आमा र बच्चा बचाउन स्वास्थ्य संस्थामै सुत्केरी
२७ मंसिर २०७८
•
४ मिनेट पाठ
आमा र बच्चा बचाउन स्वास्थ्य संस्थामै सुत्केरी
पछिल्लो समय जुम्लामा स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या बढेको छ। स्वास्थ्य संस्थामा सुत्केरी गराउँदा आमा र बच्चा दुवैको अवस्था सुरक्षित हुने भएकोले घरमै सुत्केरी गराउने दरमा कमी आएको हो।




घरमा सुत्केरी गराउँदा रक्तश्राव धेरै हुने, साल फुक्न नसक्ने लगायतका समस्या आउथे। तर अहिले स्वास्थ्य संस्थामा दक्ष स्वास्थ्यकर्मीले सुत्केरी गराउन थालेपछि स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्यामा तीव्र वृद्धि भइरहेको जिल्ला स्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटा बताउँछन्। गर्भावस्था र सुत्केरी अवस्थाका बारेमा नागरिक जागरुक बन्दै जानु र सरकारले पनि प्रोत्साहनको व्यवस्थापन गरेकोले यहाँका महिला स्वास्थ्य संस्थामै सुत्केरी हुने गरेका छन्।

नियमित गर्भजाँच गर्नेदेखि स्वास्थ्यकर्मीको परामर्शका आधारमा स्वास्थ्य संस्थामा सुत्केरी गराउन लिने गरेको स्थानीय बताउँछन्।

स्थानीय तहले पनि संस्थागत सुत्केरी सेवालाई प्रोत्साहन गर्न संस्थागत सुत्केरीयुक्त वडा घोषणा र पोषण सुधारका कार्यक्रम चलाइरहेका छन्। जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/०७८ मा २ हजार १ सय २३ जना गर्भवतीले स्वास्थ्य संस्थाबाट सुरक्षित प्रसूति सेवा लिएका छन्। जसमा १ हजार ५ सय १२ जनाले तालिम प्राप्त स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा लिएका हुन्। ६ सय ११ जना आमाहरुले सामान्य रुपमा सेवा लिएको जनस्वास्थ्य कार्यालय जुम्लाका कार्यालय प्रमुख कृष्ण सापकोटाले जानकारी दिए।

पातारासी गाउँपालिकामा १ सय १३ जना, कनकासुन्दरी २ सय ३९ जना, सिंजामा २ सय ३८, चन्दननाथ नगरपालिकामा ८ सय ८८ जना, गुठिचौमा १ सय २३ जना, तातोपानीमा १ सय ५९ जना, तिलामा १ सय ५६ जना र हिमा गाउँपालिकामा १ सय ७४ जना सुरक्षित प्रसूति सेवा लिएका छन्।

चालु आर्थिक वर्षको हालसम्ममा ५ सय ३३ जना आमाहरुले स्वास्थ्य संस्थाबाट सुरक्षित प्रसूति सेवा लिएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ। ३ सय ९६ जनाले तालिम प्राप्त स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा लिएका हुन्। १ सय ३७ जनाले सामान्य रुपमा सुरक्षित प्रसूति सेवा पाएको जनस्वास्थ्य कार्यालय जुम्लाका सिनियर अनमी मोर्चा शाही बताउँछिन्।

उनका अनुसार यो आर्थिक वर्षमा पातारासी गाउँपालिकामा ३४ जना, कनकासुन्दरीमा ५६, सिंजा ५३ जना, गुठिचौर ५७ जना, तिला ४८ जना, हिमा ५८ जना, चन्दननाथ नगरपालिकामा १ सय ९३ जना र तातोपानीमा ३० जना गर्भवती स्वास्थ्य संस्थामा सुत्केरी भएका थिए।

जिल्लाभरका विभिन्न प्रसूति सेवा सञ्चालित स्वास्थ्य संस्थाबाट उनीहरुले सेवा लिएका हुन्। नियमित जाँच र सुरक्षित सुत्केरी सेवा लिनेको संख्या बढेसँगै महिलाहरु पनि सुरक्षित हुने गरेका उनी बताउँछिन्।

'घरमै सुत्केरी गराउँदा आमा र बच्चाको ज्यानै जाने खतरा हुन्थ्यो', अर्की सिनियर अनमी मालिका थापाले भनिन्,‘महिलाहरुमा स्वास्थ्य चेतना बढ्दै गएको छ। ग्रामीण भेकका महिला सुत्केरी हुन जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकी लगायत स्वास्थ्य संस्थामा जाने गरेका छन्। यो राम्रो उपलब्धि हो।’

जिल्लामा २६ वटा बर्थिङ सेन्टर छन्। ३० वटा स्वास्थ्य संस्था रहेका छन्। घरमा सुत्केरी हुँदा हुने जोखिम र स्वास्थ्य संस्थामा हुने फाइदा जानेपछि महिला स्वास्थ्य संस्थामा जाने गरेको गुठिचौर गाउँपालिका वडा नम्वर ३ का उजेल्या बुढाले बताए। स्वास्थ्यकर्मीहरुले जोखिमका बारेमा बेलाबेला जानकारी दिने गरेका छन्। महिलाहरु सचेत हुँदै गएका छन्। उनले भने,‘चेतनाको विकासले अहिले महिलाहरु सुरक्षित प्रसूति सेवा केन्द्र, अस्पताल तथा स्वास्थ्य संस्थाहरुमै गएर तालिम प्राप्त दक्ष प्रसूतिकर्मीबाट प्रसूति सेवा लिन थालेका छन्। अहिले मातृमृत्यु दर र बालमृत्युदरमा समेत कमी आएको छ।’

गुठिचौर गाउँपालिका वडा नम्वर ४ उखाडीका महिला स्वास्थ्य स्वंयसेविका रमिला बोहोरा परियारले सुत्केरी अवस्था जोखिम अवस्था भएकोले सबैले चनाखो बन्नु पर्ने बेला आएकोमा जोड दिइन्।

जिल्लाको दुर्गम गाउँका नागरिकहरुमा समेत सुत्केरी गराउन स्वास्थ्य संस्थामै जानुपर्छ भन्ने सोचको विकास हुँदै गएको छ। पहिले ग्रामीण भेकहरुमा सुत्केरी व्यथा लागेपछि धामीझाँक्रीकोमा जाने, गाउँकै सुडेनी मार्फत सेवा लिने र सुत्केरीलाई समेत गोठमै बसाल्ने अवस्था थियो। तर अहिले अस्पताल र स्वास्थ्य संस्थामा गर्भवतीको पहिलो रोजाइ बन्छन्।

सुरक्षित सुत्केरीका लागि स्वास्थ्य संस्थामै लैजानको लागि गर्भवती, अभिभावक र नागरिकलाई सचेतना प्रदान गरिँदै आएको छ।
अर्को समाचार
प्रदेशभर सञ्चालित स्वास्थ्य संस्थाहरुलाई इजाजत लिन र नविकरण गर्न प्रदेश सरकारको उर्दी
१९ फागुन २०७७
•
३ मिनेट पाठ
प्रदेशभर सञ्चालित स्वास्थ्य संस्थाहरुलाई इजाजत लिन र नविकरण गर्न प्रदेश सरकारको उर्दी
प्रदेश १ सरकारले प्रदेशभरी सञ्चालित स्वास्थ्य संस्थाहरुलाई इजाजत लिन, नविकरण गर्न र नियमन्मा सहभागी हुन आह्वान गरेको छ। प्रदेश १ को जनस्वास्थ्य ऐन २०७७ को नियम १२ को उप नियम(२) बमोजिमका स्वास्थ्य संस्थालाई सामाजिक विकास मन्त्रालयले सूचना प्रकाशित गरी इजाजत लिन, नविकरण गर्न र नियमन्मा सहभागी हुन भनेको छ। नयाँ स्थापना हुने सबै निजी, सरकारी तथा सामुदायिक स्वास्थ्य संस्थाहरुमा यो नियम लागु हुने मन्त्रालयले जनाएको छ।  




मन्त्रालयले इजाजत पत्र नलिइ र नविकरण नगरी स्वास्थ्य संस्था सञ्चालनमा रहेको पाइए प्रचलित कानुन बमोजिम कारवाही, दण्ड र जरिवाना गर्ने समेत स्पष्ट पारेको छ। प्रदेश सरकारका अनुसार २५ देखि २ सय शय्यासम्मका जनरल तथा बिशेषज्ञ अस्पताल, २५ देखि ५० शय्यासम्मका आर्युेवेद अस्पताल, डेण्टल क्लिनिक, बिशेषज्ञ क्लिनिक, पोलिक्लिनिक, आँखा उपचार केन्द्र, ‘सी’ वर्गको प्रयोगशाला, ‘ख’श्रेणीको रेडियो इमेजिङ सेन्टर, २५ शय्यासम्मको डाइलासिस केन्द्र, पुनर्स्थापना केन्द्र र हस्पिटल सेन्टरले इजाजत लिन, नविकरण गर्न र नियमन्मा सहभागी हुनुपर्ने छ। मन्त्रालयका अनुसार २५ शय्यासम्मको जनरल तथा बिशेषज्ञ अस्पतालको नविकरण तथा इजाजतका लागि सिफारिस, अनुगमन तथा नियमन् सम्वन्धी कार्य सम्वन्धित जिल्लाको स्वास्थ्य कार्यालयले र २६ देखि ५० शय्यासम्मको स्वास्थ्य निर्देशनालयले गर्ने भएको छ। ५१ देखि २ सय शय्यासम्मको जनरल तथा बिशेषज्ञ अस्पतालको नविकरण तथा इजाजतका प्रदान अनुगमन तथा नियमन् सम्वन्धी कार्य प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले गर्ने भएको छ।  

स्वास्थ्य कार्यालय र स्वास्थ्य निर्देशनालयको सिफारिस बमोजिम ,२५ देखि ५० शय्यासम्मका जनरल तथा बिशेषज्ञ अस्पतालको इजाजत समेत सामाजिक विकास मन्त्रालयले जारी गर्ने भएको छ। २५ शय्यासम्मको आयुर्वेद अस्पतालको नविकरण, इजाजतका लागि सिफारिस अनुगमन तथा नियमन् सम्वन्धित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र/अञ्चल आयुर्वेद स्वास्थ्य केन्द्रले र २६ देखि ५० शय्या सम्मको स्वास्थ्य निर्देशनालयले गर्ने छ। सम्वन्धित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र/अञ्चल आयुर्वेद स्वास्थ्य केन्द्र र स्वास्थ्य निर्देशनालयको सिफारिस बमोजिम २५ देखि ५० शय्यासम्मको आयुर्वेद अस्पतालको इजाजत पत्र समेत सामाजिक विकास मन्त्रालयले जारी गर्ने भएको छ।  

यस्तै डेण्टल क्लिनिक, बिशेषज्ञ क्लिनिक र पोलिक्लिनिक र पुनर्स्थापना केन्द्रको इजाजत, नविकरण, अनुगमन र नियमन् सम्वन्धित जिल्लाका स्वास्थ्य कार्यालयले गर्ने छन्। आँखा उपचार केन्द्र र हस्पिस सेन्टरको इजाजत, नविकरण, अनुगमन र नियमन् स्वास्थ्य निर्देशनालयले गर्ने छ। ‘सी’ वर्गको प्रयोगशालाको इजाजत, नविकरण, अनुगमन र नियमन् प्रदेश जनस्वास्थ्य प्रयोगशाला र ‘ख’श्रेणीको रेडियो इमेजिङ तथा २५ शय्यासम्मको डाइलासिस केन्द्रको इजाजत, नविकरण, अनुगमन र नियमन् सामाजिक विकास मन्त्रालयले गर्ने भएका छन्।  

सामाजिक विकास मन्त्रालयका नर्सिङ अधिकृत आस्था थापाका अनुसार प्रदेश सरकारले नेपाल सरकारको स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नती सम्वन्धी मापदण्ड २०७० को अधिनमा रही इजाजत दिने र नविकरण गर्ने कार्य गर्ने भएको छ। प्रदेश सरकारले स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नती सम्वन्धी मापदण्ड तयार नभएकोले नेपाल सरकारकै विगतको बिधि र प्रकृया अनुसार गरिने समेत मन्त्रालयले जनाएको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस