६ महिनाभित्र नगरपालिकालाई कोरोनामुक्त बनाउन सबै नगरबासीलाई खोप
०८ असार २०७८
•
२ मिनेट पाठ
६ महिनाभित्र नगरपालिकालाई कोरोनामुक्त बनाउन सबै नगरबासीलाई खोप
भक्तपुरको चाँगुनारायण नगरपालिकालाई कोरोना संक्रमणमुक्त बनाउन आगामी ६ महिनाभित्र सबै नागरिकलाई खोपको प्रबन्ध गरिने भएको छ।




नगरपालिकाको मंगलबार सुरु भएको नवौं नगरसभामा आर्थिक वर्ष २०७८/७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरपालिकाका उपप्रमुख वीणा बास्तोलाले सो नीति बनाएको जानकारी दिइन्।

‘नगरपालिकालाई कोभिड १९ महामारीमुक्त बनाउने पहिलो प्राथमिकतामा राखी महामारी रोकथामका लागि आवश्यक स्वास्थ्य सजगता पालना गराउने र ६ महिनाभित्र नगरबासीलाई खोपको व्यवस्था गरिएको छ।’ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख बास्तोलाले भनिन्।

त्यसका लागि नगरपालिकाले कोरोना संक्रमणको परीक्षणलाई बढाउने  र स्वास्थ्य सेवालाई चुस्त र गुणस्तरीय बनाउने भएको छ। कोरोनाविरुद्ध लड्न नगरपालिकाले पर्याप्त औषधि, चिकित्सक, स्वास्थ्य सामग्रीको व्यवस्थापन र परिचालन गर्ने नीति अवलम्बन गरेको नगरप्रमुख सोम मिश्रले बताए।

नगरबासीलाई कोरोना भाइरसबाट बचाउन आवश्यकता बमोजिम परीक्षण, संक्रमण लक्षण देखिएकालाई तत्काल उद्दार, आइसोलेसन तथा कन्ट्याकमा आएकालाई टे«सिङ गर्ने कार्यलाई थप व्यवस्थित गर्ने उनको भनाइ छ।

‘जनस्वास्थ्यलाई प्राथमिकतामा राखी कोभिड नियन्त्रण कोषको गठन गरिने पनि उनले जानकारी दिए। यसैगरी नगरपालिकाले सञ्चालनमा ल्याएको चाँगुनारायण अस्पताललाई जिल्लाको गुणस्तरीय स्वास्थ्य संस्थाको रुपमा विकास गर्ने र त्यसका लािग अस्पताल विकास समिति गठन गर्ने योजना रहेको बताउँदै नगरप्रमुख मिश्रले भने, ‘स्वास्थ्य नै धन र स्वस्थ नागरिक नै नगरको सम्पत्ती’ भन्ने भावना बमोजिम चाँगुनारायण नगर अस्पताललाई गुणस्तरीय सेवा प्रदायकको रुपमा विकास गर्न ५ शय्याको एचडीयू, अल्ट्रासाउण्ड, इको, इसिजी, पीएफटी, अक्सिजन प्लान्ट सहितको कार्य गरिनेछ।’

सो अस्पतालमा ज्येष्ठ नागरिक, आर्थिक स्थिति कमजोर भएका, विपन्न नगरबासीहरुका लागि निःशुल्क उपचारको व्यवस्था गर्ने, दलित अपांग, सुत्केरी तथा गर्भवती महिलाको उपचारमा ओपीडी टिकट निःशुल्क गर्ने पनि नीतिमा उल्लेख छ।

उनले नीति तथा कार्यक्रमले नगरबासीको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको बताए। सोही प्राथमिकताका आधारमा आगामी वर्ष वडा नं.५, ६, ७, ८ र ९ लाई पायक पर्ने स्थानमा एक नयाँ सुविधा सम्पन्न नगर अस्पताल निर्माणका लािग डीपिआर निर्माण गर्ने उनको भनाइ छ।

नीति तथा कार्यक्रममा कोभिड १९ बाट ज्यान गुमाएका नगरबासीहरुका परिवारका लागि काजक्रिया सहयोग स्वरुप आर्थिक सहयोग दिने, विभिन्न स्वास्थ्य शिविर सञ्चालन गर्ने र नगरपालिकाभित्र कम्तीमा २ वटा वडामा नयाँ ल्याब स्थापना गर्ने पनि जनाएको छ।
अर्को समाचार
२ वर्षभित्र कीर्तिपुर र मूलपानी क्रिकेट रंगशालाको स्तरोन्नति गर्ने सरकारको घोषणा
०५ जेष्ठ २०८०
•
१ मिनेट पाठ
२ वर्षभित्र कीर्तिपुर र मूलपानी क्रिकेट रंगशालाको स्तरोन्नति गर्ने सरकारको घोषणा
सरकारले आगामी दुई वर्षभित्र त्रिवि क्रिकट मैदान र मूलपानी क्रिकट रंगशालाको स्तरोन्नति सक्ने बताएको छ।




शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा दुई वर्षभित्र त्रिवि क्रिकट मैदान र मूलपानी क्रिकट रंगशालाको स्तरोन्नति सक्ने उल्लेख छ।

दुई रंगशालाको स्तरोन्नति दुई वर्षभित्र सम्पन्न गरी अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गर्ने नीति तथा कार्यक्रममा बताएको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस