होलीको रङ्गबाट छाला र कपाल कसरी जोगाउने?
०२ चैत्र २०७८
•
२ मिनेट पाठ
होलीको रङ्गबाट छाला र कपाल कसरी जोगाउने?
रंगै रंगको पर्व होली आउन एक दिन मात्र बाँकी छ। होली बिभिन्न चाँडपर्व आफन्तबीच निकट ल्याउने एउटा माध्यम पनी हो। होलीमा एकअर्का प्रती रङ्ग लगाएर मनाउँने परम्पररा छ। उमंगको यस पर्व भव्य रूपमा मनाउन थोरै सावधानी अपनाउनु पर्ने हुन्छ। 




होली  खेल्दा सावधानी अपनाइयो भने होलीको रौनक पनि रहिरहन्छ, तपाईंको स्वास्थ्यमा समेत कुनै असर पर्दैन। शरिरको ख्याल नगरी होली खेल्दा एलर्जी, दम, छालासम्बन्धी विभिन्न समस्याले सताउन सक्छ। 

त्यसैले स्वास्थ्यमा ध्यान दिन छाला तथा चर्म रोग विशेषज्ञ डा.ललन खतिवडाको सुझाव छ। उनका अनुसार होली खेलेपछि  रङ्ग र अबिरले गर्दा धेरै जस्तो व्यक्तिलाई छाला पोल्ने वा छालाको रङ्ग परिवर्तन हुने वा छाला सुख्खा हुने जस्ता समस्या देखिने गर्छ। रङ्गमा मिसिएको विभिन्न रसायनले छालाको भित्री सतहलाइ नोक्सान पुर्‍याउने डा.खतिवडा बताउँछन्।

होलीको रङ्गमा वाइल कलर, केमिकल डाई, विषाक्त पदार्थ र छालालाई नोक्सान पुर्‍याउने अन्य तत्त्व पनि हुने गरेको बताउँदै उनी भन्छन्, ‘रङ्गहरुमा धेरै केमिकल मिसावट गरिएको हुन्छ जस्ले गर्दा छालामा असर पर्ने गर्छ यसमा सबै भन्दा बढीअसर हरियो रङ्गले गर्छ।’ छाला सुक्खा हुने, रातो बिबिरा आउने चिलाउने जस्ता समस्या देखा पर्ने उनी बताउँछन्।

उनका अनुसार, बजारमा पाइने धेरैजसो रङ्गमा ‘हेभी मेटल्स’ र विषाक्त पदार्थ हुन्छ। हरियो रङ्गले आँखामाएलर्जी वा अस्थायी अन्धोपन निम्त्याउन सक्छ। छाला रोग पनि हुन सक्छ। यस्तै, बैजनी रंगले दम र एलर्जी हुन सक्छ। चम्किलो रङ्ग क्यान्सरको कारक हुन सक्छ। 

नीलो रङ्गले छालामा एलर्जी गराउन सक्छ। रातो रङ्गले छालाको क्यान्सर हुन सक्छ। स्मरणशक्तिलाई हानि पुर्‍याउन पनि सक्छ। लेड अक्साइडले बनाइने कालो रङ्गले मृगौलामा समस्या उत्पन्न गराउन सक्छ। छालाको अवस्थामा पनि भर पर्ने उनको भनाइ छ। 

केहिलाई बढी रङ्गको प्रयोग गर्दा बेहोस हुने जस्ता समस्या पनि देखिन सक्छन् भने धेरे नराम्रो रङ्गको प्रयोग गर्दा किड्नीमा समस्या समेत निम्तिन सक्ने उनी बताउँछन्।

यस्तै, होली खेल्नुअघि शरीरभरि तेल वा मोइस्चराइजर लगाउनु राम्रो विकल्प हो। यसो गर्दा रंग छालाभित्र जान पाउँदैन। कपालमा तेल दल्दा र नङ काटेर पालिस लगाउँदा पनि कुनै न कुनै नोक्सानीबाट बच्न सकिन्छ।

होली खेलिसकेपछि छालाको जलन हटाउनुपरे मोइस्चराइजर उपयोग गर्न सकिन्छ। शरीर मजाले धोईपखाली गरेर मोइस्चराइजर लगाउँदा छालाको सुक्खापन पनि हट्छ।

बढी छाला सेन्सेटिभ र सुक्खा हुने व्यक्तिले होली खेल्न नहुने उनको भनाई छ। होली खेलीसकेपछि धेरै बेरसम्म अनुहारमा राख्न नहुने उनी बताउँछन्। अनुहारमा रङ्ग करिब आधा घण्टाभन्दा बढी राख्न नहुने पनि उनी बताउँछन्। प्रायजसो अर्गानिक कलरहरु प्रयोग गरेमा छालामा समस्या कम हुने हुन्छ।
अर्को समाचार
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
४९ मिनेट अघि
•
१ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
सप्तरी,  सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित रहेको पाइएको छ। 

 

जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका  छन्। गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रमा उनीहरुले नियमित रुपमा उपचार गराइरहेका केन्द्रकी वरिष्ठ स्टाफ नर्स सुनिता यादवले बताइन्।

उनले भनिन्, “अस्पतालमा सम्पर्कमा आएर उपचार गराउनेमध्ये सबैभन्दा बढी २० देखि ५० वर्षको उमेरका छन्। विसं २०८१ मा १८९ जना तथा २०८२ सालमा १९५ एचआइभीबाट सङ्क्रमित थिए। पछिल्लो तीन वर्ष यता प्रत्येक वर्ष एचआइभीबाट सङ्क्रमितको बढेको तथ्याङ्क छ।”

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको उपचार केन्द्रमा १० बालबालिकाको समेत नियमित रुपमा उपचार भइरहेको छ।

“कतिपय सम्पर्कमा आउन नचाहेका कारण एचआइभीबाट सङ्क्रमितको सङ्ख्या बढी रहेको अनुमान गरेका छौँ”, उनले भनिन्।

एचआइभीबाट सङ्क्रमित नियमित रुपमा उपचार गर्न नआए उनीहरुको घरमै गएर पनि औषधि उपलब्ध गराउने गरिएको छ। विसं २०५२ सालदेखि एचआइभीबाट सङ्क्रमितको उपचार सेवा आरम्भ गरिएको अस्पतालले जनाएको छ। 

 



स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
यो पनि पढौँ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस