७५ करोड लगानीमा औषधि उद्योग
०६ असार २०७८
•
२ मिनेट पाठ
७५ करोड लगानीमा औषधि उद्योग
औषधिको बिक्री सुरू गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल। तस्बिर : नागरिक
विराटनगरमा ७५ करोड रूपैयाँको लगानीमा औषधि उद्योग सञ्चालनमा आएको छ। विराटनगर–१२ स्थित बखरीमा निप्पोन फर्मास्युटिकल्स प्रालि सञ्चालनमा आएको हो।  




कोरोनाको महामारीका कारण सिटामोल लगायतका अत्यावश्यक औषधिको अभाव भइरहेका बेला निप्पोनले नेपालमै औषधि उत्पादन सुरू गरेको हो। कोरोना महामारीका कारण बजारमा सिटामोल लगायत औषधिको अभावलाई मध्येनजर गरी निप्पोनले पहिलो चरणमा एक करोडभन्दा बढी सिटामोल ट्याब्लेट र बच्चाका लागि ५० हजार बढी सिरप उत्पादन गरी बजारमा पठाउने तयारी गरेको छ। बजारको मागलाई ध्यानमा राख्दै कम्पनीले पहिलो चरणमा उत्पादन गरेको एक करोड बढी ट्याब्लेट र सिरप दुई महिनाभित्रै बजारमा पुर्‍याइसक्ने निप्पोन फर्मास्युटिकल्सका अध्यक्ष मन्टु घिमिरेले जानकारी दिए।  

पारासिटामोल उत्पादनका लागि एलसी खोलेर मगाइएको कच्चा पदार्थ आउने क्रममा रहेको घिमिरेले जानकारी दिए। १३ जना साझेदारको लगानीमा औषधि उद्योग सञ्चालनमा ल्याइएको घिमिरेले बताए। ७५ करोड रूपैयाँ लागतमा स्थापना भएको उद्योगमा संस्थापक १३ जनाको ३० प्रतिशत लगानी छ। अन्य लगानी भने हिमालयन बैंकबाट ऋण लिएर जुटाइएको घिमिरेले बताए। उद्योगले ९३ प्रकारका औषधि उत्पादन गर्न औषधि व्यवस्था विभागबाट अनुमतिपत्र लिइसकेको छ। केही औषधि उत्पादनका लागि अनुमति लिने प्रक्रियामा उद्योग छ। स्वदेशी बजारलाई लक्षित गरी औषधि उत्पादन थालेको उद्योगले बजारको मागलाई ध्यानमा राख्दै थप नयाँ औषधिसमेत उत्पादन गर्दै जाने योजना बनाएको घिमिरेले बताए। उनले भने, ‘बजारको मागका आधारमा नयाँ उत्पादन बजारमा ल्याउँछौं।’  

उद्योगमा हाल तीनवटा ब्लक छ। पहिलो ब्लकमा रिसर्च सेन्टर र क्वालिटी कन्ट्रोल छ। दोस्रो ब्लकमा सामान्य उत्पादन छ। जसमा कच्चा पदार्थ लगायत वस्तु राखेर प्रशोधन गरिन्छ। अर्को भागमा उत्पादन युनिट रहेको छ। दोस्रो तलामा ट्याब्लेट, क्याप्सुल र जीवनजल लगायत औषधि उत्पादन हुन्छ। तेस्रो ब्लक पूर्ण रूपमा आइसोलेट गरिएको छ। जसमा एन्टिबायोटिक औषधिहरू उत्पादन गरिन्छ। तेस्रो ब्लकमा ट्याब्लेट, क्याप्सुल र ड्राई सिरफ उत्पादन गरिने अध्यक्ष घिमिरेले जानकारी दिए।  

उद्योगले तीन प्रकारका उत्पादनको बिक्री सुरू गरिसकेको जनाएको छ। उद्योगले पारासिटामोल, एकिटोसियसिस र काटेको पोलेको ठाउँमा लगाउने मलमको बिक्री सुरू गरेको हो।  

पारासिटामोल लगायत औषधिको बिक्रीको शुभारम्भ नोपली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले गरेका थिए। कोरोना महामारीले आक्रान्त भएको र धेरै मात्रामा पारा सिटामोल लगायत औषधिको माग हुँदा भारत लगायत देशका औषधि उत्पादकले पर्याप्त मात्रमा औषधि आपूर्ति नगर्दा नेपालमा पारासिटामोल लगायतका अत्यावश्यक औषधिसमेत अभाव छ। 

यस्तै, भारतले गरेको नाकाबन्दीका बेलासमेत अत्यावश्यक औषधिको आपूर्ति अवरुद्ध हुँदा नेपालमा समस्या निम्तिएको थियो। नेपालमा पर्याप्त औषधि उत्पादन नहुने भएकाले अधिकांश औषधिका लागि विदेशकै भर पर्नुपर्ने बाध्याता रहँदै आएको छ।
अर्को समाचार
आठ करोड लगानीमा चुत्रो प्रशोधन उद्योग सञ्चालन
२८ पौष २०८१
•
३ मिनेट पाठ
आठ करोड लगानीमा चुत्रो प्रशोधन उद्योग सञ्चालन
चुत्रो प्रशोधन गरी आयुर्वेदिक औषधि बनाउन यहाँ चुत्रो प्रशोधन उद्योग सञ्चालनमा ल्याइएको छ। चिनियाँ लगानीकर्ताको झण्डै आठ करोड रुपैयाँको लगानीमा कुश्मा नगरपालिका–५ स्थित जलकेनीमा रहेको कालीण्डकी नदी किनारमा ‘एसडिएसडी’ उद्योग सञ्चालन गरिएको हो। 




दैनिक २० टन जडीबुटी प्रशोधन क्षमता रहेको प्रशोधन केन्द्र गत सातादेखि सञ्चालनमा आएको छ।  चीनको छिफु वायोटेक्नोलोजी प्रालिले चुत्रो प्रशोधन केन्द्र स्थापना गरेको  कम्पनीका प्रतिनिधि दीपेन्द्रबहादुर भण्डारीले जानकारी दिए। 

पर्वतलगायत आसपासका जिल्लामा प्रशस्त मात्रामा पाइने गैरकाष्ठ वन पैदावारअन्तर्गत पर्ने चुत्रो सङ्कलन गरेर यहाँ प्रशोधन गरिने भएको छ। चुत्रो पर्वत, म्याग्दी, बागलुङ, कास्की, लमजुङ, स्याङ्जालगायत जिल्लामा प्रशस्त पाइन्छ। 

चुत्रोको जरा, हाँगा र डाँठलाई प्रशोधन गरी आयुर्वेदिक औषधिको कच्चा पदार्थ तयार गरिने भएको हो। यहाँ उत्पादित धुलो चीन पठाएर औषधिजन्य पदार्थमा मिश्रण गरी ‘पेनकिलर’, ‘सुगर’ रोग लगायतका औषधि बनाइने बताइएको छ।  

चुत्रोको कच्चा पदार्थलाई खनेको र काटेको एक हप्ताभित्र नसुक्दै हरियो अवस्थामै उद्योगसम्म ल्याउनुपर्छ।  यसका लागि कम्पनीले प्रतिकिलो २० रुपैयाँका दरले मूल्य निर्धारण गरी किसानसँग चुत्रोको कच्चा पदार्थ र प्रतिकेजी आठ रुपैयाँका दरले गुर्जो गानो खरिद गर्ने जनाएको छ। प्रशोधन गरिने चुत्रोको माटोभन्दा माथि हुने काठको गोलाई साढे दुई इन्चभन्दा माथि जति पनि ल्याउन सकिने उद्योगले जनाएको छ।  

छिफु कम्पनीका व्यवस्थापक तथा सूचना अधिकारी हरिकुमार श्रेष्ठका अनुसार प्रशोधन केन्द्रले यही औषधि तयार गर्ने नभई कच्चा पदार्थमात्र तयार गर्ने भएको हो।  यहाँ कामै नलाग्ने काँडे झाडीका रूपमा लिइएको पदार्थलाई बिक्री गरेर किसानले समेत प्रशस्त आम्दानी गर्ने श्रेष्ठ बताउँछन्। 

उद्योगसम्म ल्याएको जरा र डाँठलाई नुन, पानी र ‘सल्फिड एसिड’ मा कच्चा पदार्थमा केही दिन मिश्रण गराएर भिजाएर, निकालेर र सुकाएपछि धूलो बनाएर प्याक गरी निकासी गरिन्छ।  सुरुमा प्रशोधन केन्द्र सञ्चालनका लागि उद्योग विभागबाट स्वीकृत भएका ३० जना कामदार भर्ती गरिने भएको छ।

कम्पनीले पहिलोपटक एक हजार दुई सय सय केजी चुत्रोको कच्चा पदार्थ प्रशोधन गरी परीक्षण गरिसकेको जानकारी दिएको छ। सूचना अधिकारी श्रेष्ठले पर्वतमा सञ्चालनमा आएको यो खालको प्रशोधन कम्पनी सम्भवत नेपालमै पहिलो भएको हो। 

डिभिजन वन कार्यालयका सहायक वन अधिकृत रामबहादुर विकले गैरकाष्ठ वनपैदावरअन्तर्गत पर्ने चुत्रो वनस्पतिलाई व्यक्ति र सामुदायिक वन समूहले बिक्री गरेर आम्दानी गर्न सकेमा धेरै राम्रो हुने बताउँछन्। पर्वतमा चुत्रो समुद्री सतहबाट एक हजार मिटर उचाइदेखि तीन हजार मिटर उचाइसम्म पाइने गरेको उनको भनाइ छ। बाँझो बन्दै गएका व्यक्तिगत खरबारी, पाखो यत्रतत्र पाइने चुत्रो जातको वनस्पति सामुदायिक वनमा त्यत्तिकै खेर गइरहेको अवस्थामा उद्योग सञ्चालन भएपछि किसान तथा सामुदायिक वनले समेत लाभ लिन सक्ने उनी बताउँछन्। 

उनका अनुसार नेपालमा अहिलेसम्म चुत्रोबारे उल्लेख नभएको हुँदा खरिद बिक्रीका लागि पुर्जी जारी गर्न पर्दैन। चुत्रो वनस्पतिबारे जिल्लामा आधिकारिक अध्ययन, अनुसन्धान र खोजी हुन नसकेको उनको भनाई छ।  जिल्लामै चुत्रो प्रशोधन उद्योग सञ्चालनमा आएपछि ग्रामीण क्षेत्रका नागरिक बाँझो रहेका खेतबारी र पाखो तथा जङ्गल आसपासमा चुत्रोको व्यावसायिक खेती गर्ने योजना बनाउन थालेका छन्। रासस
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस