कोरोना विरुद्धकाे खोपमा असमान वितरण
१८ फागुन २०७८
•
७ मिनेट पाठ
कोरोना विरुद्धकाे खोपमा असमान वितरण
कोरोना संक्रमण विरुद्धको खोप अभियान संचालन गरिरहेको नेपालले अहिलेसम्म उल्लेख्य सफलता हाँसिल गर्न सफल भएको छ। नेपाल आफ्नो कुल जनसंख्या मध्ये धेरैलाई कोरोना विरुद्धको खोप लगाउने दक्षिण एशियाली मुलुकमध्ये चौथो स्थानमा समेत परेको छ। खोप अभियान निरन्तर रुपमा सञ्चालन भइरहेपनि भौगौलिक क्षेत्र अनुसार अभियान प्रभावकारी नभएको सरकारी तथ्याङ्कले नै देखाउँछ।  




भौगोलिक रूपमा हिमाल, पहाड र तराई क्षेत्रमा विभाजित नेपालमा सबै भन्दा धैरै जनसंख्या तराई क्षेत्रमा रहेको छ। वि.सं २०७८ को जनगणना अनुसार तराई क्षेत्रको जनसंख्या १ करोड ५३ लाख ६५ हजार ८ सय २८ रहेको छ। जुन नेपालको कुल जनसंख्याको ५३.६६ प्रतिशत हो। कोरोना विरुद्धको खोप लगाउन तराई क्षेत्रमा १२ वर्ष माथिका लक्षित समूहको संख्या १ करोड ३३ लाख ५३ हजार ७ सय ३५ रहेकोमा १ करोड १ लाख ७ सय ८४ जनाले पहिलो मात्रा लगाएका छन्। ९० लाख १९ हजार ४५ जनाले पूर्ण मात्राको खोप लगाएका छन्। यसरी हेर्दा २५ जिल्ला रहेको तराई क्षेत्रमा लक्षित समूहमध्ये हालसम्म ६७ प्रतिशतले कोरोना विरुद्धको खोप लगाएको देखिएको छ, जुन भौगोलिक क्षेत्र अनुसार हिमाली र पहाडी जिल्लाको तुलनामा कम हो।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले उपलब्ध गराएको तथ्याङ्क अनुसार सोमबारसम्म हिमाली जिल्लामा लक्षित समूहको ७८ प्रतिशत र पहाडी क्षेत्रका ७५ प्रतिशतले कोरोना विरुद्धको पूर्ण मात्राको खोप लगाईसकेका छन्।

नेपालको हिमाली क्षेत्रमा २० जिल्ला रहेका छन्। जहाँको कुल जनसंख्या १७ लाख ७८ हजार १०४ रहेको छ। जुन नेपालको कुल जनसंख्याको ६.०९ प्रतिशत मात्रै हो। सरकारी तथ्याङ्कमा हिमाली जिल्लामा कोरोना विरुद्धको खोप लगाउने लक्षित समुहको संख्या नै कुल जनसंख्या भन्दा धेरै रहेको पाइएको छ। महाशाखाले उपलब्ध गराएको तथ्याङ्क अनुसार हिमाली क्षेत्रमा २१ लाख ४९ हजार ७१६ जना कोरोना विरुद्धको खोप लगाउने लक्षित समूह रहेका छन्। जसमा पहिलो मात्रा १६ लाख ६३ हजार ३०८ जनाले पहिलो मात्रा लगाएका छन् भने पूर्ण मात्राको खोप लगाउनेको संख्या नै पहीलो मात्राको खोप लगाउने भन्दा बढी देखिएको छ। हिमाली क्षेत्रमा १६ लाख ८९ हजार ७ सय ९० जनाले पूर्ण मात्राको खोप लगाएको तथ्याङ्कले देखाउँछ ।  

यस्तै, भौगोलिक संरचना अनुसार पहाडी क्षेत्रमा २९ जिल्ला छन्। जहाँको कुल जनसंख्या १ करोड १७ लाख ४८ हजार ५ सय ४८ रहेको छ। जुन नेपालको कुल जनसंख्याको ४०.२५ प्रतिशत हो। पहाडी जिल्लाहरूमा १२ वर्ष माथिका कोरोना विरुद्धको खोप लगाउने लक्षित समूहको संख्या भने ५३ लाख ४८ हजार १ सय ५७ रहेको छ। पहाडी जिल्लामा हालसम्म ३८ लाख ४१ हजार ७१५ जनाले पहिलो मात्राको खोप लगाएका छन् भने ४० लाख ५१ हजार ५१५ जनाले पूर्ण मात्राको खोप लगाएका छन्।

गत वर्ष माघ १४ गतेबाट नेपालमा कोरोना विरुद्धको खोप अभियान सञ्चालमा आएको थियो।  अभियान सञ्चालन भएको एक वर्ष भन्दा बढी भइसकेको छ। अहिलेसम्म नेपालमा कोभिडसिल्ड, भेरोसेल, जोनसन एन्ड जोनसन, फाईजर र मोर्डना खोप कोरोना विरुद्ध प्रयोग भइरहेको छ। सरकारले १२ वर्ष देखि ६० वर्ष माथिका लक्षित समूहलाई यी खोपहरु उपलब्ध गराइ रहेको छ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको पछिल्लो तथ्यांक अनुसार नेपालमा कुल जनसंख्याको ७४ प्रतिशत अर्थात् २ करोड १५ लाख ९४ हजार ८१६ जनाले एक मात्रा कोरोना विरुद्धको खोप लगाईसकेका छन् भने ६०.१ प्रतिशत अर्थात् १ करोड ७५ लाख ४७ हजार २ सय ८१ जनाले पूर्ण मात्राको खोप लगाएका छन्।  

यस्तै, लक्षित समूहका १८ वर्षभन्दा माथिका १ करोड ८२ लाख ५६ हजार ११ अर्थात् ९१.६ प्रतिशतले खोपको एक मात्रा लगाएका छन् भने १ करोड ५७ लाख ४७ हजार ८५५ अर्थात् ७९ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन्। मन्त्रालयका अनुसार १२ वर्ष माथिका लक्षित समूहका ८९ प्रतिशतले कोरोना बिरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् भने ४८ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन्।  

मन्त्रालयका अनुसार हालसम्म नेपालमा ४ करोड ७८ लाख ८२ हजार ८ सय मात्रा कोरोना विरुद्धको खोप प्राप्त भएको छ, जसमध्ये ३ करोड ७२ लाख ३३ हजार ८ सय ७२ मात्रा खोप प्रयोग भइसकेको छ। यस्तै, पछिल्लो तथ्यांकअनुसार कोभिड १९ विरुद्धको खोप अभियानमा हालसम्म ११ लाख भन्दा बढीले खोपको अतिरिक्त मात्रा लगाएको मन्त्रालयले जनाएको छ।

बागमतीमा सबैभन्दा बढी र कर्णालीमा सबैभन्दा कम  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार फागुन ११ गते सम्म प्रदेश १ मा १२ वर्ष माथिका लक्षित जनसंख्या ३८ लाख ३९ हजार ११७ मध्ये ३० लाख ५६ हजार ३ सय ९५ जना अर्थात् ७९.८ प्रतिशतले पहिलो मात्राको खोप लगाएका छन् भने २६ लाख ९ हजार ६४२ जना अर्थात् ६८ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन्। प्रदेश १ मा २९ लाख ७६ हजार १३० जनाले अतिरिक्त मात्रा खोप लगाएका छन्।  

यस्तै, मधेस प्रदेशमा १२ वर्षमाथिका लक्षित जनसंख्या ४८ लाख ७५ हजार ७ सय ६७ मध्ये ३३ लाख १९ हजार ५ सय ६ जना अर्थात् ६९.५ प्रतिशतले पहिलो मात्राको खोप लगाएका छन् भने २९ लाख ७९ हजार ४ सय ७४ जनाले अर्थात् ६१.१ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन्। मधेस प्रदेशमा ३० लाख २५ हजार ७३३ जनाले अतिरिक्त मात्राको खोप लगाएका छन्।  

सात वटै प्रदेशहरु मध्ये मुलुककै राजधानी समेत रहेको बागमती प्रदेशमा कोरोना विरुद्धको खोप लगाउने जनसंख्या बढी रहेको पाइएको छ। कुल ५० लाख १९ हजार ५सय ८६ लक्षित जनसंख्या रहेको बागमती प्रदेशमा ९७ प्रतिशत अर्थात् ४८ लाख ७१ हजार ५ सय ६ जनाले पहिलो मात्रा र ९६ प्रतिशत अर्थात् ४३ लाख १६ हजार ६२८ जनाले दोस्रो मात्राको खोप लगाएको तथ्याङ्कमा उल्लेख छ।

सुदूरपश्चिम प्रदेशमा २२ लाख ८३ हजार ३९३ लक्षित जनसंख्या रहेकोमा १५ लाख ५९ हजार ७३७ अर्थात् ६६.३० प्रतिशतले पहिलो मात्राको कोरोना विरुद्धको खोप लगाएका छन्। जहाँ पूर्ण मात्राको खोप लगाउनेको जनसंख्या १५ लाख १३ हजार ३५३ अर्थात् ६६.२७ प्रतिशत रहेको छ।  

कर्णाली प्रदेशमा भने कोरोना विरुद्धको खोप सबै भन्दा कम लगाएको पाइएको छ। प्रदेशमा लक्षित समूहका पहिलो मात्राको खोप ५९.१ प्रतिशतले लगाएका छन् भने ६१.१ प्रतिशतले पूर्ण मात्राको खोप लगाएको देखिएको छ। पहिलो मात्रा खोप लगाउनेको तुलनामा पूर्ण मात्राको खोप लगाउनेको संख्या सरकारी तथ्याङ्कले बढी देखाएपनि अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेशमा खोप लगाउनेको संख्या कम देखिएको छ।    

१४ लाख १० हजार १८२ लक्षित जनसंख्या रहेको कर्णाली प्रदेशमा ८ लाख ६१ हजार ७९ अर्थात् ५९ प्रतिशतले पहिलो मात्राको खोप लगाएका छन् भने ८ लाख ८२ हजार १०० अर्थात् ६१ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन्। प्रदेशमा पहिलो र दोस्रो मात्राको खोप भन्दा अतिरिक्त मात्रा खोप लगाउनेको संख्या धेरै रहेको तथ्याङ्क छ।  

सरकारले उपलब्ध गराएको तथ्याङ्कअनुसार कतिपय प्रदेशमा पहिलो भन्दा पूर्ण मात्राको खोप लगाउनेको संख्या बढी छ। स्वास्थ्य मन्त्रालयका सचिव रोशन पोखरेलका अनुसार एक मात्रा लगाए पुग्ने जोनसन एन्ड जोनसन खोपलाई दोस्रो मात्राको खोपमा समावेश गरेका कारण पहिलो मात्राको खोप भन्दा पूर्ण मात्राको खोप लगाउनेको संख्या धेरै आएको हो। आलोचकले भने पहिलो मात्राको खोपको विवरण सहि तरिकाले संकलन नगरेका कारण पूर्ण मात्राको खोप लगाउनेको संख्या बढी देखिएको हो।  

पहिलो भन्दा दोस्रो मात्राको खोप लगाउनेको संख्या बढी

गण्डकी प्रदेशमा भने पहिलोे भन्दा दोस्रो मात्राको खोप लगाउने जनसंख्या धेरै छ। प्रदेशमा १२ वर्ष माथिका लक्षित संख्या १९ लाख ५० हजार १८ रहेकोमा १७ लाख १६ हजार ४०५ जना अर्थात् ८४ प्रतिशतले पहिलो मात्राको खोप लगाएका छन् भने १८ लाख ३६ हजार ८०७ जना अर्थात् करिब शतप्रतिशत जनसंख्याले पूर्ण मात्राको खोप लगाएको सरकारी तथ्याङ्कले देखाएको छ। सो प्रदेशमा २० लाख ७२ हजार ८५७ जनाले अतिरिक्त खोप लगाएका छन्।  

लुम्बिनी प्रदेशमा खोप लगाउने जनसंख्याको तथ्याङ्कमा गडबढी देखिएको छ। ७७ प्रतिशत जनसंख्याले पहिलो मात्राको खोप लगाउँदा ८० प्रतिशतले पूर्णमात्राको खोप लगाएको पाइएको छ। त्यहाँ १२ वर्ष माथिका लक्षित जनसंख्या ३९ लाख ६९ हजार ५०९ रहेको छ। जसमध्ये पहिलो मात्राको खोप ३० लाख ७९ हजार ६६ रहेको छ भने ३० लाख ३५ हजार ८२६ जनाले पूर्ण मात्राको खोप लगाएका छन्। प्रदेशमा ३२ लाख २५ हजार ३८८ जनाले कोरोना विरुद्धको अतिरिक्त मात्रा लगाएका छन्।  

मौज्दात खोप

स्वास्थ्य विभागको परिवार कल्याण महाशाखाले उपलब्ध गराएको विवरण अनुसार फागुन १३ गतेसम्म नेपालमा ९९ लाख ५५ हजार ४६८ मात्रा खोप मौज्दात रहेको छ । जसअनुसार प्रदेश नं १ मा ३ लाख ८७ हजार ११६ मात्रा मौज्दात रहेको छ भने मधेस प्रदेशमा ५ लाख ७९ हजार ७४८ मात्राखोप मौज्दात छ। महाशाखाका अनुसार बागमती प्रदेशको चितवन, सिन्धुली र मकवानपुरमा ३ लाख ६७ हजार १७१ खोप मौज्दात छ भने काठमाडौं उपत्यका सहित बाँकी १० जिल्लामा ९ लाख ८ हजार ६ सय ७८ खोप मौज्दात छ। गण्डकी प्रदेशमा २ लाख ७७ हजार ४१५, लुम्बिनी प्रदेशमा ५ लाख ८४ हजार ९ सय ३०, कर्णली प्रदेशमा ३ लाख ८० हजार ७ सय २५ र सुदूरपश्चिम प्रदेशमा ३ लाख ९० हजार ३८५ मात्राखोप मौज्दात छ। केन्द्रिय खोप भण्डारमा ६० लाख ७९ हजार ६ सय खोप मौज्दात रहेको महाशाखाले जनाएको छ। यसका साथै विभिन्न पालिकाहरूमा पनि मौज्दात खोप उपलब्ध रहेको बताइएको छ।
अर्को समाचार
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
१ घण्टा अघि
•
१ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
सप्तरी,  सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित रहेको पाइएको छ। 

 

जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका  छन्। गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रमा उनीहरुले नियमित रुपमा उपचार गराइरहेका केन्द्रकी वरिष्ठ स्टाफ नर्स सुनिता यादवले बताइन्।

उनले भनिन्, “अस्पतालमा सम्पर्कमा आएर उपचार गराउनेमध्ये सबैभन्दा बढी २० देखि ५० वर्षको उमेरका छन्। विसं २०८१ मा १८९ जना तथा २०८२ सालमा १९५ एचआइभीबाट सङ्क्रमित थिए। पछिल्लो तीन वर्ष यता प्रत्येक वर्ष एचआइभीबाट सङ्क्रमितको बढेको तथ्याङ्क छ।”

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको उपचार केन्द्रमा १० बालबालिकाको समेत नियमित रुपमा उपचार भइरहेको छ।

“कतिपय सम्पर्कमा आउन नचाहेका कारण एचआइभीबाट सङ्क्रमितको सङ्ख्या बढी रहेको अनुमान गरेका छौँ”, उनले भनिन्।

एचआइभीबाट सङ्क्रमित नियमित रुपमा उपचार गर्न नआए उनीहरुको घरमै गएर पनि औषधि उपलब्ध गराउने गरिएको छ। विसं २०५२ सालदेखि एचआइभीबाट सङ्क्रमितको उपचार सेवा आरम्भ गरिएको अस्पतालले जनाएको छ। 

 



भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १० मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
यो पनि पढौँ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस