुने र त्यो ठाउँमा डेंगीविरुद्ध लड्ने प्रतिरक्षा क्षमता पनि विकास भइसकेको हुने कारण पनि नयाँ ठाउँमा महामारीका रूप लिन सक्ने डा. दाहाल बताउँछन्।

महामारी नियन्त्रणका लागि अहिले फाट्टफुट्ट लामखुट्टे देखा परेका स्थानीय तहहरूलाई नियन्त्रणका लागि सुझाव तथा निर्देशनपत्र पठाइसकेको डा. दाहालले जानकारी दिए। यसका साथै केही संख्यामा डेंगी देखिएका ठाउँहरूमा लामखुट्टको बासस्थान पहिचान गरी समयमै लामखुट्टेको लार्भा तथा अण्डा नष्ट गर्न सके महामारीबाट बच्न सकिने डा. दाहालको सुझाव छ।

‘मुख्य कुरा लामखुट्टेको टोकाइबाट बच्नुपर्‍यो, यसका लागि कुनै पनि खालका लामखुट्टेको वृद्धि रोक्नुप¥यो,’ उनले भने। स्थानीय निकायकै पहलमा पानी जम्मा हुने खाल्डाखुल्डी पुर्ने, लामखुट्टेको वासस्थान पहिचान गर्ने र यसको टोकाइबाट बच्ने, शरीरको खुला भागमा लामखुट्टेविरुद्धको मलम लगाउने, झुल लगाएर सुत्नेजस्ता सतर्कता अपनाए महामारी रोक्ने मुख्य उपाय रहेको चिकित्सकहरूको सुझाव छ।
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस