प्रदेश १ मा पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना संक्रमण भएको छ। ४ सय ३६ जनाको पिसिआर परीक्षण गर्दा १६ र १ सय १६ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा ५, झापामा ४, धनकुटामा ३, सुनसरीमा २ र उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण भएको हो।
मोरङको विराटनगरमा २, कानेपोखरी, मिक्लाजुङ र पथरीशनिश्चरेमा १–१, झापाको विर्तामोडमा २, हल्दिबारी र मेचीनगरमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ३, सुनसरीको इटहरीमा २, उदयपुरको त्रियुगा र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण भएको हो।
प्रदेशमा बुधबार ११ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ३ महिला र ८ पुरुष रहेका छन्। सक्रिय संक्रमितको संख्या ९६ रहेको मन्त्रालयले जनाएको छ।