झापामा ४५ हजारभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप
०८ चैत्र २०७७
•
१ मिनेट पाठ
झापामा ४५ हजारभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप
झापामा अहिलेसम्ममा ४५ हजारभन्दा बढीले कोभिड–१९ विरुद्ध सरकारले निःशुल्क प्रदान गर्दै आएको कोभिशिल्ड खोप लगाएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत चूडामणि लुइँटेलका अनुसार जिल्लाका १५ वटै स्थानीय तहमा पहिलो चरणको खोप लगाउनेको सङ्ख्या ४५ हजार ३ सय ५२ पुगेको छ।




यहाँ आठ नगरपालिका र सात गाउँपालिका छन्। तीमध्ये सबैभन्दा बढी दमक नगरपालिकाका पाँच हजार ४ सय५५ ले र सबैभन्दा कम बाह्रदशी गाउँपालिकाका एक हजार २ सय जनाले मात्र खोप लगाएका छन्।

शिवसताक्षी नगरपालिकाका चार हजार ७ सय ४९ जनाले, गौरादह नगरपालिकाका चार हजार ६ सय ५३ जनाले, विर्तामोड नगरपालिकाका तीन हजार ७ सय७३ जनाले, कनकाई नगरपालिकाका तीन हजार ४ सय ९९ जनाले, कमल गाउँपालिकाका तीन हजार २ सय ४८ जनाले र भद्रपुर नगरपालिकाका तीन हजार ७५ जनाले कोभिशिल्ड खोप लगाइसकेका छन्।

यसैगरी मेचीनगर नगरपालिकाका दुई हजार ८ सय५४ जनाले, अर्जुनधारा नगरपालिकाका दुई हजार ७ सय२३ जनाले, गौरीगञ्ज गाउँपालिकाका दुई हजार ४ सय५१ जनाले, कचनकबल गाउँपालिकाका दुई हजार १ सय२३ जनाले, हल्दिबारी गाउँपालिकाका दुई हजार एकले, झापा गाउँपालिकाका एक हजार ८ सय२३ जनाले, बुद्धशान्ति गाउँपालिकाका एक हजार ७ सय ९ जनाले र बाह्रदशी गाउँपालिकाका एक हजार २ सय जनाले उक्त खोप लगाइसकेका छन्।

गत फागुन २३ गतेदेखि प्राथमिकताका आधारमा खोप लगाउने कार्य जारी छ। पहिलो चरणमा कोभिड १९ महामारीविरुद्ध अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी र स्वयम्सेवकले खोप लगाएका थिए। त्यसपछिका चरणमा पत्रकार, सुरक्षाकर्मी, जनप्रतिनिधि र ज्येष्ठ नागरिकले खोप लगाउन पाएका थिए। रासस
अर्को समाचार
झापामा २५ जना बालबालिकामा देखियो क्षयरोग
१० चैत्र २०८०
•
२ मिनेट पाठ
झापामा २५ जना बालबालिकामा देखियो क्षयरोग
फाइल तस्बिर
झापामा १४ वर्षमुनिका २५ बालबालिकामा क्षयरोगको सङ्क्रमण देखिएको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा फेला परेका नयाँ क्षयरोगीमध्ये २५ जना बालबालिका रहेका छन्।




साउनदेखि पुस मसान्तसम्म पाँच सय ७० जना नयाँ क्षयरोगी फेला परेका भन्दै तीमध्ये २५ जना बालबालिका रहेका जिल्लास्थित स्वास्थ्य कार्यालयका क्षयरोग फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिए। उनका अनुसार नयाँ क्षयरोगीमा एक सय ८२ महिला र तीन सय ८८ पुरुष रहेका छन्।

चार सय ३१ जनामा फोक्सोसम्बन्धी क्षयरोग देखा परेको छ भने एक सय ३९ मा अन्य क्षयरोग देखिएको फोकल पर्सन दासले बताए। उनका अनुसार एचआइभी सङ्क्रमित ९ जनामा क्षयरोग देखिएको छ। औषधि प्रतिरोधी क्षयरोगका बिरामी सात जना रहेका स्वास्थ्य कार्यालय झापाले जनाएको छ।

जिल्लामा आर्थिक वर्ष २०७७/७८ मा नौ सय ९२, आव २०७८/७९ मा एक हजार एक सय ८६ र आव २०७९/८० मा एक हजार एक सय ६५ जना क्षयरोगी फेला परेका थिए।

झापामा भोलि ‘हो, हामी क्षयरोग अन्त्य गर्छौँ’ भन्ने नाराका साथ विश्व क्षयरोग दिवस–२०८० मनाइँदैछ।‘ चालु आवमा क्षयरोगका बिरामीको अनुपात हेर्दा ५५ प्रतिशत पत्ता लागेको देखिन्छ’, फोकल पर्सन दासले भने,‘अझै ४५ प्रतिशत थप क्षयरोगी पत्ता लगाउनु चुनौती देखिन्छ।’

उनका अनुसार गत आव २०७९/८० क्षयरोगबाट २० जनाको मृत्यु भएको थियो। ‘क्षयरोग माइक्रो ब्याक्टेरियम ट्युबरक्लोसिस नामक जीवाणुको सङ्क्रमणका कारण हुने सङ्क्रमणजन्य सरुवा रोग हो। श्वासप्रश्वासको माध्यमबाट सर्ने भएकाले क्षयरोगीले खोक्दा, हाच्छ्यू गर्दा कीटाणु निरोगी मानिसको सम्पर्कमा आएमा रोग सर्ने जोखिम हुने गर्दछ’, दासले भने।

उनका अनुसार राष्ट्रिय क्षयरोग केन्द्रको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मा नेपालमा ३७ हजार चार सय ४७ क्षयरोगका बिरामी पत्ता लागेका छन्।

फोकल पर्सन दासले सङ्क्रमण पत्ता लागेका तीन प्रतिशत बिरामीको मृत्यु भएको भन्दै मृत्यु हुनेमा ३५ प्रतिशत महिला र ६५ प्रतिशत पुरुष रहेका जानकारी दिए। सङ्क्रमित बिरामीमध्ये आठ प्रतिशत १५ वर्षमुनिका बालबालिका रहेका छन्।

करिब ७२ प्रतिशत बिरामी फोक्सो सङ्क्रमित छन् भने २८ प्रतिशत बिरामी फोक्सोबाहेक अन्य अङ्गहरुको सङ्क्रमित छन्। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले नेपालमा आर्थिक वर्ष २०७९/८० मा ७० हजार नयाँ क्षयरोगका बिरामी थपिनाका साथै १८ हजार क्षयरोगीको मृत्यु हुने अनुमान गरेको थियो।

नेपालमा अझै ४५ प्रतिशत क्षयरोगका बिरामी पत्ता लगाउन नसक्दा यो रोग उन्मूलन गर्ने लक्ष्य भेट्टाउन चुनौती थपिएको स्वास्थ्य कार्यालय झापाका क्षयरोग फोकल पर्सन दासले बताए।

नेपाल विश्वमा औषधि प्रतिरोधी क्षयरोगको उच्च भार भएको देशमा पर्ने भन्दै छ सय ९३ जना औषधि प्रतिरोधी क्षयरोगका बिरामी पत्ता लाएकामा पाँच सय ४६ उपचारको दायरामा आएका छन्।

पत्ता लागेका क्षयरोगका बिरामीको उपचार सफलता दर ९२ दशमलव चार र औषधि प्रतिरोधी क्षयरोगका बिरामीको उपचार सफलता दर ८२ प्रतिशत रहेको उनले जानकारी दिए।

दुई हप्ताभन्दा बढी समय एकनासले खोकी लाग्नु, खोक्दा खकारमा रगत देखिनु, साँझपख ज्वरो तथा पसिना आउनु, खानामा रुचि कम हुनु, तौल कम हुनु क्षयरोगका प्रमुख लक्षण हुन्।

-रासस
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १९ सेकेन्ड अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५९ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस