प्रदेश १ सरकारलाई नेपाल रेडक्रस सोसाईटी प्रदेश समितिले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।
शुक्रबार विराटनगरमा कोरोना संक्रमितको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्रीहरू रेडक्रसले प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईलाई हस्तान्तरण गरेको हो।
सामाजिक विकास मन्त्री उषाकला राईलाई रेडक्रसका केन्द्रीय सदस्य उमेश थापा, प्रदेश समितिका अध्यक्ष नरेन्द्र पोखरेल, कोषाध्यक्ष ओमप्रकाश गौतमले रेडक्रसले अक्सिजन कन्सन्ट्रेटर १० थान, पीपीई सेट ३ सय थान र सर्जिकल मास्क १० हजार थान हस्तान्तरण गरे।
यसैबीच आईपास नेपालले पनि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ। प्रदेश सरकारलाई आईपासले उपलब्ध गराएको स्वास्थ्य सामग्री एबीसी नेपालकी प्रदेश अध्यक्ष तथा कोभिड रेस्पोन्स टाक्स फोर्स मोरङकी प्रतिनिधि विष्णु पन्त शर्माले सामाजिक विकास मन्त्री राईलाई हस्तान्तरण गरिन् । पीपीई सेट, सर्जिकल मास्क, एन ९५ मास्क, स्यानिटाईजरलगायत १ लाख १८ हजार मूल्य बराबरको सामग्री हस्तान्तरण गरिएको शर्माले जानकारी दिइन्।