पूर्वमन्त्री चौरसियासहित ७० जना संक्रमित डिस्चार्ज
३१ साउन २०७७
•
१ मिनेट पाठ
पूर्वमन्त्री चौरसियासहित ७० जना संक्रमित डिस्चार्ज
शुक्रबार राति र शनिबार साँझ गरी वीरगन्जका २ वटा कोरोना बिशेष अस्पतालबाट यहाँ ७० जना कारोनाबाट संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । वीरगन्ज हेल्थ केयरस्थित नारायणी बिशेष कोरोना अस्पतालबाट शुक्रबार ३६ जना र शनिबार साँझ ३४ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका हुन् ।  




यसअघि शुक्रबार साँझ नै नारायणी बिशेष कोरोना अस्पतालबाट ८ जना डिस्चार्ज भएका थिए । पर्सा स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले भने, ‘२ वटा कोरोना बिशेष अस्पतालबाट यहाँ ७० जना कोरोनाबाट संक्रमणमुक्त भएर डिस्चार्ज हुनु भएको ति अस्पतालहरुले जनाएका छन् ।’  

दश दिनअघी साउन २२ गते प्राप्त पिसिआर परीक्षण रिपोर्टमा संक्रमित देखिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा तराई मधेश बिभागका प्रमुख अजय चौरसियासहित ३४ जना शनिबार साँझ डिस्चार्ज भएका हुन । उनीसगै वरिगन्जस्थित कारागारका जेलर श्रवण पोखरेल, वीरगन्ज महानगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष जगत साह कानुसहित ३६ जना डिस्चार्ज भएका हुन् ।  

नारायणी मातहत संचालित बिशेष कोरोना अस्पताल वीरगन्ज हेल्थ केयरमा उपचार गराइरहेका उनीहरुको पछिल्लो पीसिआर परीक्षण रिपोर्टमा नेगेटीभ आएपछि शनिबार डिस्चार्ज गरिएको अस्पतालका संचालक डाक्टर अबुल हैस अन्सारीले जानकारी दिए ।  

यसअघि शुक्रबार वीरगन्ज वडा नम्बर १३ का वडा अध्यक्ष रामदरश कुशवाहा, पत्रकार क्रान्ति साहसहित ३६ जना सो अस्पतालबाट डिस्चार्ज भएका थिए । त्यस्तै आठ जना गण्डक अस्पतालबाट डिस्चार्ज भएका थिए ।
अर्को समाचार
एरिक्सन अस्पतालबाट डिस्चार्ज
०६ असार २०७८
•
१ मिनेट पाठ
एरिक्सन अस्पतालबाट डिस्चार्ज
युरो कपको आफ्नो पहिलो खेलमा हृदयाघात भई अस्पताल भर्ना भएका डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन ६ दिनपछि डिस्चार्ज भएका छन्।  




डेनिस फुटबल युनियन (डिबियु) ले एरिक्सनको अपरेसन सफलतापूर्वक सम्पन्न भएपछि अस्पतालबाट डिस्चार्ज भएको जनाएको हो। युरो कपअन्तर्गत फिनल्यान्डविरुद्धको आफ्नो पहिलो खेलमा हृदयाघात भएर मैदानमा ढलेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। फिनल्यान्डविरुद्धको खेलअन्तर्गत ४३औं मिनेटमा एरिक्सन अचेत भएर मैदानमा ढल्न पुगेका थिए। इन्टर मिलानका २९ वर्षे मिडफिल्डरलाई तत्काल मैदानमै सिपिआर पनि दिइएको थियो। त्यसपछि उनलाई अस्पताल लगिएको थियो। उक्त खेलमा डेनमार्क १–० ले पराजित भएको थियो। एरिक्सनको शरीरमा मुटुको गतिलाई नियमित गर्न हर्ट डिफाइब्रिलेटर (आइसिडी) लगाइएको छ। एरिक्सनको मुटुको अलगअलग जाँच गरेपश्चात् उनको शरीरमा आइसिडी (हर्ट स्टार्टर) राख्ने निर्णय भएको थियो। मुटुको चालको गडबडीपछि यो डिभाइस आवश्यक देखिएको फुटबल संघले जनाएको थियो। 
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस