उपचार नपाएरै गयो ज्यान
२२ वैशाख २०७८
•
४ मिनेट पाठ
उपचार नपाएरै गयो ज्यान
उपचार नपाएर मृत्यु भएका धनुषा बटेश्वर गाउँपालिका–४ का ४५ वर्षीय लोकबहादर परियार । तस्बिर:मिथिलेश/नागरिक
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार देशवासीका नाममा सम्बोधन गर्दै ढाडस दिएका थिए–उपचार नपाएर कोही पनि मर्नुपर्ने अवस्था आउन दिन्नँ। तर सम्बोधनको एक दिनपछि मंगलबार धनुषाको बटेश्वर गाउँपालिका–४ का ४५ वर्षीय लोकबहादुर परियारको उपचार नपाएरै मृत्यु भयो।




चार दिनदेखि रूघाखोकी, जिउ दुख्ने र ज्वरोबाट पीडित उनले गाउँकै औषधि पसलबाट औषधि किनेर सेवन गरेका थिए। समस्या झन् बल्झिँदै गएपछि उनी सोमबार साँझ करिब ७ बजेतिर बटेश्वर बजारस्थित आरपी मेडिकल हल पुगे। एकजना सहयोगीसहित मेडिकल पुगेका परियारलाई मेडिकल सञ्चालकसमेत रहेका स्वास्थ्यकर्मी सुबोध साहले जनकपुर जान सल्लाह दिए। ‘ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि प्रादेशिक अस्पताल जनकपुरधाम जान भनें,’ साहले भने, ‘मैले उपचार गर्ने अवस्था थिएन, मेडिकलमा हामीले प्राथमिक उपचार गर्ने मात्र हो।’ 

बिरामीलाई प्रादेशिक अस्पताल जनकपुरधाम पुर्‍याएका एम्बुलेन्सचालक रामबाबु महतोले भने, ‘अस्पतालले बेड अभाव भन्दै भर्ना गर्न मानेन। त्यसपछि उनलाई जानकी हेल्थ केयर अस्पताल पुर्‍याएँ। त्यहाँ पनि भर्ना भएन। बिरामीका सहयोगीले त्यहाँबाट फर्केर अर्को अस्पताल पुर्‍याइदिन भनेपछि रामजानकी हस्पिटल लगिदिएँ।’ त्यहाँ पनि भर्ना नलिइएपछि सहयोगीसहित बिरामीले घरै पुर्‍याइदिन भनेको चालक महतोले बताए। 

भर्नाका लागि दुवै निजी अस्पतालले परियारसँग धेरै रकम धरौटी राख्न भनेका थिए। जुन उनका लागि सम्भव थिएन। करिब डेढ घण्टासम्म प्रदेश मुकाम जनकपुरधामका विभिन्न अस्पताल चहार्दा पनि उपचार सम्भव नभएपछि घर फर्केको भोलिपल्ट मंगलबार बिहान उनले प्राण त्यागे। एम्बुलेन्स चालक महतोका अनुसार सोमबार राति परियारको अक्सिजन स्याचुरेसन ४५ र तापक्रम ९९ रेकर्ड गरिएको थियो। मेडिकल हलबाट एम्बुलेन्समा बसेका परियारले श्वास फेर्न गाह्रो भयो भन्दै अक्सिजन लगाइदिन भनेको चालक महतोले बताए। ‘फूल फ्लो’ अक्सिजन दिएर परियारलाई प्रादेशिक अस्पताल पुर्‍याएको चालक महतोले बताए।

‘प्रादेशिक अस्पतालमा धेरैबेर हारगुहार गर्दा पनि भर्ना लिइएन। अन्य निजी अस्पतालले पनि भर्ना नलिएपछि बिरामीलाई पुनः फर्काएर बटेश्वरको मेडिकल हलमा ल्याइदिएँ’, चालक महतोले भने। उनका अनुसार रामजानकी अस्पतालमा चिकित्सकले परियारको शरीरमा अक्सिजन मात्रा जाँच गर्दा ४५ मात्र रहेको बताएका थिए।

सास फेर्न नसकेर छटपटाउँदै रात काटेका परियार मंगलबार बिहानै एकजना सहयोगी साथ फेरि आरपी मेडिकलमा पुगे। मेडिकलका स्वास्थ्यकर्मी साह उनलाई हेर्नेबित्तिकै आतिए। उनले तुरुन्तै जनकपुर लगिहाल्न सल्लाह दिए। पैदलै मेडिकल पुगेका परियार पुगेका फर्किन लाग्दा सिँढीमा ढले। ढलेका उनी उठ्न सकेनन्। त्यहीं उनले प्राण त्यागे। स्वास्थ्यकर्मी साहले बिरामी मेडिकलसम्म आइनपुग्दै सिँढीमै ढलेको जानकारी दिए। ‘उनी कहिलेदेखि बिरामी थिए, गाउँको कुनकुन मेडिकलमा उपचार गराए भन्ने पनि थाहा भएन,’ साहले भने, ‘हिजो साँझ मकहाँ आउँदा उनको अवस्था एकदमै नाजुक देखेर मैले एम्बुलेन्स मगाएर जनकपुर प्रादेशिक अस्पताल लगिदिन भनेको थिएँ। आवश्यक उपचार पाएको भए उनको ज्यान जोगिन्थ्यो कि।’

प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरीटेडेन्ट डा. जामुन सिंहले भने, ‘अस्पातलमा बेड भए पो बिरामी भर्ना लिनु, बेड खाली नभएपछि कसरी भर्ना लिने ? हाम्रो अस्पतालको आइसोलेसन भरिएको छ। बिरामी फर्काउनुको विकल्प छैन।’ डा.सिंहका अनुसार प्रादेशिक अस्पतालमा अहिले २६ बेडको आइसोलेसन छ। जसमा ३२ जना बिरामी छन।  देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नागरिकको जीवनरक्षा सरकारको पहिलो दायित्व भएको बताए पनि परियारको उपचार नपाएर मृत्यु भयो। कुनै पनि नागरिक स्वास्थ्य सुविधाबाट बञ्चित हुनु नपरोस् र महामारीका कारण कसैले जीवन गुमाउनु नपरोस् भन्नेमा सरकार संवेदनशील रहेको प्रधानमन्त्रीले बताएका थिए। तर व्यवहारमा उल्टो भयो।

नेपाली सेनासहितका सुरक्षाकर्मीले परियारको शव व्यवस्थापन गरिदियो। तर उनको मृत्युको कारण खुलाउने प्रयत्न कतैबाट पनि भएन। धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बाँस्तोलाले परियारले उपचार नपाएको जानकारी नआएको बताए। गाउँमै उपचारका क्रममा मृत्यु भएको खबर आएपछि नेपाली सेना परिचालन शव व्यवस्थापनि गरिएको बाँस्तोलाले बताए। उनले भने, ‘बटेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले सोमबार राति नै परियारको मृत्यु भएकाले शव व्यवस्थापन गराइदिन भन्नुभयो। मैले नेपाली सेनाको शव व्यवस्थापन टिमलाई व्यवस्थापन गर्न भने।’ उनका अनुसार श्वासप्रस्वासको समस्या भए पनि मृतकमा कोरोना संक्रमण भए/नभएको केही खुलेको छैन। मृत्युपछि स्वाब परीक्षण गर्ने सरकारी नीति नभएकाले नगरिएको उनले बताए।
अर्को समाचार
आइसीयू बेड खोज्दाखोज्दै गयो उपमहानगरका कर्मचारीको ज्यान
०२ कार्तिक २०७७
•
३ मिनेट पाठ
आइसीयू बेड खोज्दाखोज्दै गयो उपमहानगरका कर्मचारीको ज्यान
गत मंगलबारदेखि कोरोना पोजेटिभ देखिएका बुटवल उपमहानगरका एक जना वडा सचिवको उपचार नपाएरै शनिबार साँझ मृत्यु भएको छ। असोज २७ गते कोरोना पोजेटिभ देखिएका बुटवल उपमहानगर ८ का ४९ वर्षे ती वडा सचिव होम आइसोलेसनमा बसेका थिए।  




शुक्रबार रातीदेखि उनको स्वास्थ्यमा समस्या देखियो। परिवारले शनिबार बिहानै पाँच बजेदेखि नै बुटवल भैरहवाका कोभिड अस्पतालहरुमा बेड मिलाइदिन अस्पताल प्रशासन, चिकित्सक सबैसंग अनुरोध गरे। तर कोभिड अस्पतालहरुमा बेड खाली नभएपछि चिकित्सकहरुले भैरहवा मेडिकल कलेजमा लैजान सुझाव दिए। त्यहाँ पनि बेड खाली नभएपछि अन्ततः उनलाई बिहान ८ बजे लुम्बिनी प्रादेशिक अस्पतालको फिबर क्लिनीकमा लगियो।

तर विडम्बना प्रादेशिक अस्पतालको फिबर क्लिनीकमा पनि बेड खाली थिएन। जसका कारण स्वासप्रश्वासमा समस्या भएका ती संक्रमितलाई झण्डै डेढ घण्टा एम्बुलेन्स भित्रै राखियो। साढे ९ बजे फिबर क्लिनीकमा बेडको जुगाड गरेर बल्ल उनलाई एम्बुलेन्सबाट निकालीयो। चिकित्सकहरुले तत्कालै आइसीयू उपचार गर्नुपर्ने भनेका ती बिरामीलाई दिउँसो साढे ४ बजेसम्म फिबर क्लिनीकमै समान्य अक्सिजनको भरमा राखीयो।  

चारैतिर भनसुन र दवाव दिएपछि साँझ पाँच बजे धागो कारखानामा रहेको कोरोना अस्पताल लगिएको उनका आफन्तले नागरिकलाई बताए। अन्ततः शनिबार साँझ ६ बजेतिर ती संक्रमितको मृत्यु भयो। अस्पतालमा रहेका १७ बेड आइसीयु पहिले नै भरिएकाले समयमै भर्ना गरेर उपचार गर्न नसकिएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. बिष्णु गौतमले बताए। ‘हामीले सक्दो प्रयास गरेका हौं तर आइसीयू भेन्टिलेटर खाली नै नभएपछि थपिएका संक्रमितको उपचारमा निकै समस्या भइरहेको छ’ डा. गौतमले भने।

संक्रमितका आफन्तले पनि दिनभर हारगुहार गर्दा समेत उपचार नपाएरै बिरामीको ज्यान गएको भन्दै आक्रोस व्यक्त गरेका छन्। ‘प्रदेश सरकारले बुटवलमा के को रमिता हेरेर बसीरहेको छ? राष्ट्र सेवक कर्मचारीकै लागि हारगुहार गर्दा पनि उपचार नपाएर ज्यान गुमाउनु पर्छ भने सामान्य नागरिकको अवस्था के होला? मृतकका एक जना आफन्तले आक्रोस पोखे। केही दिनअघि पनि बुटवलका दुई पुरुष, तिलोत्तमाकी एक महिला र नवलपरासी र अर्घाखाँचीका एक/एक जनाको आइसीयू बेड खोज्दा खोज्दै मृत्यु भएको थियो।

रुपन्देहीसहित कपिलवस्तु, नवलपरासी, गुल्मी, पाल्पा र अर्घाखाँचीका संक्रमितहरुलाई उपचाका लागि बुटवल ल्याइन्छ। तर बुटवलको कोरोना अस्पतालका आइसीयू, भेन्टिलेटरसहित आइसोलेसन बेडहरु भरिएका छन्। भैरहवाको भिम अस्पतालमा पनि बेड भरिएका छन्। लुीम्बनी प्रादेशिक अस्पताल बुटवलको फिबर क्लिनीकमा पनि बेड खाली नभएकाले गम्भीर लक्षण देखिएका संक्रमितको उपचारमा समस्या भइरहेको अस्पतालका डा. बिष्णु गौतमले बताए।

रुपन्देहीमा मात्रै कोरोनाबाट ४९ जनाको मृत्यु भइसकेको छ। संक्रिय संक्रमितकै संख्या १५ सय नाघेको छ। पछिल्लो पटक थपिएका संक्रमित मध्ये अधिकांश लक्षणसहितका छन्। तर लक्षणसहितका संक्रमितको अनुपातमा कोभिड अस्पतालहरुमा शैया, जनशक्ति र उपकरण थपिएको छैन। कोरोना संक्रमणको प्रारम्भिक चरणमा तयार गरिएका संरचनाले नै अहिले सम्म काम चलाइएको छ। जसका कारण दिर्घरोग भएका वा गम्भीर लक्षणसहितका संक्रमितहरु समेत होम आइसोलेसनमा बस्न बाध्य छन्।  

उनीहरुले अस्पतालमा भर्ना पाउन सकेका छैनन्। आइसीयू भेन्टिलेर मात्रै हैन अक्सिजनको समेत पर्याप्त व्यवस्था नहुँदा दिर्घरोग नभएका र युवा उमेर समूहकाले समेत ज्यान गुमाउनु परिरहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन्।
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २७ सेकेन्ड अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५९ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस