हात्तीपाइले निवारणका लागि कपिलवस्तुमा फागुन २८ गतेदेखि महाभियान संचालन गरिँदैछ। यो अभियान कपिलवस्तुसहित देशका १० जिल्लामा संचालन हुन लागेको हो।
१३ औ चरण पूरा गरे पनि हात्तीपाइलेको जीवणु अझै फेला पारेपछि अभियान संचालन गर्न लागिएको स्वास्थ्य कार्यालयद्वारा तौलिहवामा आयोजित अन्तर्क्रियामा स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेयले जानकारी गराए। २ महिना अघि कपिलवस्तुको महाराजगंज र कृष्णनगर नगरपालिका गरी ७ सय ५५ जनामा गरिएको नमुना परीक्षणपछि करिब साढे ८ प्रतिशतमा हात्तीपाइलेका जीवाणु फेला परेको थियो। उनले यही फागुन पालिकाको सबै ९६ वडामा रहेको खोप केन्द्रमा २८ गतेदेखि आमरुपमा औषधि सेवनको अभियान संचालन गर्ने बताए।
२ वर्षमाथिका सबैलाई लक्षित गरी अभियान संचालन गरिने स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेयले बताए। विगतका वर्षहरुमा यो रोगविरुद्ध आम रुपमा औषधि सेवन (एमडिए) संचालन गरिएकोमा यस वर्षदेखि आईडिए अभियान चलाइने उनले बताए। यस वर्षदेखि हात्तीपाइलेविरुद्ध एउटा औषधि थपिएको उनले बताए। थपिएको आईभरमेक्टीनसहित डिईसि र एडभेन्डाजोल गरी ३ प्रकारका औषधि अभियानमा खुवाउने कार्यक्रम रहेको छ। यी औषधि २ वर्ष सेवन गरे हात्तीपाइलेबाट छुट्कारा पाइने बताइएको छ।
‘रोगको परजिवी जो कोहिमा पनि हुन सक्छ, त्यसैले सबैजनाले खोजी खोजी औषधिको सेवन गरौं, र जीवन भर अशक्त हुनबाट बचौं’, पाण्डेयले भने। सो अवसरमा कपिलवस्तु अस्पतालका डाक्टर अहिलेको औषधि पूर्णतया सुरक्षित रहेकोले ढुक्कसंग सेवन गर्न आग्रह गरे।
औषधिबारे जनचेतनाको कमी र बिभिन्न भ्रम रहेकाले यो निवारण हुन नसकेको उनले बताए। उनले व्यक्तिको उचाईका आधारमा औषधि खुवाइने बताए। पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्यले महाअभियानमा महासंघको समेत साथ रहेको बताए। उनले हात्तीपाइले निवारणका लागि संचारकर्मी, संचार संस्थाले समेत सचेतनाका लागि सहयोग र समन्वय गर्ने बताए।
कार्यक्रममा स्वास्थ्य कार्यालयका फोकल पर्सन उदयचन्द्र चौरसियाले फागुन २८ गतेदेखि संचालन हुने अभियानमा २ वर्षमाथिका ६ लाख २० हजार ४९१ जालाई खुवाइने अनुमान गरिएको छ। अभियानमा ६ सय ११ जना स्वास्थ्यकर्मी र १ हजार ५०५ जना महिला स्वयम्सेविका परिचालन गरिने छ।
स्वास्थय कार्यालयका प्रमुख पाण्डेयको अध्यक्षता, कपिलवस्तु नगरपालिका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताको संचालनमा कार्यक्रम भएको थियो।