कैलालीमा जेठ १३ सम्म निषेधाज्ञा थपियो
०५ जेष्ठ २०७८
•
३ मिनेट पाठ
कैलालीमा जेठ १३ सम्म निषेधाज्ञा थपियो
कोरानाको दोस्रो लहरको संक्रमण तीव्ररुपमा फैलिनेक्रम नरोकिएकोले जिल्ला प्रशासन कार्यालय कैलालीले जेठ १३ गते सम्म निषेधाज्ञा थप गरेको छ। नयाँ भेरियन्टको कोरानाको संक्रमणले बिकराल रुप लिदै गएपछि गत बैशाख १६ देखि कैलालीमा निषेधाज्ञा लगाइएको थियो। नयाँ भेरियन्टको संक्रमणले कैलालीमा संक्रमण र मृत्युदर बढ्दै गएको छ। संक्रमण तीव्ररुपमा फैलिरहेकोले थप कडा प्रावधान सहित कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले चौथो पटक थप गर्दै जेठ १३ गतेसम्म निषेधाज्ञा जारी गरेका हुन्।  




सुरुमा बैशाख १६ गते देखि बैशाख २२ गते निषेधाज्ञा जारी गरिएको कैलालीमा दोश्रो पटक जेठ ३० गते सम्म थप गरिएको थियो। तेस्रो पटक थप गरेर जेठ ६ गते राती १२ बजे सम्मका लागी कडा प्रावधान सहित निषेधाज्ञा जारी गरिएको थियो। करिव तीन साता सम्म निषेधाज्ञा लागु हुदाँ समेत  संक्रमण तिव्र रुपमा फैलिन र मृत्युदर बढ्दै जाने क्रम नरोकिएपछि थप कडा प्रावधान सहित चौथो पटक निषेधाज्ञा थप गरिएको हो।

जिल्लामा कोभिड १९ को संक्रमण तीव्ररुपमा  बढीरहेकोे अवस्थालाई गंभिरतापुर्वक लिदै संक्रमण फैलिनवाट रोक्न र रोकथाम तथा नियन्त्रणका लागी संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानिय प्रशासन ऐन २०२८ दफा ६(३) ले दिएको अधिकार प्रयोग गरि निषेधाज्ञा जारी गरिएको प्रजिअ रिजालले बताएका छन्।

बैकं तथा बित्तिय संस्था संचालनमा बढीमा ३ जना मात्र कर्मचारी रहने गरि राजस्व दाखिला र सरकारी कारोवार बाहेक सवै सेवा बन्द गर्न आदेश गरिएको छ। बैकं र बित्तिय संस्तालाई अत्याआबश्यक भुक्तानी एटिएम तथा बिद्युतिय प्रणालीवाट गर्नें व्यवस्था मिलाउन भनिएको छ। यसैगरि स्वास्थ्यसेवा, खाद्य सामग्री लगायतका अत्याबश्यक सेवा प्रदायकले स्वास्थ्य सुरक्षाका मापदण्ड अपाउनु पर्ने र नअनाएमा संचालकलाई कारवाही गर्ने आदेशमा उल्लेख  ।

यसैगरि बिहेमा दुलाहा दुलही राखेर व्यानर सहित ५, ५ जनाका दरले दुई गाडिमा १० जनाभन्दा बढी आवतजावत गर्न रोक लगाइएको छ । राष्ट्रिय गौरवका आयोजनाका हकमा निर्माण सामग्री,कामदार, उपकरण सवै निर्माण स्थलमा राखेर निर्माण गर्ने कार्य वाहेक सवै किसिमका निर्माण कार्य स्थगन गर्ने भनिएको छ। अत्याबश्यक वाहेक निजी तथा सार्वजनिक सवारीसाधन संचालन गर्न पुर्ण रोक लगाइएको छ। अतिआबश्यक वाहेक अन्य सार्वजनिक सेवा पुर्ण रुपमा स्थगन गर्न लगाइएको छ ।अतिआबश्यक सेवा प्रावह गर्ने वाहेकका अन्य कार्यालयले २५ प्रतिशत संख्यामा कर्मचारी र सवारीसाधन प्रयोग गरि कार्यालय आन्तरिक व्यवस्थापन मिलाउनु पर्ने छ।

औषधी उपचार तथा अत्याआबश्यक काम बाहेकका लागी घरवाट निस्कन र हिडडुल गर्न नदिन थप कडाई गरिने भनिएको छ ।स्वास्थ्य सेवा,दुध डेरी तथा पेट्रोलियम पदार्थ सम्बन्धी वोहक अन्य पसल व्यवसाय संचालन गर्न रोक लगाइएको छ ।  तरकारी, फलफुल तथा खाद्य वस्तुका पसल , व्यवसाय मंगलवार, बिहिवार र शनिवार तीन दिन बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र खोल्न दिइने छ।

सुदूरपश्चिममा सवैभन्दा बढी संक्रमण दर र मृत्यु दर भएको जिल्ला कैलाली हो। कैलालीमा ५ हजार २ सय १६ जना सक्रिय संक्रमित रहेका छन् भने कोराना संक्रमणले १ सय ७१ जनाको ज्यान गैसकेको छ। स्वास्थ्य निर्देशनालयका अनुसार पहिलो लहरको कोरोना संक्रमणले ३१ जनाको मृत्यु भएको थियो । कोरानाको दोश्रो लहरले बैशाख १२ गते १ जनाको ज्यान गएको थियो । त्यस यता नयाँ भेरियन्टको कोराना संक्रमणले  कैलालीमा १ सय ४० जनाको मृत्यु भएको।
अर्को समाचार
अफ्रिकन स्वाइन फिवर रोकथाम गर्न नाकामा निगरानी
१२ फागुन २०८०
•
३ मिनेट पाठ
अफ्रिकन स्वाइन फिवर रोकथाम गर्न नाकामा निगरानी
सुँगुर, बङ्गुरलगायतका पशुमा महामारीका रुपमा फैलिने ‘अफ्रिकन स्वाइन फिवर’ रोग भित्रिन नदिन कैलाली जिल्लाका सीमा नाकामा निगरानी बढाइने भएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीमा शुक्रबार बसेको सरोकारवालाको बैठकमा यो रोग भित्रिन नदिन सीमानाकामा अवैध पैठारी तथा ओसारपसार नियन्त्रणका लागि निगरानी बढाउने निर्णय गरिएको हो।




सुदूरपश्चिम प्रदेशका कैलालीसहितका जिल्लामा अफ्रिकन स्वाइन फिवर रोग फैलिन सक्ने जोखिम बढेकाले सचेत रहन कृषक तथा व्यावसायिक फार्मलाई भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीले अपिल गरेको छ।

बैठकमा बङ्गुर तथा बङ्गुरजन्य पदार्थको ढुवानीमा पशु ढुवानी मापदण्ड २०६४ तथा भेटेनरी निरोगिताको प्रमाणपत्रसम्बन्धी प्रावधानलाई प्रभावकारी कार्यान्वयन गर्न सरोकारवाला सबैलाई अनुरोध गर्ने, कृषक तथा बङ्गुर व्यवसायीलाई जैविक सुरक्षाको विधि अवलम्बन गर्न उत्प्रेरित गराउने, पशु तथा पशुजन्य सामग्री तथा सवारी साधनको निर्मलीकरण गर्न लगाउने र आवश्यक सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्ने निर्णय गरेको छ।

यसैगरी पछिल्ला महिनामा कतिपय फार्मका बाख्रामा ‘टोक्सोप्लाज्मा गोन्डी’ र ‘क्यु फिवर’ नामको (बाख्रा तुहिने) रोगको पुष्टि भएको सन्दर्भमा यो रोगको रोकथामका लागि पनि सरोकारवाला निकाय र कृषकसँग समन्वय गरी सचेनामूलक कार्य गर्ने पनि निर्णय गरिएको छ।

गोदावरी, गौरीगङ्गा र घोडाघोडी नगर क्षेत्रका कतिपय फार्मको बाख्राको नमूना परीक्षण गर्दा ‘टोक्सोप्लाज्मा गोन्डी र क्यु फिवर’ रोगको पुष्टि भएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनगढीका प्रमुख डा हेमराज अवस्थीले जानकारी दिए।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रले बङ्गुर सुँगुरको व्यवसायमा लागेका किसानको व्यवसायमा प्रतिकूल असर नपुग्ने गरी कडाइका साथ रोगको रोकथामको पहल गर्नुपर्ने बताए।

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनगढीका प्रमुख डा अवस्थीले अफ्रिकन स्वाइन फिवर रोग र यसले निम्त्याउन सक्ने समस्या, रोकथाममा लागि गरिएको पहलका बारेमा जानकारी गराएका थिए।

पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका प्रमुख डा नरेशप्रसाद जोशीले यो रोगको रोकथामका लागि जैविक सुरक्षा नै प्रभावकारी उपाय रहेको बताउनुभयो। यो रोगको सङ्क्रमण बढ्दा विगतमा कैलालीको भजनीका एक व्यवसायीको फार्ममा चार सय १५ बङ्गुर मरेका थिए।

सुँगुर, बङ्गुर तथा बँदेल प्रजातिमा विषालुका कारण लाग्ने यो अफ्रिकन स्वाइन फिवर रोगको मृत्युदर उच्च रहेको र छिटो फैलिने गरेको बताइन्छ। नेपालमा पहिलो पटक गत वर्ष जेठ महिनामा यो रोगको पुष्टि भएको थियो। देशभरका २८ जिल्लामा सङ्क्रमण देखिएपछि जैविक सुरक्षाको विधि अवलम्बनसँगै सीमा तथा आन्तरिक क्वारेन्टाइनबाट ओसारपसारमा निगरानीका साथै सचेतनाका कार्यक्रम गरिएको थियो।

यो रोगको सङ्क्रमण हुँदा सुँगुर, बङ्गुर तथा बँदेलमा उच्च ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, छेर्ने, छट्पटाउने, तुहिनेजस्ता लक्षण देखिन्छन्। विश्व पशु स्वास्थ्य सङ्गठनले यो रोग नियन्त्रण गर्न सङ्क्रमित क्षेत्रबाट ओसारपसार नियन्त्रणसहित जैविक सुरक्षामा विशेष ध्यान पु¥याउन सिफारिक गरेको डा अवस्थीले जानकारी दिए।

फार्ममा जैविक सुरक्षाका विधि अवलम्बन गर्ने, बङ्गुर पालिएको खोर र फार्ममा नियमित सरसफाइ गरी चुना, ब्लिचिङ पाउडरलगायतका निःसङ्क्रमणका औषधि प्रयोग निःसङ्क्रमण गर्ने, रोगको शङ्का लागेको पशुलाई बथानबाट छुट्याएर अलग्गै राख्ने, मरेका पशुलाई खाडलमा गाड्नेलगायतका उपाय अपनाउन सकिने पशु चिकित्सकको भनाइ छ। –रासस
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस