कति उपयोगी होला चिनियाँ खोप
१२ चैत्र २०७७
•
३ मिनेट पाठ
कति उपयोगी होला चिनियाँ खोप
चीन सरकारले अनुदानमा उपलबध गराउने ८ लाख डोज खोप केही दिनमै ल्याउने तयारी सरकारले गरे पनि भविष्यमा यो खोप खरिद गर्ने/नगर्ने भन्नेचाहिँ निश्चित छैन।  




विज्ञका अनुसार अक्सफोर्ड र अस्ट्राजेनेकाको खोप जस्तो चिनियाँ खोपलाई २ देखि ८ डिग्री सेन्टिग्रेड तापक्रममा भण्डारण गर्न सकिए पनि यसको आयतन (भ्याक्सिन भोलुम) अत्यधिक छ। यो खोपको हरेक डोज सिरिन्जमा अथवा भायलमा आउने भएकाले समग्र सिरिन्ज तथा भायललार्ई कोल्ड चेनमा राख्नुपर्ने हुन्छ। एउटा भ्याक्सिन क्यारियर (बाकस) मा अक्सफोर्ड र अस्ट्राजेनेकाको सय डोज खोप राख्न सकिन्छ भने चिनियाँ खोप १५ देखि २० सिरिन्ज मात्र अट्छ।  

अक्सफोर्ड र अस्ट्राजेनेकाको प्रतिभायलमा ११ डोज खोप हुन्छ भने चीनको सिनोफर्मा कम्पनीले विकास गरेको खोप दुई हिसाबले उपलब्ध छ। यो खोप एकमात्र डोज रहेको भायलमा अथवा सिरिन्जमा उपलब्ध छ। यसरी समग्र कोल्ड चेन आवश्यकताका हिसाबले अक्सफोर्ड र अस्ट्राजेनेकाको खोपभन्दा चिनियाँ खोपलाई धेरै लजिस्टिक तयारी चाहिन्छ। विज्ञका अनुसार अनुदानमा प्राप्त चिनियाँ खोप अहिले प्रयोग गरिए पनि आमखोप अभियान (मास भ्याक्सिनेसन) मा त्यति उपयोगी नहुन सक्छ। 

विज्ञका अनुसार अनुदानमा प्राप्त चिनियाँ खोप अहिले प्रयोग गरिए पनि आमखोप अभियानमा त्यति उपयोगी नहुन सक्छ। चीनको सिनोफर्म कम्पनीले उत्पादन गरेको यो खोप महँगो पनि छ। प्रतिडोजको लगभग ३० अमेरिकी डलरका हिसाबले एकजनालाई यो खोप लगाउँदा ६० अमेरिकी डलर पर्छ। 
चीन सरकारको स्वामित्वमा रहेको सिनोफर्म कम्पनीले उत्पादन गरेको यो खोप महँगो पनि छ। प्रतिडोजको लगभग ३० अमेरिकी डलरका हिसाबले एकजनालाई यो खोप लगाउँदा ६० अमेरिकी डलर पर्छ। यो नेपालको आमखोप अभियानका लागि महँगो मूल्य हो। खोप उत्पादन भएपछि प्रयोग गरिसक्नुपर्ने समयावधिका हिसाबले यो खोप राम्रो छ। यसलाई उत्पादन भएको एक वर्षसम्म प्रयोग गर्न सकिन्छ। अक्सफोर्ड र अस्ट्राजेनेकाले विकास गरेको खोप उत्पादनको चारपाँच महिनाभित्र प्रयोग गरिसक्नुपर्छ। पाकिस्तान, युनाइटेड अरब इमिरेट्स, बहराइनलगायत विश्वका विभिन्न देशमा सिनोफर्माको खोप प्रयोगमा छ।  

स्वास्थ्य मन्त्रालयले गठन गरेको खोप सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेती चिनियाँ खोपको प्राविधिक पक्ष त्यति अप्ठेरो नभएको तर तुलनात्मक हिसाबले महँगो रहेको बताउँछन्। उनले यो खोप आएपछि कहिलेदेखि लगाउन सुरु गर्ने भन्ने निर्णय सरकारले गर्ने बताए। यही खोप खरिद गर्नेनगर्ने निश्चित नभएका कारण ४ लाखजनालाई मात्र दिइनेछ। ‘चिनियाँ खोप सुरक्षा र प्रभावकारिताका हिसाबले राम्रो छ। यो अरबका विभिन्न देशमा लगाइएको छ,’ डा. उप्रेती भन्छन्,  

‘प्राविधिक पक्ष त्यति अप्ठेरो छैन, तुलनात्मक हिसाबले महँगोचाहिँ छ।’ भारतीय खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युटले नेपालले खरिद गरेको २० लाखमध्ये दोस्रो खेप १० लाख डोज खोप उपलब्ध नगराएपछि हाल खोप अभियान स्थगित छ। सरकारले पहिलो डोज खोप लगाएकालाई वैशाख ७ देखि ११ सम्म दोस्रो डोज खोप लगाउने तयारी गरेको छ। सरकारले यो अभियानअन्तर्गत विभिन्न जोखिम समूहका झन्डै १७ लाखजनालाई खोप उपलब्ध गराइसकेको छ।

डा. उप्रेती मे महिनासम्म कोभ्याक्सले पहिलो चरणअन्तर्गत दिने भनेको बाँकी १९ लाख डोज खोप आउने अपेक्षा गरिएको बताउँछन्। उनी यो वर्षको अन्त्यसम्म २० प्रतिशत जनसंख्यालाई खोप अभियानले समेट्न सके पनि महामारी नियन्त्रण हिसाबले ठूलो उपलब्धि हुने तर्क गर्छन्।

नेपालले आपत्कालीन प्रयोग अनुमति दिएको भारतको अर्कोे खोप कोभ्याक्सिन पनि कोल्ड चेन मेनेजमेन्टका हिसाबले उपयुक्त छ। भारत बायोटेक कम्पनीले बनाएको यो खोपको प्रतिडोज मूल्य १६ अमेरिकी डलर पर्ने भएकाले दुई डोजको मूल्य ३२ अमेरिकी डलर पर्न जान्छ। स्वास्थ्य मन्त्रालयका अधिकारी यो मूल्य पनि तुलनात्मक रूपमा महँगो ठान्छन्। तर जोखिममा रहेका र विपन्न वर्गले खोप लगाइसकेपछि निजी क्षेत्रले यस्ता खोप ल्याएर अन्यलाई लगाउन सक्ने डा. उप्रेती बताउँछन्।
अर्को समाचार
१८ वर्ष पूरा भएका विद्यार्थीलाई आजबाट खोप दिईने
०४ भदौ २०७८
•
१ मिनेट पाठ
१८ वर्ष पूरा भएका विद्यार्थीलाई आजबाट खोप दिईने
काठमाडौँ महानगरपालिकाले कोभिड–१९ विरुद्धको  भेरोसेल खोपको पहिलो मात्रा लगाउनका लागि खोप केन्द्र तय गरेको छ। त्यसमा यसअघि लगाउँदै आएका केन्द्रसँगै आठ केन्द्र थप गरिएको छ। आजबाट लागाउने चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा ४० वर्ष वा सो भन्दा माथिका उमेर समूह, १८ वर्ष पूरा भएका कक्षा ११ तथा १२ का र विश्वविद्यालय तहका परीक्षा प्रवेशपत्र दिएका विद्यार्थीलाई दिन लागिएको हो। 




यसअघि खोप लगाइँदै आएका महानगरपालिकाको ३२ वडाका खोप केन्द्रसँगै राधास्वामी आइसोलेशन सेन्टर, सशस्त्र प्रहरी बल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्ताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, नेपाल प्रहरी अस्पताल र वीरेन्द्र सैनिक अस्पताललाई पनि यसपटक खोप केन्द्रका रुपमा विस्तार गरिएको छ। खोप कार्यक्रम बिहान १० देखि साँझ ५ बजेसम्म रहने छ।

अहिले थप गरिएका केन्द्रबाट यसअघि महानगरपालिकाले अग्रपङ्क्तिमा खटिने व्यक्तिका लागि मात्र खोप लागाउने व्यवस्था गरेको थियो। तोकिएका लक्षित समूहले महानगरभित्र खोप आज, शनिबार र आगामी मङ्गलबार तीन दिन लगाउन सकिने महानगरपालिकाको सहरी स्वास्थ्य विभागका प्रमुख हरि कुँवरले जानकारी दिए। खोप लगगाउन जाँदा आफ्नो उमेर र परिचय खुल्ने कागजातसहित नजिकको खोप केन्द्रमा गई भीडभाड नगरी स्वास्थ्य मापदण्ड पूरा गरेर खोप लगाउन आग्रह गरिएको छ।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस