आइसोलेसन सेन्टरलाई स्वास्थ्य सामग्री
०३ जेष्ठ २०७८
•
१ मिनेट पाठ
आइसोलेसन सेन्टरलाई स्वास्थ्य सामग्री
आइसोलेसनमा रहेका संक्रमितको लागि स्वास्थ्य सामग्री वितरण गरिँदै । तस्बिरः बिरा/नागरिक
बैतडीको दशरथचन्द नगरपालिकाका वडाले सञ्चालन गरेका आइसोलेसन सेन्टरलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुको लागि स्वास्थ्य सामग्री वितरण गरिएको हो ।




युनिसेफ नेपालको सहयोगमा रेडक्रस बैतडीबाट सञ्चालित बाल केन्द्रित विपद् जोखिम न्यूनीकरण कार्यक्रमले स्वास्थ्य सामग्री वितरण गरेको हो । वडामा रहेका संक्रमितको संख्या हेरेर २ सय ५० देखि ३ सय मास्क, सेनिटाइजर, पुल्स अक्सिमिटर, थर्ममिटर लगायत स्वास्थ्य सामग्री वितरण गरिएको रेडक्रस बैतडी शाखाका स्वास्थ्य समिति संयोजक दुर्गादत्त जोशीले बताए ।

स्वास्थ्य सामग्रीले आइसोलेसनमा रहेका संक्रमितहरुलाई सहज भएको दशरथचन्द नगरपालिका–९ का वडाध्यक्ष हरिशचन्द जोशीले जानकारी दिए । स्वास्थ्य सामग्री अभाव भइरहेको बेला सहयोग स्वरुप स्वास्थ्य सामग्री पाएपछि कोरोना संक्रमितहरुको हेरचाह र स्वास्थ्य अवस्था बुझ्न सहज भएको दशरथचन्द नगरपालिका–२ का वडाध्यक्ष रनबहादुर बोहराले बताए ।

रेडक्रसले नगरपालिकाका संक्रमितहरु बसेको आइसोलेसनमा आफै उपस्थित भएर स्वास्थ्य सामाग्री वितरण गर्नुका साथै उनीहरुलाई मनोसामाजिक परामर्श सेवा समेत प्रदान गरेको रेडक्रस बैतडीका कार्यक्रम अधिकृत तेजप्रसाद पाण्डेले जानकारी दिए ।
अर्को समाचार
नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग
२४ साउन २०७७
•
२ मिनेट पाठ
नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग
हाम्रो सानो प्रयासको आर्थिक सहयोगमा नेपालगन्जका युवाले नेपालगन्ज उपमहानगरपालिकालाई क्वारेन्टिन र आइसोलेसन सेन्टरलाई आवश्यक सामग्री सहयोग गरेका छन् । कोरोना भाइरसको संक्रमणलाई रोक्न स्थानीय निकायलाई अप्ठ्यारो परिरहेका बेला स्थानीय युवाको पहलमा नगरपालिकालाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरिएको हो ।  




नेपालगन्जका स्थानीय युवा आतंक बस्नेतको नेतृत्वमा गएको टिमले शनिबार नेपालगन्ज उपमहानगरपालिका मेयर डा. धवल शमसेर राणालाई स्वास्थ्य सामग्री हस्तान्त्रण गर्‍यो । सहयोग गरिएको सामग्रीमा एन–९५ मास्क १ सय ८० थान, १ सय ९२ थान सेनिटाइजर,  १ सय ५० थान झुल, २ सय ४० थान टुथपेस्ट र ब्रस, १ सय ५० थान साबुन, ५० थान टावेल, ५० थान सेनिटेरी प्याड, १० थान पिपिई सेट र १० थान फेस शिल्ड रहेका छन् । नगरपालिलाई सहयोग गर्ने कार्यमा नेपालगन्जका स्थानीय समाजसेवी एवम शिक्षाकर्मी बस्नेतसँगै पुकार बम, बिमल प्रधान, कशिम सिद्धिकी, रितेश नाग, श्रीराम पौडेल र बिमल खड्का लगायतले सहयोग गरेका थिए ।  

संकटको समयमा स्थानीय तहलाई ब्यवस्थापन गर्न समस्या भएकोले आवश्यक किट्स सहयोग गरेको बस्नेतले बताए । उनले भने, ‘नेपालगन्जमा अहिले हरेक दिन संक्रमितको संख्या बढिरहेको छ । व्यवस्थापन गर्न चुनौति बनिरहेको छ । स्थानीय निकायको स्रोत साधानले मात्र कोरोना नियन्त्रण सम्भव छैन । यसका लागि सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्नु पर्छ । हामी आगामी दिनमा सक्दो सहयोग गर्ने प्रयास गछौं ।’

लकडाउनको समयमा आतंक बस्नेतसहितको टिमले हाम्रो सानो प्रयास लगायतका संस्थाहरुसँग मिलेर सीमा नाका क्षेत्रमा रहेको होल्डिङ सेन्टर, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा संचालनमा रहेको क्वारेन्टिनमा बसेका मानिसलाई खाना खुवाउने अभियान गरेको थियो ।  

नेपालगन्जको बुद्धदय युथ क्लबको समन्वय र हाम्रो सानो प्रयास अभियानको आर्थिक सहयोगमा दसगजामा बसेका नेपालीलाई लक्षित गरेर खाना खुवाउने अभियान गरिएको थियो । बस्नेतको संयोजकत्वमा सुरु भएको अभियान अन्तर्गत हजारौ मानिसलाई खाना खुवाइएको थियो ।
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस