बाँकेमा चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा क्षयरोगबाट २५ जनाको मृत्यु भइसकेको छ। यो संख्या सरकारी स्वास्थ्य संस्था र सरकारको क्षयरोग निवारण कार्यक्रममा जोडिएका संस्थाहरुबाट औषधिको सेवन गर्दागर्दै मृत्युवरण गरेकाहरुको हो। उपचारमा रहेका र औषधि सेवन गरिरहेको भए पनि २५ जनाको ज्यान गएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। गतवर्ष ३७ जनाको क्षयरोगबाट ज्यान गएको थियो। उपचारमा नआएका कतिमा क्षयरोग देखिएको छ? कतिको मृत्यु भएको छ ? भन्ने एकिन तथ्यांक छैन।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत मानव नेपालीका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा बाँकेमा सबैभन्दा बढी नेपालगन्ज उपमहानगरपालिकामा एक सय ३७ जनामा क्षयरोग भेटिएको छ। त्यस्तै, खजुरा गाउँपालिकामा ७८ जना, कोहलपुर नगरपालिकामा ६८, बैजनाथ गाँउपालिकामा ६२, डुडुवामा ४७, जानकीमा ३३ र नरैनापुरमा २८ जनामा क्षयरोग भेटिएको छ। राप्तीसोनारीका ४१ जनामा संक्रमण भेटिएको छ। क्षयरोग नियन्त्रणका लागि चाडोभन्दा चाडो पहिचान र उपचार हुनुपर्ने जनस्वास्थ्य अधिकृत नेपालीले बताएका छन्। तर, बाँकेमा स्वास्थ्य संस्थाको पहुँच पुगे पनि मानिसहरु सेवा लिन नआइदिने गरेका कारण क्षयरोग नियन्त्रणको अभियानमा चुनौती रहेको उनले बताए।
अर्काेतिर डट्स विधिको सही पालना नहुँदा पनि बिरामीहरु सञ्चो नहुने गरेको उनको भनाइ छ। बीचमै औषधि छोड्दा वा सही तरिकाले सेवन नगर्दा औषधि प्रतिरोधक क्षयरोगमा परिणत भइरहेको उनले बताए। चालू आर्थिक वर्षको हालसम्म बाँकेमा ३५ जनामा औषधि प्रतिरोधक क्षयरोग फेला परेको छ। औषधि प्रतिरोधक क्षयरोग यस्तो अवस्थाको क्षयरोग हो जसमा साविकको औषधिले काम नगरेर कडाखालको औषधि चलाउनुपर्ने हुन्छ।
विश्व स्वास्थ्य संगठनले क्षयरोगमुक्त विश्व बनाउने परिकल्पनाअनुसार सन् २०१६ देखि २०३५ सम्ममा द इन्ड टिबी रणनीति सार्वजनिक गरेको छ। यस रणनीतिलाई आत्मसाथ गर्दै राष्ट्रिय क्षयरोग कार्यक्रमले सन् २०५० सम्ममा क्षयरोगको महामारी अन्त्य गर्ने लक्ष्य लिएको छ। त्यसका लागि क्षयरोगबाट हुने बिरामी र मृत्युदर घटाउनका लागि नेपाल सरकारले समेत विभिन्न कार्यक्रम सञ्चालन गरीरहेको छ। तर यो रोगमा चासो नदिँदा, अशिक्षा, लाज, डर, बसाइँसराइलगायतका कारणले नियन्त्रणमा चुनौती देखिएको छ।
सन् २०१९ को सर्वेक्षणअनुसार नेपालमा वार्षिक ६९ हजारजना क्षयरोगका बिरामी फेला पर्ने गरेका छन्। राष्ट्रिय क्षयरोग कार्यक्रमअन्तर्गत ५ वर्ष यता करिब ३२ हजार क्षयरोग बिरामीको निदान भइ उपचारको दायरामा ल्याउन सकिएको छ। नेपालमा करिब एक लाख १७ हजार क्षयरोगी छन्। गत आर्थिक वर्षमा लुम्बिनी प्रदेशमा पाँच हजार आठ सय ५६ जना बिरामी फेला परेका थिए। जसमा बाँकेका आठ सय ३५ बिरामी थिए। क्षयरोगको औषधि देशभरिका स्वास्थ्य संस्थामा निःशुल्क पाइने गरेको छ।
क्षयरोगको वार्षिक मृत्युदर कोरोनाको भन्दा पनि बढी रहेकोले यसलाई सामान्यरुपमा नलिन स्वास्थ्य कार्यालय बाँकेले सबैमा आग्रह गरेको छ। खोकी लागेमा, खान मन नलाग्ने, तौल घट्दै जाने, सास फेर्न गाह्रो हुने, खकारमा रगत देखिनेलगायतका लक्षण देखिन बित्तिकै स्वास्थ्य संस्थामा उपचारमा जान स्वास्थ्यकर्मीको सल्लाह छ। फोक्सोको क्षयरोग (टिबी) सासमार्फत सर्ने भएकाले सावधानी अपनाउन समेत उनीहरुको आग्रह छ। भारतबाट नेपाल फर्किएकाहरुबाट समेत क्षयरोग नेपाल भित्री रहेकाले जमुनाह नाकामा भारतबाट आउनेहरुको स्क्रीनिङ गर्ने गरिएको छ। करिब ९ महिनाको अवधिमा सिमानाकामा चेक जाँच गर्दा आठजनामा क्षयरोग भेटिएको छ।