आमा सुरक्षा कार्यक्रमबाट १३ प्रतिशत सुत्केरी वञ्चित
०७ मंसिर २०७७
•
६ मिनेट पाठ
आमा सुरक्षा कार्यक्रमबाट १३ प्रतिशत सुत्केरी वञ्चित
सरकारले मातृ मृत्युदरमा कमी ल्याउने उद्देश्यका साथ ल्याइएको ‘आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम’ अन्तर्गत अझै पनि १३ प्रतिशत सुत्केरीले यो सुविधा पाउन सकेका छैनन्।  




पहुँचका अभावले गत आर्थिक वर्ष २०७६/७७ मा १३ प्रतिशत सुत्केरी आमा सुरक्षा कार्यक्रमबाट पाउने सुविधाबाट वञ्चित हुनु परेको हो।  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरिका ७७ जिल्ला र ६५ वटा निजी स्वास्थ्य सङ्घसंस्थामा उक्त कार्यक्रम लागू गरे पनि अझै ४९ हजार ६७७ जनाले सुत्केरी सेवाबाट वञ्चित हुनु परेको छ।

मन्त्रालयका स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका तथ्याङ्क अधिकृत पुष्कर बिजुच्छेका अनुसार गत आवमा तीन लाख ८७ हजार ८५३ जना सुत्केरी भए पनि तीन लाख ३८ हजार १७६ जना महिलाले मात्र आमा सुरक्षा अन्तर्गतको सुविधा प्राप्त गरेका छन्।  

सरकारले २०६५ सालमा ‘आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम कार्यविधि निर्देशिका’ जारी गरेर मातृ मृत्युदर कम गर्नका लागि कार्यक्रम लागू गरेको हो। अहिले उक्त कार्यविधि निर्देशिका २०७३ सालमा तेस्रो पटक संशोधन गरेको छ।  

नेपालमा उच्च रहेको मातृ तथा नवजात शिशु मृत्युदरमा कमी ल्याउने उद्देश्यले प्रसूति सेवालाई निःशुल्क रुपमा प्रदान गर्न कार्यक्रम ल्याइएको परिवार कल्याण महाशाखाका निर्देशक डा. भीमसिंह तिङ्करले बताए।  

नेपालमा संस्थागत प्रसूति दरमा सुधार ल्याई मातृ मृत्युदरमा कमी ल्याउन र संस्थागत प्रसूतिको सहस्राब्दी विकास लक्ष्यको धेरै नजीक पुग्न आमा सुरक्षा कार्यक्रमको भूमिका रहेको छ। आमा सुरक्षा कार्यक्रम लागू भएपछि संस्थागत सुत्केरी गराउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ। सन् २००६ मा १९ प्रतिशत संस्थागत सुत्केरी दर थियो भने त्यो सङ्ख्या २०१६ मा ५७ प्रतिशत पुगेको छ।  

आमा सुरक्षा कार्यक्रमअन्तर्गत गर्भजाँच गराएको (चार पटक)को रु ८००, यातायात खर्च तराईमा एक हजार, पहाडमा दुई हजार र हिमालमा रु तीन हजार पाउने छन्। यस्तै, सामान्य सुत्केरी एक हजार ५०० र अस्पतालमा भए तीन हजार तथा शल्यक्रियाबाट सुत्केरी भए रु सात हजार सुविधा पाउने गर्दछन्।

यस्तै, आव २०७६/७७ मा चार पटक गर्भजाँच गराउने एक लाख ५० हजार ८०३ जना रहेका छन्। उनीहरुले चार पटक गर्भ जाँच गराएको रु ८०० पाउने गर्दछन्। परिवार कल्याण महाशाखाका निर्देशक डा. तिङ्करले दूरदराजका महिला सेवाबाट वञ्चित हुनु परेको बताए। आमा सुरक्षा कार्यक्रमबापत सुत्केरी खर्च सरकारले व्यहोर्ने गर्दछ।  

सरकारी अस्पतालमा सरकारी अस्पतालले र निजी अस्पतालले सोधभर्ना रकम पाउने गर्दछन्। “मातृमृत्यु अनुपात कम गराउनका लागि आमा सुरक्षा कार्यक्रम शुरु गरिएको हो”, उनले भने, “अझै केही सुत्केरी महिला वञ्चित हुनुभएको छ। अव स्थानीय तहलाई बढी जिम्मेवारी बनाई कार्यक्रमलाई अझ बढी प्रभावकारी बनाउँछौं।”  

महाशाखाको तथ्याङ्कअनुसार आव २०७५/७६ मा चार लाख ७५ हजार ९८८ सुत्केरीमध्ये तीन लाख ७१ हजार २९८ सुत्केरी अर्थात् ७८ प्रतिशत, आव २०७४/७५ मा तीन लाख १२ हजार ४९४ सुत्केरीमध्ये दुई लाख ८८ हजार आठजना अर्थात् ९२ प्रतिशत, आव २०७३/०७४ मा चार लाख ४८ हजार १७५ जनामध्ये चार लाख दुई हजार ८४९ जना अर्थात् ९० प्रतिशत र आव २०७२/७३ मा पाँच लाख ३५ हजार तीन जनामध्ये चार लाख ३२ हजार ४२४ जना अर्थात् ८१ प्रतिशतले सुविधा प्राप्त गरेका छन्।  

महाशाखाका निर्देशक डा. तिङ्करले सबै स्थानीय तहलाई सुत्केरीले आमा सुरक्षा कार्यक्रम पाउनुपर्दछ भनेर जिम्मेवार बनाइने बताए। आमा सुरक्षा कार्यक्रम लागू भएपछि मातृ मृत्युदर अनुपातमा पनि कमी आएको छ। नेपाल स्वास्थ्य तथा जनसाङ्ख्यिक सर्वेअनुसार २०१६ मा ५७ प्रतिशत महिला स्वास्थ्य संस्था (अस्पताल)मा सुत्केरी गराएको थियो। सन् १९९६ मा १० प्रतिशत महिलामात्र स्वास्थ्य संस्थामा सुत्केरी गराउने गरेको तथ्याङ्क छ।  

सर्वेको तथ्याङ्कअनुसार सन् १९९६ मा प्रतिलाख ५३९ जना सुत्केरीमा महिलाको निधन हुने गरेको थियो। आमा सुरक्षा कार्यक्रम लागू भएपछि त्यो सङ्ख्या सन् २००६ मा प्रतिएक लाख सुत्केरीमा २८१ र सन् २०१६ मा त्यसमा कमी भएर २३९ मा पुगेको महाशाखाका तथ्याङ्क अधिकृत बिजुच्छेले जानकारी दिए।  

महाशाखाकी मातृ तथा नवजात शिशु शाखाप्रमुख डा. पुण्य पौडेलले कार्यक्रम शुरु भएपछि धेरै महिला अहिले सुत्केरी गराउन अस्पताल आउने गरेको बताइन्। उनले अझ पनि केही दुर्गम क्षेत्रका महिलामा चेतनाको कमी र यातायातको कारणले घरमै सुत्केरी हुने गरेको बताइन्। उनले आमा सुरक्षा कार्यक्रम कार्यान्वयनमा दुर्गम क्षेत्र, बर्थिङ सेन्टर २४ घण्टा नखुल्नाले समस्या रहेको जानकारी दिइन्।  

सरकारले दिगो विकासको लक्ष्यअनुरुप सन् २०३० सम्ममा नेपालमा मातृ मृत्यु ७० जना प्रतिलाख जीवित जन्म र नवजात शिशुको मृत्युदर १२ जना प्रतिहजार जीवित जन्ममा झार्न उद्देश्यका साथ कार्यक्रम लागू गरिएको हो। “सबै सुत्केरी महिलासम्म यो कार्यक्रम पुर्‍याउने हाम्रो लक्ष्य भए पनि प्रभावकारी हुन सकेको छैन”, उनले भनिन्, “तर पनि हामी दिगो विकास लक्ष्यमा नपुगे पनि त्यसको नजीक भने अवश्य पुग्छौं।”

सरकारले यस आवमा ‘आमा सुरक्षा, गर्भवती जाँच, न्यानो झोला, निःशुल्क गर्भपतन र आमालाई रक्त सञ्चार सेवा’ का लागि रु दुई अर्ब ७९ करोड रकम विनियोजन गरेको छ।  

सरकारकै अस्पतालले मानेनन्

सरकारीअन्तर्गतका संस्थानबाट सञ्चालन भएका अस्पतालले पनि आमा सुरक्षा कार्यक्रम लागू गर्न मानेका छैनन्।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत सरकारी अस्पतालले पनि आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्न मानेका छैनन्।  

मातृ तथा नवजात शिशु शाखाप्रमुख डा. पौडेलले सुत्केरी गराउँदा शल्यक्रिया बापतको रकम थोरै हुने भएकाले ती अस्पतालले कार्यक्रम लागू गर्न नमानेको बताइन्। “नाफामुखी स्वास्थ्य संस्थाले नमान्नु स्वाभाविक नै हो”, उनले भनिन्, “तर केही सरकारी अस्पतालले पनि यो कार्यक्रम लागू गर्न मानेका छैनन्। हामीले सोधभर्ना रकम बढाएर मनाउने तयारीमा रहेका छौँ।”

८४ प्रतिशत गर्भजाँच

कार्यक्रम संयोजक डा. पौडेलले पहिलो पटक गर्भजाँच गराउने ८४ प्रतिशत सुत्केरी रहेको बताइन्। पछिल्लो नौ महिनामा त्यो सङ्ख्या ५७ प्रतिशतमा रहेको जानकारी दिइन्। सरकारले चार महिना, छ महिना, आठ महिना र नौ महिना चारपटक गर्भजाँच गराउनका लागि रु ८०० दिने गर्दछन्।  

यस्तै, चार पटक गर्भजाँच गराउने आव २०७५/७६ मा एक लाख ४५ हजार ५८२, आव २०७४/७५ मा एक लाख छ हजार ७५८, आव  २०७३/७४ मा एक लाख २३ हजार ३२ र आव २०७२/७३ मा एक लाख ६१ हजार ५०२ जना रहेका छन्।  

निर्देशिका संशोधनको तयारी    

महाशाखाले सबैको पहुँच पुर्‍याउनका लागि निर्देशिका संशोधनको तयारी गरेको छ। महाशाखाका निर्देशक डा. तिङ्करले सबै सुत्केरी महिलालाई सेवा पुर्‍याउने उद्देश्यले स्थानीय तहलाई बढी जिम्मेवारी बनाउनका लागि निर्देशिका संशोधनको तयारीमा रहेको जानकारी दिए। उनका अनुसार निर्देशिका संशोधनको मस्यौदा तयारसमेत भइसकेको छ।  

मातृ तथा नवजात शिशु शाखाप्रमुख डा. पौडेलले सबै सरकारी र निजी अस्पतालमा यो कार्यक्रम लागु गर्नका लागि सुत्केरी गराउने रकम बढाउने तयारी गरिएको बताइन्। “हामीले ठूलो सरकारी र निजी अस्पताललाई शल्यक्रिया गराउँदा कति खर्च लाग्छ भनेर प्रस्ताव मागेका थियौं”, उनले भनिन्, “धेरै प्रस्ताव आएका छन्। हामीले शल्यक्रिया गराउँदा कति लाग्छ भनेर निर्णय गरेका छैनौँ। त्यो निर्णय गरेपछि हामी रकम बढाउँछौँ।”
अर्को समाचार
सातै प्रदेशमा विशेषज्ञ चिकित्सक परिचालन: अब विशेषज्ञ उपचारका लागि काठमाडौं धाउनु पर्दैन ?
१० घण्टा अघि
•
१ मिनेट पाठ
सातै प्रदेशमा विशेषज्ञ चिकित्सक परिचालन: अब विशेषज्ञ उपचारका लागि काठमाडौं धाउनु पर्दैन ?
विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यसहित स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले एमडी, एमएस र एमडिएस उत्तीर्ण ८३८ जना विशेषज्ञ चिकित्सकलाई सातै प्रदेशमा परिचालन गरेको छ। चिकित्सक परिचालनसँगै विशेषज्ञ उपचारका लागि काठमाडौँ तथा ठूला सहर पुग्नुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।




मन्त्रालयका अनुसार सबैभन्दा बढी विशेषज्ञ चिकित्सक बागमती प्रदेशमा खटाइएका छन्। बागमतीमा २०८ जना चिकित्सक परिचालन गरिँदा कोशी प्रदेशमा १५४, लुम्बिनीमा १३३ र गण्डकीमा १२९ जना खटिएका छन्।

त्यस्तै, मधेस प्रदेशमा ८६, सुदूरपश्चिममा ७६ र कर्णाली प्रदेशमा ५२ जना विशेषज्ञ चिकित्सक परिचालन गरिएको मन्त्रालयले जनाएको छ।

कुल खटाइएका चिकित्सकमध्ये ५११ जना प्रदेश स्वास्थ्य मन्त्रालयमा र बाँकी ३२७ जना सङ्घीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खटिएका छन्। सङ्घीय सरकारले प्रदेशमा पठाएका चिकित्सकलाई प्रदेश सरकारले आफ्नो आवश्यकता, प्राथमिकता र कार्यक्षेत्रअनुसार स्थानीय तहका स्वास्थ्य संस्थामा परिचालन गर्न सक्ने व्यवस्था गरिएको छ।

विशेषज्ञ चिकित्सकको परिचालनबाट एनेस्थेसिया, स्त्री तथा प्रसूति रोग, जनरल सर्जरी, हाडजोर्नी, मेडिसिन, आकस्मिक सेवा, आँखा, बाल रोग, दन्त तथा मानसिक स्वास्थ्यलगायतका सेवा विस्तार र सुदृढ हुने विश्वास मन्त्रालयले लिएको छ।

यसले विशेषगरी सुरक्षित सुत्केरी सेवा, शल्यक्रिया तथा आकस्मिक उपचारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रदेश र स्थानीय तहका स्वास्थ्य संस्थामा विशेषज्ञ जनशक्तिको उपलब्धता बढेसँगै नागरिकले आफ्नै क्षेत्रमा गुणस्तरीय उपचार पाउने र ठूला सहरमा उपचारका लागि जानुपर्ने बाध्यता घट्ने अपेक्षा गरिएको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस