गर्मीमा छालाको स्याहारका लागि प्रशस्त पानी
०५ जेष्ठ २०७७
•
१० मिनेट पाठ
गर्मीमा छालाको स्याहारका लागि प्रशस्त पानी
गर्मी बढेसँगै छालालाई विशेष स्याहार गर्न जरुरी हुन्छ । गर्मीमा घाम र तातो हावाले छालालाई फुस्रो बनाउँछ । जसले गर्दा प्राकृतिक सुन्दरता मर्न सक्छ । अरु समयमाभन्दा पनि गर्मीमा छालाको विशेष स्याहार गर्नुपर्ने सौन्दर्यकर्मीहरु बताउँछन् । गर्मीमा छालाको स्याहार कसरी गर्न सकिन्छ भनेर एस.एम.एस कस्मेटिक एण्ड ब्युटी पार्लरकी सञ्चालक एवम् सौन्र्दयकर्मी सुलोचना तिमिल्सिनासँग गरेको कुराकानीको सारसंक्षेत प्रस्तुत गरिरएको छ ।  




गर्मीमा छालाको हेरचाह अरु समयभन्दा बढी गर्न जरुरी हुन्छ ।  छालाको धेरैलाई गर्मी मौसममा छालामा बढी चिल्लोपनाको समस्या हुन्छ । गर्मीमा छालाको राम्रोसँग हेरचाह गर्न सकिएन भने चिल्लो छाला अझै चिल्लो र ड्राइ छाला झन् फुस्रो हुने समस्या हुन सक्छ ।  

गर्मीमा छालाको स्याहारमा प्रशस्त पानी पिउनु नै सबैभन्दा उपयोगी हुन्छ । यसका साथै सन प्रोटेक्सन क्रिम पनि गर्मीमा छाला स्याहारको प्रमुख औषधी हो ।  त्यसकारण हरेक दिन ४ पटक प्रयोग गर्नुपर्छ । किनभने त्यो क्रिमले ३ घण्टाभन्दा बढि काम गर्दैन । बजारमा विभिन्न प्रकारको सन प्रोटेक्सन क्रिम उपलब्ध हुन्छन् । तर गुणस्तरीय उत्पादन मात्र प्रयोग गर्नुपर्छ । क्रिम प्रयोग गर्नुभन्दा पहिले आफ्नो छालाको प्रकृति हरेर मात्र प्रयोग गर्नुपर्छ । कामकाजी महिलाहरुले भने विशेष ध्यान दिनुपर्छ । दिनभरी धुवाँ धुलोमा निस्किनु  पर्ने हुदाँ हरेक दिन सुत्नु अघि सफा पानीले मुख धोएर नाइट क्रिम र बडी लोसन लगाउनुपर्छ ।

छालाको स्याहार गर्दा गुण, अवस्था र प्रकार अनुसार गर्नुपर्ने हुन्छ । मानव शरिरको विशेष गरेर ओइली, ड्राई र नर्मल गरेर तीन प्रकारका छाला हुन्छन् । मौसम अनुसार छालाको गुण हेरेर स्याहार गर्नुपर्छ ।  

ड्राइ छालाको हेरचाह

गर्मीमा शरीरमा पानीको कमी हुन सक्छ । यसले गर्दा विभिन्न समस्या देखिन सक्छ । जसको लागि भिटामिन डी भएका क्रिम र फेसवास प्रयोग गर्नु फलदायी हुन्छ  । हाम्रै भान्सामा भएका सामाग्रीको प्रयोग गरेर छालाको स्याहार गर्न सकिन्छ ।  ड्राइ छाला भएकाले कागती, टमाटर र घ्युकुमारीको पेस्ट बनाएर लगाएमा अनुहारमा चमक आउँछ । गर्मीमा ड्राइ स्किनलाई चिल्लो बनाइराख्नु आवश्यक हुन्छ । अन्डाको सेतो भाग, कागतीको झोल, चन्दन, दही, बेसनको पिठो र बेसारको प्रयोग गरेर आवश्यक पेस्ट बनाएर लगाउनु राम्रो मानिन्छ । तर प्रशस्त पानी पिउनु नै छालाको स्याहारको प्रमुख औषधी हो ।  

चिल्लो छालाको हेरचाह

गर्मीमा चिल्लो छाला भएकाहरुले विशेष हेरचाह गर्नुपर्ने हुन्छ । चिल्लो छाला भएकाहरूलाईगर्मीमा पिम्पलको समस्या देखिन सक्छ । चिल्लोपन हटाउनको लागि छालाको लागि मोइस्चराइजर नै औषधी हो । यसका साथै घरमै भएका सामाग्री जस्तै कागती, टमाटर, एलोबेरा, दहीको पेस्ट बनाएर लगाउन पनि सकिन्छ । त्यस्तै कागती र दही मिक्स प्याक बनाएर हप्तामा एक पटक अनुहारमा लगाउन सकिन्छ । जसले अनुहारको प्राकृतिक चिल्लोपना कम गर्छ ।  

नर्मल छालाको हेरचाह

नर्मल छाला हुनेहरुले विशेष गरेर अनुहारको चमकमा विशेष ध्यान दिनुपर्छ । समय समयमा मोस्चराइजर प्रयोग गर्नुपर्छ । पानी प्रशस्त मात्रामा पिउनुपर्छ । साबुन पानीले मुख धुनु राम्रो मानिदैन । यसले छालालाई फुस्रो बनाउँछ । तर दैनिक दुई पटक सफा पानीले भने मुख धुनुपर्छ । तातोपानीको बाफ लिनु राम्रो मानिन्छ । यसले छालाभित्र रहेका फोहोरलाई बाहिर निकाल्छ । स्वच्छ हावा भित्र पु¥याउने काम गर्छ । गर्मीमा छालाको स्याहारका लागि पर्याप्त पानी पिउन, मौसम अनुसारको फलफूल खानु, दैनिक सनब्लक क्रिम प्रयोग गर्न, हप्तामा एक÷दुई पटक फेस प्याक लगाउनु नै राम्रो हुन्छ ।  

कहीँ कतै बाहिर निस्कनु अघि मात्र अनुहारमा क्रिम लगाउने र शृंगार गर्ने हाम्रो अभ्यास छ । धुवाँ धुलोबाट बच्न लोसन, मोस्चराइजर लगाउने गर्छौं । घरमा र अफिसमा बस्दा हामीले अनुहार र छालाको स्याहार गर्दैनौँ । तर, घर र अफिसमा हुँदा पनि हामीले छालाको विशेष स्याहार गर्नुपर्छ ।  भान्सामा खाना पकाइरहँदा भान्साको तापक्रम बढी हुन्छ । हाम्रो छाला कोमल हुने भएकाले त्यसको तापक्रम र खारले हाम्रो छालालाई असर गर्छ ।

हाम्रो ध्यान जान नसकेको अर्को कुरा, घरमा अथवा अफिसको काममा हामी लामो समय सम्म कम्प्युटर, ल्यापटप र मोबाइलमा व्यस्त हुन्छौँ । यी विद्युतीय उपकरणबाट आउने प्रकाशले छालालाई असर गर्छ । त्यसकारण यी उपकरण प्रयोग गर्नु १५ मिनेट अगाडि नै हामीले शरीरमा बडी लोसन र सन प्रोटेक्सन क्रिम लगाउनुपर्छ ।
अर्को समाचार
चित्रकलाकै काममा व्यस्त कलाकार
२९ असार २०७७
•
३ मिनेट पाठ
चित्रकलाकै काममा व्यस्त कलाकार
वरिष्ठ चित्रकार भीम शर्मा लकडाउनका समय पनि चित्र कोर्नमै व्यस्त भए । उनी अहिले ‘लकडाउन’ र ‘कर्म’ शीर्षकमा रहेर चित्र कोर्दैछन् । लकडाउनमा व्यस्त उनले आफुलाई घरमा बस्दा त्यस्तो कुनै तनाव नभएको बताउँछन् । ‘लकडाउनभर पेन्टिङ नै मुख्य काम रह्यो, यस अवधिमा मैले दुई वटा सिरिजमा काम गर्ने मौका पाएँ,’ शर्मा भन्छन्, लकडाउनमा घरमा बस्दा मलाई कुनै पनि तनाव भएन, एउटै कामलाई लामो समयसम्म निरन्तरता दिन पाउँदा लकडाउन त हामी कलाकारको लागि अवसर नै आए जस्तो लाग्यो ।’




चित्रकार कपिलमणि दिक्षितले लकडाउनको समय परिवारसँग बिताएको बताए । दुई छोरीहरुलाई समय दिएर उनीहरुसँग टिकटकमा रमाइलो गर्ने, फिल्म हेर्ने र भान्साको काम गरेर मनोरञ्जनात्मक तरिकाले दिन बिताएको दिक्षित बताउँछन् । ‘स्टुडियो खोलेर पेन्टिङको काम गर्न लागेको त भर्खर एक महिना भयो,’ उनी भन्छन्, ‘बाँकी समय म मेरा छोरीसँग खर्चिए, यस अवधिमा मैले पेन्टिङलाई भन्दा छोरीहरुलाई बढी महत्व दिएँ, मेरा लागि यो समय कहिल्यै पनि पुनः फर्किएर आउँदैन ।’ उनले यस समयमा कोरेका चित्रमा लकडाउनका बेला आएका भावनालाई देखाउन खोजेका छन्।

चित्रकार अनामिका गौतमले पनि लकडाउनका समयमा अनलाइन क्लाससँगै चित्र कोर्ने कामलाई निरन्तरता दिएको बताइन् । चित्रकार नरेश शैजु र जीवनराज उपाध्याय पनि अहिलेको समयमा घरायसी काम र चित्रकलाको काम गरेर आफुलाई व्यस्त बनाइ रहेका छन् ।  

चित्रकलालाई साहित्यसँग जोडेर अघि बढाउन रुचाउने चित्रकार सुन्दर लामा आगामी दिनमा हुन लागेको दुई वटा अनलाइन प्रदर्शनीको तयारीमा जुटेका छन् । ‘मैले लकडाउनमा ड्रइङ र साहित्यसँगै अनलाइन क्लासलाई पनि निरन्तरता दिएँ,’ उनी भन्छन्, ‘अहिले भने म एक हप्तापछि हुन लागेको भर्चुअल कला प्रदर्शनी र भिडिओ अनलाइन प्रदर्शनीको तयारीमा छु ।’

साहित्य र चित्रकलालाई एकैपटक प्रस्तुत गर्न रुचाउने उनले लकडाउनमा ‘बगैँचा’ शीर्षकको कविता तयार गरेका छन् । साथै कविताअनुसारको स्केच पनि तयार पारेको बताउँछन्।

बरिष्ठ चित्रकार रमेश खनाल लकडाउनको समयमा आफुलाई चित्र कोर्नमै व्यस्त राखेर तनावबाट टाढा रहेको बताउँछन् । आफ्नै घरमा स्टुडियो भएका कारण काम गर्नलाई लकडाउनले त्यति असर नगरेको उनको भनाई छ । ‘लामो समयसम्म लकडाउन भयो, हामी घरभित्रै थुनिएर बस्यौं, लकडाउन भयो भन्दैमा हामीले काम गर्न छोड्नु हुँदैन,’ खनाल भन्छन्, ‘बिहानको समय योगा, दिउँसो चित्रकलाको काम र बेलुका आर्टिकलहरु लेखेर मैले लकडाउनका दिनहरु बिताए ।’

ललितपुरस्थित एमक्युब आर्ट ग्यालरीका क्युरेटर मनिषलाल श्रेष्ठ पनि चित्रकलाको काममा व्यस्त भएको बताए । लकडाउनमा काम गर्न प्रसस्त समय भएको बताउँदै उनी अब भिडियोमार्फत अनलाइन प्रदर्शनी गर्ने तयारीमा रहेको बताए ।

देश लकडाउन भएसँगै चित्र कोर्नमै व्यस्त भए चित्रकार एरिना ताम्राकारका दम्पती । खाली समयको सदुपयोगसँगै आफ्नो कामले पनि निरन्तरता पाउने भएकाले घरलाई नै स्टुडियो बनाएर काम गरेको एरिना बताउँछिन् । ‘हामीले चाहेर पनि यस्तो आरामदायी तरिकाले काम गर्न पाएका थिएनौं,’ आगामी दिनमा पनि पाउने छैनौं, उनी भन्छिन्, ‘कामलाई निरन्तर रुपमा अघि बढाउन लकडाउन त हाम्रा लागि अवसर बनेको नै बन्यो’ लकडाउनका समयमा कलामा पनि लकडाउनकै विषयवस्तु आएको उनले बताइन् ।

जहाँ बसेपनि कलाकारले कलाकै सिर्जना गर्ने भएकाले लकडाउनको त्यति असर नपरेको चित्रकार सरिता डंगोलले बताइन् । क्लासिक आर्ट ग्यालरीको तर्फबाट उनले भर्चुअल कला प्रदर्शनीको आयोजना गर्दैछन् ।

बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस