प्रदूषणबाट जोगिन के गर्ने ?
२९ फागुन २०७७
•
३ मिनेट पाठ
प्रदूषणबाट जोगिन के गर्ने ?
डा.नीरज बम,
छातीरोग विशेषज्ञ




काठमाडौं उपत्यका सबैभन्दा बढी प्रदूषित हुनुको पहिलो कारण त यसको भौगोलिक बनावट हो। यो कचौराजस्तो छ, अन्यत्रभन्दा यहाँ हावाको आवागमन कम हुन्छ। त्यसकारण यहाँ प्रदूषण बढ्ने गर्छ। त्यस्तै, यहाँ चल्ने अधिकांश सवारीसाधन पुराना छन्, जसले धुँवा बढी फाल्ने हुँदा यहाँको वातावरणलाई प्रदूषित बनाउँछ। 

अर्को, यहाँ मान्छेको चाप पनि छ, यसले गर्दा अक्सिजनभन्दा कार्बन डाइअक्साइडको मात्रा बढी हुन्छ। त्यस्तै, घरभवन बन्ने, कलकारखानाबाट धुँवा निस्कने हुँदा पनि यहाँ प्रदूषण बढिरहेको छ। यहाँ धुम्रपानको नियमित सेवन गर्नेहरू बढिरहेछन्। यसले पनि वातावरणलाई निकै असर पारेको छ। पेट्रोल र डिजेलको धुँवाले भन्दा यसले वातावरणलाई बढी प्रदूषित पार्छ। यसमा पाइने हाइड्रोजन साइनाइड वायुमण्डलमै गएर बस्छ र वातावरणलाई झन् खतराजनक बनाइदिन्छ।  

प्रदूषणका कारण लाग्ने रोग

वातावरणीय प्रदूषणका कारण श्वासनली खराब हुन पुग्छ। प्रदूषणका कणहरू फाेक्सोमा गएर बसिदिन्छन् र क्रोनिक ब्रोङ्काइटिस्, सिओपिडी (दम खोकी), ब्रोङ्केलाहरूमा एलर्जी हुन सक्छ। त्यस्तै, क्षयरोग बढाउने, फाेक्सोमा विभिन्न किसिमका दाग र क्यान्सर लगायत फाेक्सोसम्बन्धी रोग लाग्न सक्छन्। फाेक्सोको क्यान्सर हुनलाई धुम्रपान गरिरहनुपर्दैन। वातावरणीय प्रदूषण पनि काफी हुन सक्छ। १० पिपिएमभन्दा साना धुलोका  कण, २ र २.५ पिपिएमभन्दा साना ग्यासजन्य कण अल्भोलाइका माध्यमबाट रगतमै प्रवेश गरेर रगतका नलिकालाई साँघुरो बनाइदिन्छन् र त्यसले गर्दा रक्तचाप बढ्छ। हृदयघातको जोखिम १४ गुणा बढाइदिन्छ। त्यस्तै यसले पक्षघातको सम्भावना पनि १५ गुणासम्म बढाइदिन्छ। हाम्रो मस्तिष्कलाई राम्ररी काम गर्न अक्सिजन चाहिन्छ। जब प्रदूषित हावाका कण हामीभित्र प्रवेश गर्छन्, त्यो फाेक्सो हुँदै शरीरका विभिन्न अंगमा प्रवेश गर्छन्। यदि हावा स्वच्छ भए मस्तिष्कले स्वच्छ हावा पाउँछ, दूषित हावाले गर्दा स्मरण शक्ति गुम्ने समस्या देखिन सक्छ।

सावधानी

प्रदूषणबाट बच्न हामीलाई कोरोनाले नै ठूलो पाठ सिकाएर गएको छ, त्यो हो मास्कको प्रयोग। म त भन्छु, यसको प्रयोग घरभित्र बाहेक सबै ठाउँ गरौँ। सँगै आफूले सक्ने जति सरसफाइ गरौँ। धुलो उड्न नदिने, घरबाट निस्कने फोहोरको व्यवस्था गर्ने, टोलको सफाइमा अग्रसर हुने, हरियाली बनाउन रुख–बिरुवा रोप्ने, प्लास्टिकजन्य प्रदार्थलाई नजलाउने आदि नै प्राथमिक सावधानी हुन्। वातावरणलाई स्वच्छ बनाउन मापदण्ड तोकिएको छ, तर लागू भएको छैन। सरकारको भूमिका प्रदूषण नियन्त्रणमा धेरै छन्। सर्वप्रथम त सरकारले कडा पोलिसी बनाउनुपर्छ। पुराना सवारीसाधनलाई अब चलाउन दिनुहुँदैन। 

किनकि त्यसबाट निस्किएको धुँवाले वातावरणलाई निकै प्रदूषित बनाउँछ। त्यस्तै घर बनाउँदा मापदण्ड कडाइका साथ तोक्ने, सकेसम्म घर बनाउँदा रुखलाई काट्न नदिने  गर्नुपर्छ । सर्वसाधारणले मुख्यतः धुम्रपानको सेवन कम गर्नुपर्छ। धुम्रपान सेवनले आफ्नो साथसाथै अरूको पनि स्वास्थ्यसँग खेलवाड भइरहेको छ। त्यस्तै, सवारी चालकले आफूले हाँकिरहेको गाडी रोकिएका बेला इन्जिन चलाएर बस्नु हुँदैन, त्यसले गर्दा वातावरण प्रदूषित हुन्छ। त्यस्तै जहाँ पाए त्यहीँ नथुक्ने, बाटोघाटोमा फाेहोर नफाल्ने आदि सावधानीले पनि प्रदूषण रोक्न सकिन्छ।

(निमेष पौडेलसँगको कुराकानीमा आधारित)
अर्को समाचार
काठमाडौंमा प्रदूषण बढेपछि स्वास्थ्य मन्त्रालयले भन्यो: मास्क लगाउनु
१८ वैशाख २०८१
•
१ मिनेट पाठ
काठमाडौंमा प्रदूषण बढेपछि स्वास्थ्य मन्त्रालयले भन्यो: मास्क लगाउनु
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौंमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ।




मन्त्रालयले काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन आग्रह गरेको हो।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले काठमाडौंमा वायु प्रदूषणक अत्यधिक रहेकाले सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन, यात्रा नगर्न र अत्यधिक प्रदूषित क्षेत्र बाटटाढा रहन अनुरोध गरे।

विश्वभरिको वायुप्रदूषणको अवस्था मापन गर्ने ‘वल्र्ड एयर क्वालिटी इन्डेक्स– र्‍याकिङ्ग’ अनुसार काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा छ।

‘वायु प्रदूषणले मुटु तथा रक्तनली, फोक्सो, मस्तिष्क, आँखा, नाक, कान, घाँटी आदिमा असर पुर्‍याउनुका साथै दम, क्यान्सर आदिको जोखिम पनि बढाउँछ । वायु प्रदूषणले गर्दा कम तौल भएको बच्चा जन्मने र अवधि नपुग्दै बच्चा जन्मने जोखिमसमेत हुन्छ,’ प्रवक्ता बुढाथोकीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

नेपालमा वायु प्रदुषणबाट बर्सेनि हुने मृत्युमा बढीजसो पाँचवर्ष मुनिका बालबालिका, गर्भवती, दीर्घ रोगी र वृद्ध वृद्धा बढी छन्। यसले नेपालीको औसत आयु चार दशमलव एक प्रतिशतले घटाएको तथ्याङ्क छ।

नेपालमा रूग्णता तथा मृत्युको प्रमुख कारणमा वायु प्रदूषण प्रमुख रहेको विविध तथ्य र अनुसन्धानले देखाएको प्रवक्ता बुढाथोकी बताउँछन्।

गर्मी समयमा तराईमा तातो हावा बहने र लू लाग्ने उच्च सम्भावना भएको हुँदा तातो हावा लागेको समयमा अनावश्यक बाहिर हिँडडुल नगर्न तथा झोलिलो पदार्थ पर्याप्त मात्रामा सेवन गर्न गराउनु हुन मन्त्रालयले अनुरोध गरेको छ।

गर्मी बढेसँगै देशभरका अस्पताल र स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको मन्त्रालयले जनाएको छ।
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस