काठमाडौं उपत्यका बाहिर रहेका संक्रमित चिकित्सक तथा स्वास्थ्यकर्मीलाई काठमाडौं ल्याउन नेपाल चिकित्सक संघले माग गरेको छ। कोभिड–१९ को महामारीको उच्च जोखिममा पनि स्वास्थ्य सेवा प्रवाहमा समर्पित भइरहेका स्वास्थ्यकर्मी तथा चिकित्सकहरु संक्रमित हुने क्रम तीव्र गतिमा वृद्धि भइरहेको छ। हाल स्वास्थ्य सेवा प्रवाहमा खटिएका चिकित्सकको मृत्यु हुने क्रमको शुरुवात समेत भएकोले नेपाल चिकित्सक संघले गम्भीर ध्यानाकर्षण गराएको छ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई ज्ञापन पत्र बुझाउँदै चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा. बद्रि रिजालले समस्याहरुको यथासिघ्र समाधानका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउदै ज्ञापन पत्र बुझाएको हुन्।
यस्तै, काठमाडौं उपत्यकाबाहिरका संक्रमित चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सिघ्र उपचारका लागि काठमाडौ ल्याउन आकस्मिक हेलिकप्टरको पनि व्यवस्थापन गर्नु पर्ने माग नेपाल चिकित्सक संघले गरेको छ।
चिकित्सक संघले कोभिड–१९ संक्रमणको उपचारमा संलग्न चिकित्सक स्वयं संक्रमित भई मृत्यु भएमा १ करोड रुपैयाँसम्म बिमा रकम भुक्तानीको सुनिश्चित गर्न पनि माग गरेको छ।
यस्तै, ज्ञापनमा पत्रमा भनिएको छ, चिकित्सक तथा स्वास्थ्यकर्मीहरु संक्रमित भएको खण्डमा नीजहरुको उपचार खर्च लगायतको सम्पूर्ण व्यवस्थापनको जिम्मा नेपाल सरकारले नै लिनुपर्ने, नेपाल मेडिकल काउन्सिलको निर्देशिकामा उल्लेख भएका अत्यावश्यक औषधिहरु लगायतका कोभिड उपचारमा आवश्यक पर्ने भेन्टिलेटर, अक्सिजन, आइसियू बेडहरु र जनरल बेडहरुको संख्या बृद्धि गर्नु पर्ने छ।
विश्व स्वास्थ्य संगठनले सिफारिस गरे बमोजिम देशभरका स्वास्थ्य संस्थाहरुमा संक्रमण व्यवस्थापन सम्बन्धी ठोस प्रभावकारी रणनीति तर्जुमा गरी अनिवार्य कार्यान्वयन गर्नु पर्ने माग छ। कोभिड उपचारको क्रममा संक्रमित भएका चिकित्सकहरुको आवश्यक उपचारको व्यवस्थापनका लागि मन्त्रालयमा छुट्टै शाखाको व्यवस्था हुनु पर्ने र सुरक्षाका सामग्रीहरुको पनि सहजता गराउनु पर्ने माग गरेको छ।
स्वास्थ्यकर्मीलाई आईसीयू र भेन्टिलेटर संचालन गर्न सक्ने गरी तालिमको व्यवस्था गर्ने तथा समुदायमा कोभिड रोकथाम सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्नेलगाएतका माग गरेको छ।