भारतमा रहेका नेपालीलाई कोभिड खोप दिइने
१२ साउन २०७८
•
२ मिनेट पाठ
भारतमा रहेका नेपालीलाई कोभिड खोप दिइने
नेपाली नागरिकले पनि परिचयपत्रको आधारमा भारतमा कोरोना भाइरसविरुद्धको खोप पाउने भएका छन्। भारतको केन्द्र सरकारको निर्देशनमा सबै राज्य सरकारले जिल्लाका सरकारी अस्पतालका अधिकारीलाई नेपाली नागरिकलाई पनि कोरोना भाइरसविरुद्धको खोप प्रदान गर्न निर्देशन दिएको हो। नेपाली नागरिकता वा अन्य आधिकारिक परिचयपत्र देखाएर अब नेपाली नागरिकले त्यहाँका खोप केन्द्रमा खोप लिन पाउने भनी रक्सोलस्थित एक स्वास्थ्य अधिकारीले नागरिकलाई बताए।




‘छिमेकी मित्र राष्ट्रका नागरिकले आफ्नो नागरिकता, पासपोर्ट वा अन्य आधिकारिक परिचयपत्र देखाएर खोप लिन पाउनेछन्,’ उनले भने, ‘यसका लागि अलग्गै व्यवस्था गरिएको छैन, जसरी भारतीय नागरिकले खोप पाउने गरेका छन् त्यसरी नै नेपाली नागरिकलाई पनि उपलब्ध हुनेछ। हो, उमेर पूरा भएको कुरा प्रमाणपत्रले खुल्नुपर्छ, १८ वर्ष पूरा गर्ने उमेर समूहलाई खोप दिइने गरिएको छ।’ भारतीय पत्रकार अमरेन्द्र कुमारका अनुसार अवैधानिक माध्यमले नेपालका मानिसलाई खोप लगाउने गरिएको कुरा उठ्न थालेको थियो, अब वैधानिक रूपमै नेपालीका लागि कोरोनाविरुद्धको खोपका लागि भारतमा बाटो खुलेको छ।

उनले यसलाई भारत सरकारको स्वागतयोग्य निर्णय बताएका छन्। ‘खुसीको कुरा हो र नेपाल–भारतको सम्बन्ध अनुपम रहेको छ भन्ने यसले थप पुष्टि गरेको छ,’ अमरेन्द्रले भनेका छन्। भारतीय सरकारी अस्पतालहरू मातहतमा त्यहाँ विभिन्न ठाउँमा कोरोना भाइरसविरुद्ध लगाइने खोपका लागि खोपकेन्द्रहरू सञ्चालित छन्। भारतमा प्रवासमा, रोजगारी, पढाइ, उपचार वा भ्रमणको क्रममा रहेका नेपाली नागरिकलाई यसबाट प्रत्यक्ष लाभ हुनेछ। त्यस्तै भारत सरकारको यस निर्णयपछि खोप पाउनबाट वञ्चित रहेका नेपाली नागरिकलाई पनि भारत गएको बेला खोप लिन भारत सरकारको तर्फबाट रोक हुनेछैन।

केन्द्र सरकारको परिपत्रलाई उद्धृत गर्दै राज्य प्रतिरक्षण पदाधिकारीसमेत रहेका बिहार राज्य स्वास्थ्य समितिका उच्च निर्देशक नरेन्द्र कुमारले मातहका एकाइहरूलाई यस सम्बन्धमा शुक्रबार एउटा निर्देशन जारी गरेपछि समाचार प्रकाशमा आएको हो। पत्रको बुँदा १ मा उमेर खुल्ने र फोटोयुक्त परिचयपत्रको आधारमा खोप उपलब्ध गराउन भनिएको छ । त्यस्तै बुँदा २ मा भारतमा रोजगारीका लागि धेरै नेपाली रहदै आएको बताइएको छ। बुँदा ३ मा नेपाली नागरिकलाई पनि खोप उपलब्ध गराउन आग्रह गरिएको छ, जसमा कुनै विशेष सर्त उल्लेख गएिको छैन।
अर्को समाचार
जोन्सन एन्ड जोन्सनको कोभिड खोपमा पनि समस्या, तत्काल रोक लगाउन आदेश
०१ वैशाख २०७८
•
२ मिनेट पाठ
जोन्सन एन्ड जोन्सनको कोभिड खोपमा पनि समस्या, तत्काल रोक लगाउन आदेश
अमेरिकी स्वास्थ्य नियामक निकायले जोन्सन एन्ड जोन्सन कम्पनीले विकास गरेको कोभिड–१९ विरुद्धको खोप लगाउन तत्काल रोक लगाउने निर्णय गरेको छ। एक डोज मात्र लगाए हुने यो खोप लगाएका व्यक्तिमा रगत जम्ने समस्या देखिन सक्ने अमेरिकी अधिकारीहरुको भनाइ छ।




अमेरिकी अधिकारीहरुको भनाइ सार्वजनिक भएलगत्तै जोन्सन कम्पनीले युरोपेली मुलुकमा वितरण गर्न तयार पारिएको खोप पनि हाललाई रोकिएको जनाएको छ।  

अमेरिकामा झण्डै ७० लाखले यो खोप लिइसकेका छन्। तीमध्ये १८ देखि ४८ वर्ष उमेर समूहका छ जना महिलाको मस्तिष्कमा रगत जम्ने समस्या देखिएको अधिकारीहरुको भनाइ छ।  

अमेरिकी अधिकारीहरुका अनुसार रगत जम्ने समस्या देखिएकामध्ये एक जनाको मृत्यु भएको छ भने अर्का एकको अवस्था निकै जटिल छ।  

अमेरिकी खाद्य तथा औषधि प्रशासनका वैज्ञानिक पिटर मार्क्सले युरोपमा अस्ट्राजेनिकाको खोप लगाएका व्यक्तिकै जस्तो रगत जम्ने समस्या जोन्सन एन्ड जोन्सनको खोपमा देखिएको बताए। खोप लगाएका व्यक्तिको शरीरमा विकास भएको रोगप्रतिरोधी प्रणालीसँगै जोडिएको गडबडी भएको पनि उनको भनाइ छ।

जोन्सन एन्ड जोन्सनले युरोपमा खोप अभियान स्थगन गर्ने र थप अनुसन्धान गरिने बताएको छ।  

विगत तीन साताको अवधिमा खोप लगाएका व्यक्तिमा कुनै स्वास्थ्य समस्या देखिए नदेखिएका बारेमा आफ्ना चिकित्सकसँग परामर्श गर्न अमेरिकी अधिकारीहरुले आग्रह गरेका छन्। खासगरी बेस्सरी टाउको दुःख्ने, पेट दुःख्ने, खुट्टा दुःख्ने वा श्वास फेर्न कठिन हुने समस्या देखिए चिकित्सकसँग परामर्श गर्न भनिएको छ।

ह्वाइट हाउसले जोन्सन एन्ड जोन्सनका कारण अमेरिकी खोप अभियानमा असर नपर्ने विश्वास व्यक्त गरेको छ। यहाँ झण्डै आधा वयस्क व्यक्तिले कम्तीमा एक डोज खोप लिइसकेका छन्।

यसैबीच, जर्मनीमा ६० वर्षभन्दा कम उमेरका व्यक्तिले पहिलो डोज अस्ट्राजेनिकाको खोप लगाए पनि दोस्रो डोज अर्कै खोप दिने तयारी गरिएको छ। जर्मनीले ६० वर्षभन्दा कम उमेरका व्यक्तिलाई रगत जम्ने खतरा भन्दै दुई डोज खोप नदिने यसअघि नै घोषणा गरिसकेको छ।
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४७ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस