कोरोना संक्रमण दोस्रो लहरः भेरियन्ट पत्ता लागे निगरानी सहज
०४ वैशाख २०७८
•
५ मिनेट पाठ
कोरोना संक्रमण दोस्रो लहरः भेरियन्ट पत्ता लागे निगरानी सहज
कोरोना भाइरसका नयाँ भेरियन्टले दोस्रो लहर तीव्र पारे पनि नेपालमा यसबारे अध्ययन हुन सकेको छैन। बेलायतमा देखिएको ‘युके भेरियन्ट’ नेपालमा पनि पुष्टि भएको एक अध्ययनले देखाएको छ। उक्त आनुवांशिक अध्ययनअन्तर्गत नेपालमा संकलित भाइरसका १५ नमुनालाई हङकङस्थित विश्व स्वास्थ्य संगठनको प्रयोगशालामा पठाइएको थियो। 




अध्ययनअन्तर्गत एसजिन नेगेटिभ रहेका १० र ५ पिसिआर पोजेटिभ भएकासमेत गरी १५ नमुनाको जेनेटिक सिक्वेन्स तयार गरिएको थियो। एसजिन नेगेटिभ भएका १० नमुनामध्ये ९ मा कोरोना भाइरसको ‘युके भेरियन्ट’ पाइएको थियो भने पिसिआर गरिएकामध्ये एकमा ‘डबल म्युटेन्ट भेरियन्ट’ पुष्टि भएको थियो। नेपालमा भाइरस परीक्षण क्रममा एसजिन नेगेटिभ देखिएमा यसलाई ‘युके भेरियन्ट’ हुनसक्ने मानिएको छ।  

नेपालमा महामारीले तीव्र रुप लिइरहँदा यसका लागि भाइरसको कुन भेरियन्ट जिम्मेवार छ भन्ने जानकारी भएमा रोकथाम गर्न सजिलो हुन्छ। यसका लागि निरन्तर अध्ययन आवश्यक हुन्छ। यसैगरी नयाँ भेरियन्ट नियन्त्रणमा अहिले उत्पादन गरिएको खोपले काम गर्छ या गर्दैन भन्ने पत्ता लगाउन पनि यो अध्ययन आवश्यक रहेको विज्ञ बताउँछन्।  

केही महिनाअघि नेपालमा पहिलोपटक नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अगुवाइमा कोभिड–१९ भाइरसको आनुवांंशिक अध्ययन भएको थियो। उक्त अध्ययन एक निजी प्रयोगशालामा भएको थियो। अध्ययनले समेटेका १५ भाइरसका सिक्वेन्समध्ये एकाध साउदी अरेबिया, युरोप र अमेरिकामा पाइएका भाइरसको सिक्वेन्ससँग मिलेको र अधिकांश भारतमा देखिएका सिक्वेन्ससँग मिल्दोजुल्दो देखाएको थियो। अध्ययनले धेरै देशमा पाइएको भाइरसको ‘डी–६१४–जी’ नाम गरेको उत्परिवर्तित स्ट्रेन नेपालमा पनि रहेको देखाएको थियो।

अन्य भाइरस जस्तै कोरोना भाइरसले पनि लगातार रुप परिवर्तन गर्दै आएको छ। संक्रमित मानिसको शरीरभित्र र एक मानिसबाट अर्काेमा सर्दा भाइरसको उत्परिवर्तन (म्युटेसन) निरन्तर भइरहने गर्छ। पछिल्लो समय विश्वका विभिन्न देशमा फैलिएको संक्रमणमा भाइरसका ६ वटा भेरियन्ट बढी कारक रहेको अमेरिकाको रोग नियन्त्रण केन्द्र (सिडिसी) ले जनाएको छ। जसमा बेलायतमा देखिएको बी. १.१.७, दक्षिण अफ्रिकामा देखिएको बी.१.३५१, ब्राजिलमा देखिएको पी.१ तथा अमेरिकाको क्यालिफोर्निया र न्युयोर्कमा देखिएका २ नयाँ भेरियन्ट छन्।  

हरेक भेरियन्टमा २ दर्जन उल्लेखनीय उत्परिवर्तन भएका छन्। अधिकांश परिवर्तन भाइरसको स्पाइक प्रोटिनमा देखिएको छ। दक्षिण अफ्रिकामा देखिएका भेरियन्टले मानिसको प्रतिरक्षा प्रणाली तोड्न सक्ने, युके भेरियन्ट अत्यधिक संक्रामक र डबल म्युटेन्ट भाइरस एकबाट अर्काे मानिसमा तीव्र हिसाबले सर्न सक्ने मानिएको छ।  

यसैबीच त्रिभुवन विश्वविद्यालय जैविक प्रविधि केन्द्रीय विभागले कोरोना भाइरसको आनुवांशिक अध्ययन गर्न २ करोड मूल्य पर्ने नेक्स्ट जेनेरेसन सिक्वेन्सिङ मेसिन खरिद गरेको छ। मेसिन विभागमा आइसके पनि आवश्यक रसायन (रिएजेन्ट) को अभावमा अध्ययन हुन सकेको छैन। विभाग प्रमुख प्राध्यापक डा. कृष्णदास मानन्धरका अनुसार एक नमुनाको अध्ययन गर्न झन्डै ४५ हजार रूपैयाँ लाग्छ। 

अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थ साइन्सले सहयोग गरेको एक परियोजनाअन्तर्गत नेपालका लागि आवश्यक पर्ने रिएजेन्टहरू खरिद गर्न लागिएको छ। ती रिएजेन्ट २ सातामा नेपाल आइपुग्ने आशा गरिएको छ। ‘रिएजेन्ट आएपछि १ सातामा भाइरसको सिक्वेन्सिङ हुन्छ र अर्काे १ साताभित्र समीक्षासहित अध्ययन प्रतिवेदन तयार हुन सक्छ,’ कोरोनाका भेरियन्टहरूको अध्ययन गर्न सरकारले गठन गरेको सार्स–कोभ–२ भेरियन्ट कन्सोर्टियमको सदस्यसमेत रहेको प्राध्यापक मानन्धरले भने। उनले सुरुमा १०० नमुनाको अध्ययन गर्ने तयारी रहेको बताए। ‘देशभित्रै र सरकारी तबरमा यो अध्ययन हुनु ठूलो उपलब्धि हो। अध्ययन र अनुसन्धानले मात्र भाइरसको भेरियन्टका बारेमा यकिन गर्न सकिन्छ,’ उनले भने।  

विज्ञका अनुसार अहिले देखिएको कोरोना भाइरसका झन्डै ३० हजार न्युक्लियोटाइड्स अथवा बेसहरू छन्। यो भाइरस पाहुनाकहाँ पुगेपछि यी बेसको संरचनामा परिवर्तन हुन्छ। २० बटा बेस मात्र परिवर्तन भएमा खर्बौं थरीका भेरियन्ट निस्कन्छन्। यी भेरियन्ट सुरुको मौलिक भेरियन्टभन्दा फरक हुन्छन्। हालसम्म विश्वमा १० लाख मानिसलाई संक्रमण गरेको भाइरसको आनुवांशिक सिक्वेन्स तयार भइसकेको छ।  

स्वास्थ मन्त्रालयअन्तर्गतको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झा पछिल्ला दिनमा कोरोना पोजेटिभ देखिएकामध्ये ७७ प्रतिशतमा युके भेरियन्ट पाइएको र प्रयोगशालाले त्यही प्रयोजनको लागि एसजिनको परीक्षण गर्दै आएको बताइन्। ‘हामीले वर्षको ७०० देखि १ हजार नमुनाको जिनेटिक सिक्वेन्स गर्ने तयारी गरेका छौं। यसले भाइरस प्रसारको ट्रेन्ड कस्तो छ भनेर थाहा हुन्छ,’ नेसनल जेनेटिक कन्सोर्टियमको संयोजकसमेत रहेकी डा. झाले भनिन्। कन्सोर्टियममा विभिन्न विश्वविद्यालय, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट), निजी प्रयोगशाला, शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल, केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला, विश्व स्वास्थ्य संगठनलगायत सहभागी छन्। इपिडिमियोलोजी तथा सरुवा रोग महाशाखाका निर्देशक डा. कृष्ण पौडेल महामारी नियन्त्रणमा वैज्ञानिक प्रमाणको आधारमा गरिने निर्णय प्रभावकारी हुने ठान्छन्। 

भाइरसको आनुवंशिक अध्ययन गर्न गठन गरिएको प्राविधिक कार्यदलका संयोजकसमेत रहेका डा. पौडेल भाइरसको आनुवंशिक अध्ययन गर्न सक्ने नेक्स्ट जेनेरेसन सिक्वेन्सिङ मेसिन हाल केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला, विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयसहित २ वटा निजी प्रयोगशालामा रहेको बताउँछन्। उनी भन्छन्, ‘नेपालमा हाल प्रयोग भैरहेको खोपले नयाँ भेरियन्ट नियन्त्रण गर्न कस्तो काम गर्छ भन्ने पत्ता लगाउन पनि यस्ता अध्ययन आवश्यक हुन्छन्।’ नयाँ भेरियन्टले युवा तथा बालबालिकालाई समेत संक्रमण गरेको देखिएको छ।

विज्ञान तथा प्रविधिसम्बन्धी पत्रिका न्यु साइन्टिस्टले सरुवा रोग ट्र्याक गर्ने परियोजना ‘नेक्सस्ट्रेन’ लाई उद्धृत गर्दै हालै प्रकाशित गरेको एक प्रतिवेदन अनुसार एसियाको ४० प्रतिशत भाइरस फैलावट युके भेरियन्टका कारण भएको छ।
अर्को समाचार
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
२ घण्टा अघि
•
१ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–७ टोप्लाका गर्भवती महिलालाई सुत्केरी व्यथाले भन्दा बढी चिन्ता स्वास्थ्य संस्थासम्म कसरी पुग्ने भन्ने हुन्थ्यो। विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए। कतिपय महिला त स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा घरमै सुत्केरी हुन बाध्य थिए।




अब भने त्यो बाध्यता अन्त्य हुने आशा पलाएको छ। गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि टोप्लाका गर्भवती महिलाले स्थानीय स्तरमै प्रसूति सेवा पाउने भएका छन्। तातोपानी गाउँपालिकाले ३६ लाख रुपैयाँ खर्चेर निर्माण गरेको बर्थिङ सेन्टरबाट सेवा सञ्चालनसमेत सुरु भएको छ।

शुक्रबार कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले संयुक्त रूपमा भवन उद्घाटन गरे। बर्थिङ सेन्टर सञ्चालनमा आएपछि टोप्ला र आसपासका डुंग्री क्षेत्रका महिलालाई प्रसूति सेवाका लागि टाढाको स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

यसअघि गर्भावस्थाको नियमित जाँचदेखि सुत्केरी गराउनसम्म यहाँका महिलाले कठिनाइ भोग्दै आएका थिए। सामान्य गर्भजाँचका लागि समेत घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था थियो। सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुर्‍याउन परिवारका सदस्यले भोग्नुपर्ने सास्ती झनै कठिन थियो।

स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार गाउँमा प्रसूति सेवा दिने पूर्वाधार नहुँदा महिलाले वर्षौंदेखि यस्तो समस्या भोग्दै आएका थिए। 'वर्षौंदेखि यहाँका महिलाले भोग्दै आएको यही बाध्यता अब विस्तारै हट्ने आशा पलाएको छ,' उनले भने।

गाउँपालिका अध्यक्ष चौलागाईंले दुर्गम बस्तीका महिलालाई प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्न बर्थिङ सेन्टर निर्माण गरिएको बताए। 'दुर्गम टोप्ला र डुंग्रीका महिलाले अब प्रसूति सेवाका लागि सास्ती खेप्नु नपरोस् भनेर गाउँमै बर्थिङ सेन्टर निर्माण गरेका हौँ,' उनले भने, 'भवन बनिसकेको छ। आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालनसमेत भइसकेको छ।'

गाउँपालिकाले भौगोलिक कठिनाइलाई ध्यानमा राखेर सुत्केरी महिलालाई बोकेर स्वास्थ्य संस्थासम्म पुर्‍याउने स्थानीयलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ भत्ता दिने नीतिगत व्यवस्था पनि गरेको छ।

प्रदेशसभा सदस्य शाहीले दुर्गम क्षेत्रका नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने गरी गाउँपालिकाले बर्थिङ सेन्टर निर्माण गर्नु प्रशंसनीय भएको बताए। उनले भवनको थप तला निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।

सरकारले संस्थागत सुत्केरीको दर शतप्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ। टोप्लामा बर्थिङ सेन्टर सञ्चालनले उक्त लक्ष्य हासिल गर्न सहयोग पुग्ने स्वास्थ्य शाखाको अपेक्षा छ। आवश्यक उपकरण तथा सामाग्री गाउँपालिका र दातृ संस्थाको सहयोगमा व्यवस्थापन गरिने संयोजक चौलागाईंले बताए।

तर भवन निर्माण र सेवा सञ्चालनसँगै सुरक्षित प्रसूतिको पूर्ण सुनिश्चितता गर्नुपर्ने चुनौती पनि छ। बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मीको नियमित उपलब्धता, पर्याप्त उपकरण, घेरबार तथा परिसर व्यवस्थापन र चौबिसै घण्टा सेवा सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ।

स्थानीय महिला साउनी रोकायाले बर्थिङ सेन्टरलाई भवन निर्माणमा मात्र सीमित राख्न नहुने बताइन्। 'यो एउटा भवन निर्माणको विषय होइन, वर्षौंदेखि प्रसूति सेवाका लागि भोग्दै आएको दुःख र बाध्यता कम हुने आशाको सुरुवात हो,' उनले भनिन्, 'आवश्यक उपकरण, दक्ष जनशक्ति र चौबिसै घण्टा सेवा उपलब्ध गराउन सके मात्रै यहाँका महिलाले गाउँमै सुरक्षित प्रसूति सेवाको वास्तविक अनुभूति गर्न पाउनेछन्।'

उक्त टोप्लामा बर्थिङ सेन्टर स्थापना हुनु दुर्गम क्षेत्रका महिलाको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्त्वपूर्ण कदम हो। गर्भवती महिलाले आवश्यक परेको जुनसुकै बेला दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा पाउने छन्।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १३ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस