पछिल्लो २४ घण्टामा देशभर ४ हजार ६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४१२ पीसीआर परीक्षणमा ३ हजार ७०३ र ४ हजार १४४ एन्टिजेन परीक्षणमा ९ सय ३३ जना गरी सो संख्यामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
सोही क्रममा ३ सय ५० जना कोरोना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ।
हाल देशभर २१ हजार ५८४ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन्।
सोही क्रममा ३ सय ५० जना कोरोना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ।
हाल देशभर २१ हजार ५८४ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन्।