उपत्यकामै किट अभाव
१२ जेष्ठ २०७७
•
२ मिनेट पाठ
उपत्यकामै किट अभाव
काठमाडौं उपत्यकामै कोरोना परीक्षण गर्न किट अभाव भएको छ । किट अभावमा भक्तपुर अस्पतालले आइतबारदेखि सर्वसाधारणको कोरोना परीक्षण बन्द गरेको जनाएको छ । 




भक्तपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवालले दुईतीन दिनदेखि नै अस्पतालमा किट अभाव भएको जानकारी दिए । उनका अनुसार आइतबारदेखि उच्च ज्वरो आई शंका लागेकालाई मात्र परीक्षण गरिएको छ । सामान्य रुपमा कोरोना परीक्षण गर्न आउनेको परीक्षण किट अभावमा बन्द गरिएको उनले जानकारी गराए । 

अस्पताललाई किट जिल्ला जनस्वास्थ्य कार्यालय कटुन्जे भक्तपुरले उपलब्ध गराउने गरेको छ । ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट ल्याई जिल्ला जनस्वास्थ्य कार्यालय कटुन्जे भक्तपुरले जिल्लामा किट उपलब्ध गराउँदै आएको छ । 

जिल्ला जनस्वास्थ्य कार्यालय कटुन्जे भक्तपुरका प्रमुख कृष्ण मिजारले आफूहरूसँग पनि किट नभएको जनाए । आफूहरूले किट उपलब्ध गराउने जिम्मा अब स्थानीय तहका नगरपालिकाहरूलाई मात्र भएकाले अस्पताललाई दिनका लागि आफूसँग किट उपलब्ध नभएको उनले जनाए । 

भक्तपुर अस्पताल कोरोनाको मुख्य अस्पताल हो । नेपाल सरकारले भक्तपुर अस्पताललाई कोरोनाको मुख्य अस्पतालको रूपमा तोकेको थियो । यसबाहेक जिल्लाको दुवाकोटस्थित केएमसी अस्पताललाई पनि कोरोना परीक्षण गर्ने अस्पतालको रूपमा तोकिएको छ । 

जिल्लाको कोरोना परीक्षण हुने मुख्य अस्पतालमै किट नहुँदा सेवाग्राही मर्कामा परेका छन् । ‘कोरोना परीक्षणका लागि अस्पताल पुगेको थिएँ तर किट छैन भनेकाले परीक्षण गर्न पाइएन,’ जिल्लावासी सुमन श्रेष्ठले नागरिकसँग भने, ‘जिल्लाको कोरोनाको मुख्य अस्पतालमा नै किट नभएर परीक्षण गर्न नपाएपछि अब कहाँ गएर परीक्षण गर्न सकिएला र ?’ जिल्लाका धेरै निजी अस्पताल अहिले बन्द छन् । लकडाउनदेखि मुख्य गेट नै बन्द गरेर जिल्लाका निजी अस्पताल बन्द गरिएका हुन् । 

देशैभरि कोरोना फैलिएसँगै भक्तपुर पनि कोरोनाको उच्च जोखिममा छ । हालसम्म यहाँ चारजना संक्रमित भेटिसकेका छन् । पछिल्लो पटक भक्तपुर नगरपालिका–९ की महिला वडा सदस्यमै कोरोना भेटिएको थियो । त्यसपछि झन् यहाँ कोरोना संक्रमणको सन्त्रास फैलिएको छ । जनताको काममा निरन्तर खटिरहेर जनतासँग प्रत्यक्ष सम्पर्कमा रहेका जनप्रतिनिधिमै कोरोना संक्रमण देखिएपछि जिल्लावासीमा त्रास छाएको हो ।
अर्को समाचार
किट अभावमा परीक्षण रोकियो
१७ जेष्ठ २०७७
•
२ मिनेट पाठ
किट अभावमा परीक्षण रोकियो
कर्णालीमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा किट अभावमा परीक्षण प्रभावित बनेको छ । कर्णाली प्रदेश अस्पतालले पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा स्थापना गरेको कोरोना परीक्षण मेसिन दुई दिनदेखि किट अभावमा थन्किएको छ ।  




संघीय सरकारले भारतबाट खरिद गरेर पठाएका किट र यसअघि प्रयोगमा रहेको मेसिनबीच समन्वय नहुँदा परीक्षण रोकिएको स्रोतले जनाएको छ । ‘भारतबाट खरिद गरेर संघीय सरकारले पठाएको किट र सुर्खेतमा जडान गरिएको मेसिनबीच तालमेल मिलेन्,’ सामाजिक विकास मन्त्रालय स्रोतले भन्यो, ‘अन्य किट नहुँदा परीक्षण प्रभावित बनेको हो ।’

प्रदेश सरकारले कर्णालीका १० जिल्ला मध्ये साविकका पाँच जिल्लाको परीक्षण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र अन्य पाँच जिल्लाको परीक्षण सुर्खेतमा गरिरहेको थियो । सुर्खेतमा स्थापना गरिएको मेसिनले किट सपोर्ट नगरेपछि कोरोना परीक्षणका लागि सुर्खेतसहित दैलेख, सल्यान, रुकुम र जाजरकोटमा संकलन गरिएको स्वाब पनि जुम्ला पठाउन थालिएको छ ।  

सामाजिक विकासमन्त्री दल रावलले संघीय सरकारले पछिल्लो पटक पिसिआर परीक्षणका लागि पठाएका तीन हजार किटमा समस्या देखिएको बताए ।  

‘मेसिनमा समस्या आएको होइन्, आरएनए किटमा समस्या देखिएको हो,’ मन्त्री रावलले भने, ‘संघीय सरकारसँग यसअघि प्रयोगमा ल्याइएका किटहरू मगाएका छौं ।’ मन्त्री रावलका अनुसार तत्कालका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट एक सय किटहरू मगाइएको बताए ।  

उनले संघीय सरकारसँग तत्कालका लागि २५ हजार किट माग गरिएको बताए । ‘भारतमा रेल सेवा सुरु भएसँगै १५ हजारबढी नागरिकहरू कर्णाली भित्रिसकेका छन्, दैनिक तीन–चार हजार आइराख्नु भएको छ,’ मन्त्री रावलले भने, ‘उनीहरूको कोरोना परीक्षणका लागि आवश्यक किटहरू पठाइदिन संघीय सरकारसँग अनुरोध गरेका छौं ।’ मन्त्री रावलका अनुसार आइतबारसम्म दुई हजार किटहरू आइपुग्दैछ ।

क्वारेन्टिनमै मृत्यु

भारतबाट फर्किएर क्वारेन्टिमा रहेका एक युवकको दैलेखमा मृत्यु भएको छ । १० दिनअघि भारतको गुजरातबाट फर्केका दैलेखको दुल्लु नगरपालिका–११ का ३५ वर्षीय युवाकको शनिबार विहान मृत्यु भएको हो । युवक दुल्लु नगरपालिका–७ मा रहेको नेपाल विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टिनमा बसेका थिए ।  

दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीले भारतबाट आएका युवकको क्वारेन्टिनमा मृत्यु भएको पुष्टि गरे । ‘मृतक युवासहित ७९ जनाको टोलीलाई नेपाल विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टिनमा राखेका थियौं,’ मेयर भण्डारीले भने, ‘शनिवार विहान चिया खाजा खाएपछि एक्कासी ढलेर मृत्यु भएको हो ।’

ति युवाको कोरोना परीक्षणका लागि बिहीबार स्वाब संकलन गरिएको थियो । कोरोना परीक्षणका लागि उनीसहित आठ सय जनाको स्वाब संकलन गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला पठाइएको छ । पिसिआर परीक्षणको रिर्पोट आएपछि मात्र उनको मृत्युको कारण खुल्ने छ ।
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस