‘कोभिडविरुद्धको खोपले बाँझोपना ल्याउँदैन’
०४ फागुन २०७७
•
४ मिनेट पाठ
‘कोभिडविरुद्धको खोपले बाँझोपना ल्याउँदैन’
कोभिड १९ विरुद्धको खोपले बाँझोपना ल्याउँछ भन्ने कुरा आधारहीन रहेको विज्ञ चिकित्सहरूले बताउँदै भ्रमपूर्ण कुरा रहेको औंल्याएका छन्। परिवार कल्याण महाशाखाका डा. पोखरेलले कोभिड १९ विरुद्धको खोपले बाँझोपना ल्याउँछ भन्ने कुरा भ्रम फैलिएको जनाउँदै यस्तो भ्रमको पछि नलाग्न अनुरोध गरेका छन्। यसको सट्टा गर्भवतीले कोभिड १९ बिरुद्धको खोप लगाउन पाउँदैनन्। कुनै महिलाले पहिलो डोज खोप लिएका दोस्रो डोज लिनु अघि नै गर्भवती बनेमा दोस्रो डोजबाट बंचित हुने हुनाले नलागउन सुझाएको हो। ‘ बिकसित देशमा बच्चा जन्माउने योजना हुन्छ, नेपालमा त्यो नहुने हुनाले सन्तान जन्माइहाल्ने दम्पत्तिको हकमा यस्तो सन्देश दिएको हो,’ डा. पोखरेलले भने।




कोभिड १९ विरुद्धको खोप व्यवस्थापन संयोजक डा. श्यामराज उपे्रतीका अनुसार यो खोप गर्भवती, सुत्केरी र १८ वर्ष मुनिकाहरूको लागि कति सुरक्षित छ भन्ने विषयमा अध्ययन नभइसकेकोले गर्भवतीले नलाउनु भनिएको हो। ‘ प्रजनन प्रक्रियासँग यो खोपको कुनै सम्बन्ध छैन, गर्भवतीले नलागाउनु भनेको गर्भवतीमा कति सुरक्षित छ भनेर अध्ययन नभइसकेकोले हो,’ उनले भने।

खोपबारे फैलिएको भ्रम तथा अन्य कारणले दुई चरणमा चलेको खोप अभियानमा लक्षित संख्या भन्दा २० प्रतिशत कमले खोप लिएको महाशाखाको भनाइ छ। सरकारले दुई चरणमा गरी ४ लाख ८५ हजारलाई खोप दिने लक्ष्य लिएकोमा दोप अभियानमा जम्मा २ लाखले मात्र खोप लिएका छन्। कोभिड १९ विरुद्धको खोप पहिलो डोज लगाएको ८ हप्तापछि १२ हप्तापछि दिएमा खोपको प्रभावकारी देखिने विश्व स्वास्थ्य संगठनले जनाएको छ। यो खोपको असर पाका उमेरकाहरूको तुलनामा युवाहरूमा बढी देखिएको पाइएको छ। यो खोपमा जीवित भाइरस नभएर मृतक प्रोटिन मात्र राखिएको र त्यसले शरीरमा एन्टिबडी बनाउने काम गर्छ।  

नेपालमा कोभिड १९ विरुद्धको खोप अभियान चलिरहेको बेला खोप बारे चलेको हल्लाको पछि नलाग्न सोमबार स्वास्थ्य विज्ञहरूले सचेत हुन आग्रहसमेत गरे। स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरूले यो खोप सुरक्षित रहेकोले सबैलाइै लिनको लागि सुझाएका छन्।  

नेपालमा कोभिड १९ विरुद्धको खोप कोभिडशिल्ड लगाएका २ लाख जनामै कुनै गम्भीर समस्या नभएको उनीहरूको दाबी छ। ‘नेपालमा कोरोना बिरुद्धको खोप लिएका २ लाख जनामै अहिलेसम्म कुनै गम्भीर समस्या छैन, खोप सुरक्षित छ,’ कोभिड १९ खोप व्यवस्थापन समितिका संयोजक डा. उपे्रतीले भने।  

नेपालमा खोप लिएका २ लाख मध्येमा ८ जनामा केही बढी असर देखिए पनि अन्यलाई खास समस्या नभएकोले खोप सुरक्षित रहेको परिवार कल्याण महाशाखा प्रमुख डा. तारानाथ पोखरेलले बताए। ‘अहिलेसम्म कोभिडशिल्ड खोपको कारण न नेपालमा कसैको मृत्यु भएको छ न भारतमा,’ उनले भने। पहिलो चरणमा खोप गरिएको एक सर्वेक्षणअनुसार खोप लिएका ८ सय जनामा २४ घण्टाभित्रमा टाउको दुख्ने, जाडो हुने र जीउ दुख्नेलगायतका लक्षणहरू देखिएका थिए। ‘अहिलेसम्म कसैलाई गम्भीर असर देखिएको छैन,’ डा. पोखरेलले भने।  

अन्य खोपले जस्तै सामान्य लक्षण देखाएकोमा नयाँ रोगको खोप भएकोले आममानिसमा विभिन्न धारणा बनेको उनीहरूको भनाइ छ। ‘ कोभिड १९ विरुद्धको खोप लिनु भनेको सुरक्षाको बुटी लिएसरह हो,’ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका जनस्वास्थ्यविद तथा प्राध्यपक डा. केदार बरालले भने। ‘ इन्फुलुन्जाको खोपमा पनि भोलिपल्ट ज्वरो आउने, टाउको दुख्ने हुन्छ’ उनले भने। केही असर भए पनि प्रत्येक खोप केन्द्रमा औषधीको समेत व्यवस्था भएकोले डर मान्नु पर्ने कुनै कारण नभएको डा. बरालले बताए।

सोही अन्तरक्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले यो खोप तेस्रो चरणको परिक्षण सकिएर मात्र नेपालमा आएको हुनाले सुरक्षित रहेको बताए। सोही क्रममा औषधि व्यवस्था बिभागका महानिर्देशक भरत भट्टराईले कोभिडशिल्डलाई विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार मात्र स्वीकृति दिएकोले खोप सुरक्षित भएको दाबी गरे।  

पछिल्लो चरणमा कोभिड बिरुद्धको खोपले बाँझोपना ल्याउँछ भन्ने हल्ला समेत फैलिएकोले भ्रामक कुराको पछि नलाग्न परिबार कल्याण महाशाखा प्रमुख पोखरेलले बताए। हल्लाकै कारण कतिपयले घोष्तिि समयभित्र खोप नलाएर पछिल्लो चरणमा खोप लिन पुगेका छन्। ‘अरूले खोप लगाएपछि लगाउँला भनेर रोकिने पनि धेरै छन्,’ उनले भने।  

सरकारले दोस्रो समुहको अभियानमा जिल्ला तथा स्थानीय निकायका सेवा प्रदायक कार्यालका कर्मचारी, जनप्रतिनिधि, सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी, सेना, बैक तथा वित्तीय संस्थाका कर्मचारी, सार्वजनिक संस्थाका कर्मचारी, पहिलो चरणमा खोप लिन छुटेका स्वास्थ्यकर्मीै तथा जिल्लाका पत्रकारहरू छन्।  

विज्ञहरूको अनुसार कोभिडशिल्ड खोप लगाइसकेपछि कोरोनाको संक्रमण भए पनि सिकिस्त बिरामी हुने र मृत्यु हुने समस्याबाट बच्न सकिन्छ। तर यो खोप लिइसकेपछि आफूलाई समस्या नभए पनि अरूलाई सार्नसक्ने सम्भावना हुने भएकोले खोप लिइसकेपछि पनि मास्क लगाउने, हातको सफाइ गर्ने, दुई मिटर दूरी पालना गर्ने लगायतका मापदण्ड अनपाउनुपर्छ।  

खोप लिएपछि पनि अरूमा सर्छ किन सर्दैन भन्ने विषयमा पनि अध्ययन नभइसकेकोले खोप लिएपछि पनि जनस्वास्थ्यको मापदण्ड अपनाउनुपर्ने उपे्रतीको सुझाव छ। ‘शरिरमा बनेको एन्टिबडीले शरीरभित्र प्रवेश गरेको भाइरस सक्रिय नहोला तर अरूलाई सर्न सक्छ,’ उनले भने।
अर्को समाचार
कोभिडविरुद्धको खोप शतप्रतिशत पुर्‍याउन अभियान
२३ मंसिर २०७९
•
२ मिनेट पाठ
कोभिडविरुद्धको खोप शतप्रतिशत पुर्‍याउन अभियान
नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले कोभिड-१९ विरुद्धको खोप शतप्रतिशत पुर्‍याउन अभियान खोप अभियान सञ्चालन गर्ने भएको छ। अझै पनि जिल्लाको ग्रामीण क्षेत्र नागरिकले कोभिड १९ विरुद्धको खोप नलगाएको पाइएकाले खोप अभियान सञ्चालन गर्न लागिएको हो।




कोभिड-१९ विरुद्धको खोप अभियान कार्यक्रम खोपका पहुँच सबै नागरिकमा पुर्‍याउन खोप अभियान सञ्चालन गर्न लागिएको रेडक्रस पर्सा शाखाका सभापति बीरेन्द्रराज कँडेलले बताए। पर्सामा खोप लगाउन पकहामैनपुर गाउँपालिका र बिन्दवासिनी गाउँपालिकामा बाँकी छ।

पर्साको पकहामैनपुर र बिन्दवासिनी गाउँपालिकामा जनचेतनामूलक काम गर्ने र विद्यालयमा पनि अभियान सञ्चालन गर्ने तयारी गरिएको नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका कार्यक्रम संयोजक अजय यादवले बताए।

खोप लिनेको संख्याका आधारमा सबैभन्दा कम पर्सा जिल्ला रहेको र जिल्लामा पनि सबैभन्दा कम पकहामैनुर, बिन्दवासिनी र सखुवा प्रसौनी गाउँपालिका रहेको सभापति कँडेलले बताए।

यस क्षेत्रमा खोप लिनेको संख्या बढाउन तथा शतप्रतिशत पुर्‍याउन अभियान नै चलाउनु परेको उनको भनाइ छ। कँडेलका अनुसार हाल दुई पालिकाका पकहामैनपुर र बिन्दवासिनीलाई कार्यक्षेत्र बनाइएको छ।

बिन्दवासिनी गाउँपालिकामा पाँच वर्षदेखि ११ वर्ष उमेरका १२ हजार आठ सय ९१ जना र १२ वर्षदेखि १७ वर्षसम्मका चार सय ६४ जना, १८ वर्षभन्दा माथिका १२ हजार तीन सय ५१ जनालाई खोप लगाइएको छ।

साथै, पाँच वर्षदेखि ११ वर्षका तीन हजार सात सय २६ जना, १२ देखि १७ वर्षका दुई हजार आठ सय ५४ जना र १८ वर्षमाथि छ हजार नौ सय ४८ जनालाई खोप दिन बाँकी छ।

यसैगरी पकहा मैनपुर गाउँपालिकामा पाँचदेखि ११ वर्ष उमेरका १३ हजार चार सय ७६ जना, १२ वर्षदेखि १७ वर्षका दुई हजार ८२ जनाले र १८ वर्षमाथिका १० हजार सात सय ७७ जनालाई खोप लागेको छ।

साथै, पाँच वर्षदेखि ११ सम्मका पाँच हजार सात सय ७८ जना, १२ वर्षदेखि १७ वर्षका सात सय ४३ जना र १८ वर्षभन्दा माथिका पाँच हजार छ सय ५२ जनालाई खोप लगाउन बाँकी छ। खोप नलिएका केहीले खोप कार्ड भने बनाएको सर्भे गर्दा फेला नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले जनाएको छ।  
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १५ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २१ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस