मोरङका तीन वटा पालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ। आइतबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी मोरङको लेटाङ नगरपालिका, धनपालथान गाउँपालिका र रतुवामाई नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालको अगुवाइमा विभिन्न संस्था र व्यक्तिको सहयोगमा संकलन गरिएको ३३ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री सम्बन्धित पालिकाका प्रमुखहरूलाई हस्तान्तरण गरिएको हो। नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले विभिन्न व्यक्ति तथा संस्थाहरूको सहयोगमा संकलन गरिएका स्वास्थ्य सामग्रीहरू कोरोना महामारी नियन्त्रणका लागि अति नै आवश्यक परेका मोरङका ३ वटा पालिकाहरूलाई प्राथमिकताका आधारमा वितरण गरिएको जानकारी दिए।
अर्यालले मोरङका ३ वटा पालिकाहरूलाई आवश्यक स्वास्थ्य सामग्रीहरू मास्क, पिपिई, सेनिटाइजर, सर्जिकल मास्कलगायतका स्वास्थ्य सामग्री प्रदान गरिएको बताए। उनले २५ पटक भन्दा बढी मोरङका विभिन्न पालिका तथा क्षेत्रमा कोरोना नियन्त्रणका लागि सहयोग स्वरुप आफ्नो पहलमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिसकेको जानकारी दिए।
कार्यक्रममा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारी, पूर्व मन्त्री दिलीप गच्छदार, सांसदहरू चुमनारायण तवदार, विन्दीया कार्कीलगायतले पालिकाका प्रमुखहरूलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए।