पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ। जिल्ला समन्वय समिति पाँचथरका प्रमुख बिष्णुप्रसाद सापकोटाले आँखा उपचार केन्द्र सञ्चालनको शुभारम्भ गरेका छन्।
कुम्मायक गाउँपालिकाको आर्थिक साझेदारीमा नेपाल नेत्र ज्योति संघ ताप्लेजुङ शाखाले आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ। आँखा उपचार केन्द्र समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै जिसस पाँचथरका प्रमुख सापकोटाले आँखा उपचारको क्षेत्रमा कुम्मायक गाउँपालिकाले ठूलो फड्को मारेको बताए।
ताप्लेजुङ नेत्र ज्योति संघ पाँचथरसम्म पुगेर आँखा उपचार केन्द्र सञ्चालनमा ल्याउन सकेकोमा उनले नेत्र ज्योति संघ ताप्लेजुङ शाखाप्रति आभार प्रकट गरेका छन्।
आँखा उपचार केन्द्र सञ्चालनमा ल्याउने क्रममा कुम्मायक गाउँपालिकाले नेत्र ज्योति संघ ताप्लेजुङसँग बार्षिक ७ लाख रुपैयाँको साभेदारी गरेको छ। उसले उपचार केन्द्रका लागि भवन समेत उपलब्ध गराएको नेपाल नेत्र ज्योति संघ ताप्लेजुङ शाखाका सभापति मुक्तिराज पौडेलले बताए।
संघले उपचार केन्द्रका लागि आवश्यक पर्ने उपकरण, जनशक्ति व्यवस्थापन र अन्य आवश्यकीय प्रवन्ध गर्ने भएको छ।