जन्मेको एक घण्टाभित्र स्तनपान गर्ने शिशु ३८ प्रतिशत
२८ जेष्ठ २०८३
•
३ मिनेट पाठ
जन्मेको एक घण्टाभित्र स्तनपान गर्ने  शिशु  ३८  प्रतिशत
नेपालमा  घण्टाभित्र जन्मेका १०० जना  शिशु मध्ये स्तनापान गर्ने अवसर पाउने शिशु ३८ जना मात्र छन। युनिसेफ तथा राष्ट्रिय तथ्यांक कार्यालयले सन २०२५ मा गरेको बहुसूचक सर्वेक्षण सर्वेक्षण २०२५ अनुसार नेपालमा सय जना नवजात  शिशु मध्येमा ३८ जनाले मात्र एक घण्टाभित्र स्तनपान गर्ने गरेको पाइएको हो। प्रति सय जनालाई आधार बनाएर तथ्यांक बिश्लेषण सर्वेक्षणले गरेको हो।  




यो संख्या अहिले पनि नवजात शिशुमा स्तनपान हुन नसकेको देखिएको सम्वन्धित पोषणविद्हरु बताउँछन। युनिसेफले नेपालमा बालबालिकामा हुने पोषणको स्थिति बारे पछिल्लो सर्वेक्षण प्रस्तुति गर्दै नवजात शिशु र अन्य बालबालिकाको पोषण स्थितिको बिषयमा छलफल गरेको हो।  

सन् २०१९ मा ४२ प्रतिशत रहेको यो संख्या ४ प्रतिशत मात्र घटेर ३८ प्रतिशत पुगेको हो । तसर्थ स्तनपान गर्ने शिशुको संख्या बढ्नु पर्नेमा घटेको देखिन्छ। तर राष्ट्रियदर भन्दा प्रदेशगत रुपमा  जन्मेको एक घण्टाभित्र स्तनपान गर्ने शिशुको  संख्या फरक छ। जसमा सबै भन्दा बढी कर्णालीमा ६१ प्रतिशत, सुदुरपश्चिमममा ५८ र कोशीमा ४२ जना छन। सुुदुरपश्चिम र कर्णालीको तुलनामा अन्य प्रदेशहरु बाग्मती, गण्डकी, लुम्विनी र मधेशमा २७ जनाले स्तनपान गर्न पाएको तथ्याकं छ। 

एक घण्टाभित्र स्तनपान गराउने आमामा सबै  भन्दा बढी आधारभुत शिक्षा लिएका महिला छन। उनीहरु एक सय जनामा ४१ जना छन। माध्यमिक, उच्च र निरक्षर महिलाहरुको एक घण्टाभित्र स्तनपान गराउने अनुपात समान रहेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पोषण शाखाका प्रमुख लिला विक्रम थापाको अनुसार आमाको बिगौती दुधमा अति पोषिलो तथा सुष्म पोषक तत्वहरु हुन्छ। जुन जन्मेको एक घण्टाभित्र शिशुले सेवन गरेमा शरिरमा प्रतिरक्षा क्षमताको विकास हुन्छ । त्यही भएर एक घण्टाभित्र गरिने स्तनपानलाई पहिलो खोप पनि भनिने गरेको थापा बताउँछन। 

थापाको अनुसार जन्मेको एक घण्टाभित्रको बिगौती दुधमा इमुनोग्लोविन, प्रोटिन लगायतका अन्य शुष्म पोषकतत्वहरु हुन्छन। जुन तत्वले शिशुमा आजिवन रोगसंग लड्ने प्रतिरक्षा प्रणाली बलियो बन्छ।  

पोषणको कमीको कारण पाँच मुनिका २६ जना बालबालिकामा पुड्कोपना रहेको तथ्याकंले औल्याएको छ। आमाको शिक्षाको स्तर अनुसार पुड्कोपना कम हुने गरेको सर्वेक्षणले औल्याएको छ। अहिले पनि सय जनामा २६ जनामा पुड्को हुनुमा बालस्वास्थ्य तथा पोषणमा अपेक्षित सुधार हुन नसकेको सूचक रहेको युनिसेफका पोषणविज्ञ फुल्गेन्द्र सिंहले बताए। फुडेकापना हुने बालबालिकाको सिकाइदेखि जीवनका अन्य क्षेत्रमा उचित प्रस्तुति दिन नसकिने बताए ।  

एक सय मध्येमा ५२ प्रतिशत बालबालिकाले विविध खाद्य पोषण पाउँछन  

एक सय जना बालबालिका मध्येमा ५२ जनाले मात्र विविध खाद्यान्न पाएको सर्वेक्षण सूचकले औल्याएको छ। विविध खाद्यान्न सवावेश खान पाउने बालबालिका सबैभन्दा बढी बाग्मती र गण्डकीमा क्रमश बढी देखिएका छन।

बाग्मतीमा ७० र गण्डकीमा ६४ जना छन। अन्य प्रदेशहरुमा पचासदेखि ५२ जना बालबालिकाले यस्तो खाद्यपदार्थ पाएका छन। विविध अर्थात बहुखाद्यान्न समावेश भएका खानाहरुले मात्र बालपोषण तत्व पुरा हुने सर्वेक्षणले सुझाएको छ। उच्च शिक्षा हाँसिल गरेका ७० प्रतिशत बालबालिकाले बिविध खाद्यपदार्थ सहितका पोषण पाएका छन। 
अर्को समाचार
नेपालमा स्तनपानः सहरमा कम, गाउँमा बढी किन?
३१ वैशाख २०८३
•
३ मिनेट पाठ
नेपालमा स्तनपानः सहरमा कम, गाउँमा बढी किन?
गाउँभन्दा सहर धेरै विषयमा अगाडि छ। तर शिशुलाई आमाको दूध खुवाउने अभ्यासमा भने गाउँभन्दा सहर कमजोर छ। अर्थात् शिशुलाई स्तनपान गराउनेको संख्या सहरमा भन्दा ग्रामीण क्षेत्रमा बढी छ।




जिल्ला जनस्वास्थ्य कार्यालय कटुञ्जे, भक्तपुरकी जनस्वास्थ्य अधिकृत कल्पना पाण्डेका अनुसार शिशु जन्मेको एक घण्टाभित्र स्तनपान सुरु गर्ने दर राष्ट्रिय रूपमा करिब ६० प्रतिशत रहेको छ। तर ग्रामीण क्षेत्रमा यो दर शहरी क्षेत्रभन्दा बढी रहेको अध्ययनले देखाएको छ। त्यस्तै, ६ महिनासम्म केवल आमाको दूध खुवाउने दर पनि गाउँमा तुलनात्मक रूपमा उच्च छ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार सातवटा प्रदेशहरूमध्ये बागमती प्रदेशमा आमाको दूधबाहेक अन्य बाहिरिया दूध खुवाउने प्रतिशत सबैभन्दा बढी छ। तथ्यांकअनुसार बागमतीमा ४३ प्रतिशतले आमाको दूधबाहेकको दूध खुवाउँछन्। यो प्रतिशत कर्णालीमा सबैभन्दा कम छ, जहाँ ११ प्रतिशतले मात्रै आमाको दूधबाहेकको दूध खुवाउँछन्। त्यस्तै, गण्डकीमा २७ प्रतिशत, कोशीमा २५ प्रतिशत, लुम्बिनीमा २४ प्रतिशत, सुदूरपश्चिममा १५ प्रतिशत र मधेशमा १२ प्रतिशतले मात्रै आमाको दूधबाहेकका अन्य बजारिया दूध शिशुलाई दिने तथ्यांक उनले प्रस्तुत गरिन्।

भक्तपुर नगरपालिका र जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरको संयुक्त आयोजनामा ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री–वितरण सम्बन्धी ऐन, २०४९’ लगायत स्तनपानसम्बन्धी विषयमा सरोकारवाला निकायहरूसँग बिहीबार भक्तपुरमा भएको अभिमुखीकरण कार्यक्रममा उनले यस्तो तथ्यांक प्रस्तुत गरेकी हुन्।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री र वितरणका सन्दर्भमा बिक्रीकर्ता र उपभोक्ता सबै सचेत हुनुपर्ने बताए। उनले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु विकल्पका रूपमा मात्र प्रयोग गर्नुपर्ने उल्लेख गरे। आमाको दूध शिशुको लागि अमृतसरह हुने बताउँदै उनले शिशुलाई सकेसम्म आमाको दूध नै खुवाउनुपर्ने विषयमा सचेत पार्न आवश्यक रहेको बताए।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरकी कार्यालय प्रमुख अन्जना खड्काले स्तनपानको संरक्षण र संवर्द्धन तथा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री–वितरणलाई नियमित गरी बच्चाहरूका लागि सुरक्षित र पर्याप्त पोषणको व्यवस्था गर्ने उद्देश्यले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री–वितरण नियन्त्रण ऐन’ निर्माण गरिएको बताइन्। उनले ऐनको प्रभावकारी कार्यान्वयन नै कार्यक्रमको मुख्य उद्देश्य रहेको बताइन्।

विशेषज्ञहरूका अनुसार गाउँघरमा परम्परागत रूपमा बच्चा हुर्काउने अभ्यास कायम रहनु, परिवारको सहयोग हुनु तथा आमाहरू घरमै बढी समय बस्ने भएकाले स्तनपान सहज हुने गरेको छ। तर सहरमा भने कार्यालय जाने, सुत्केरी बिदा कम हुने, तनावपूर्ण जीवनशैली तथा कृत्रिम दूधप्रतिको आकर्षणका कारण स्तनपान प्रभावित भइरहेको छ।

बाल विशेषज्ञहरूका अनुसार शिशुको शारीरिक तथा मानसिक विकासका लागि पहिलो ६ महिनासम्म केवल आमाको दूध अत्यन्त आवश्यक हुन्छ। यसले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै कुपोषण र संक्रमणको जोखिम कम गर्छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पाँच वर्षमुनिका बालबालिकामा कुपोषण अझै चुनौतीका रूपमा रहेको छ। स्तनपानको अभ्यास कमजोर हुँदा शिशुमा झाडापखाला, निमोनिया तथा अन्य संक्रमणको जोखिम बढ्ने चिकित्सकहरू बताउँछन्।

विश्व स्वास्थ्य संगठनले जन्मेको एक घण्टाभित्र स्तनपान सुरु गर्न र कम्तीमा ६ महिनासम्म केवल आमाको दूध खुवाउन सिफारिस गर्दै आएको छ। शहरी क्षेत्रमा आमाहरूलाई स्तनपानबारे परामर्श, परिवारको साथ र कार्यालयबाट सहयोग उपलब्ध गराउन सके स्तनपानको दर सुधार गर्न सकिनेछ।

स्वास्थ्यकर्मीहरूका अनुसार बदलिँदो जीवनशैली, कामकाजी महिलाको व्यस्तता, बजारमा पाइने दूधजन्य सामग्रीको प्रचार तथा परिवार संरचनामा आएको परिवर्तनले सहरमा स्तनपानको अभ्यास कमजोर बन्दै गएको हो। विशेषज्ञहरूका अनुसार गाउँघरमा परम्परागत रूपमा बच्चा हुर्काउने अभ्यास कायम रहनु, परिवारको सहयोग हुनु तथा आमाहरू घरमै बढी समय बस्ने भएकाले स्तनपान सहज हुने गरेको छ। तर सहरमा भने कार्यालय जाने, सुत्केरी बिदा कम हुने, तनावपूर्ण जीवनशैली तथा कृत्रिम दूधप्रतिको आकर्षणका कारण स्तनपान प्रभावित भइरहेको छ।
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस