अगुवाबाटै लकडाउन पालनामा चुनौती
२३ वैशाख २०७७
•
५ मिनेट पाठ
अगुवाबाटै लकडाउन पालनामा चुनौती
इटहरी, - चैत २३ गते सुनसरीको दुहवी–९ स्थित छाताबेलीमा राहतको विषयले उग्र रूप लिँदा गाउँले दुई समूहमा विभाजित भई कुटाकुट गरे । सोही ठाउँका मुस्तकिम भनिने साविर मियाँले त्यहीँकै वडाध्यक्ष मेहदी हुसेनले राहत वितरणमा पक्षपात गरेको भनी फेसबुकमा स्टाटस लेखे । तर त्यतिबेला राहत वितरण भइसकेकै थिएन । सोही विषयमा छलफल गर्न भनी भोलिपल्ट बिहानै सुरुमा दुई पक्षीय चार–पाँचजना भेला भएकोमा विवादले उग्र रूप लिदै गएपछि वडाध्यक्ष हुसेनका भतिजा जयरुदिन र छोरा नजाम तथा मुस्तकिमबीच कुटाकुट सुरु भएको थियो । कुटाकुट लम्बिँदा दुई पक्षका गरी झन्डै दुई सय मान्छे भेला भएका थिए । 




त्यसपछि वैशाख १ गते सुनसरी इनरुवा–८ मा राहत वितरण गर्ने क्रममा युवाको एक समूहले विवाद गरेपछि ढुंगा हानाहान भएको र वडा ८ को दलित बस्तीमा वडाध्यक्ष रवीन्द्र मण्डल नेतृत्वको टोली राहत वितरण गर्न पुग्दा त्यस्तो घटना भएको हो । ढुंगा हानाहानपछि दुई समूहबीच धकेलाधकेल भएको थियो । 

त्यसैगरी राहतमा कमसल चामल दिएको भन्दै सुनसरी हरिनगर–१ र २ का बासिन्दाले वैशाख १६ गते चामल फिर्ता गरे । दुईवटा वडाका सयभन्दा बढी परिवारलाई राहतका रूपमा दिएको चामल वडा कार्यालयमै फिर्ता गरे । चामल फिर्ता गर्नुअघि हरिनगरको रामनगर भुटाहामा स्थानीयले सडकमै चामल राखेर प्रदर्शन गरे । लगत्तै प्रहरी टोली पुगेपछि चामल उठाएर वडा कार्यालयमा बुझाइएको थियो । 

हरिनगर गाउँपालिकाले अहिलेसम्म चार हजार पाँच सय परिवारलाई राहत वितरण गरेको छ । वडा १ र २ का बासिन्दाले कमसल भएको भनी राहत फिर्ता गरेका हुन् । तर वितरित चामल सबै खाद्य संस्थान विराटनगरबाट लिइएको एकै खालको चामल भएको बताइएको छ । वैशाख १७ गते गाउँपालिकाले बाँडेको चामल गुणस्तर खाद्य संस्थानमा परीक्षण गरेपछि प्रस्टियो । सोही कुरा स्पष्ट पार्ने क्रममा लकडाउनको पर्वाह नगरी ठूलो संख्यामा स्थानीय भेला भएका थिए । 

लकडाउनको पालना सुरुवातका दिनमा धरान, इटहरी, वराहक्षेत्र, रामधुनी, दुहवीलगायत स्थानमा प्रभावकारी भए पनि पछिल्ला दिनमा परिस्थिति बिग्ँदे गएको पाइएको छ । इटहरीमा बिहान अत्यावश्यक सामान खरिद गर्न भन्दै बजार खुलाउँदा सामाजिक दूरीको पालना नगरी ठूलो भीडभाड हुने गरेको पाइन्छ । जिल्लाको दक्षिणवर्ती क्षेत्रमा भने लकडाउन र सामाजिक दूरी दुवैलाई कम पालना गरेको पाइएको छ । अनि ठूलो संख्यामा कोरोनाबाट बच्ने न्यूनतम आधारभूत उपायसमेत नअपनाई धेरै ठाउँमा राहत लिन जाने गरेको पाइएको छ । 

जिल्लाका विभिन्न स्थानबाट हरेक दिन लकडाउन उल्लंघन गर्ने पक्राउ पर्दा प्रायः समाजका सचेत नागरिक नै हुने गरेका छन् । जसले गर्दा नियमनकारी निकायले लकडाउनको पालना गर्न आग्रह गर्दागर्दै पनि समाजकै अगुवाले उल्लंघन गर्नु प्रमुख चुनौती बनेको छ । अर्कातिर लुकिछिपी भारतबाट नेपाल आउने क्रम बढ्दा सबैभन्दा बढी सुनसरीको दक्षिणवर्ती क्षेत्रका बासिन्दा कोरोनाको उच्च जोखिममा छन् । सुनसरीमा लकडाउनका बेला भारतबाट काम गरेर फर्कनेको संख्या बढ्दो छ । दसगजा क्षेत्रमा आइपुगेपछि यतिबेला मकैबारी रहेको र त्यसमा पनि रातमा सहजै नेपाल प्रवेश गर्ने गरेको पाइएको छ । सुनसरीमा ६५ किलोमिटर खुला सीमा पर्छ । 
अर्को समाचार
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
१ घण्टा अघि
•
१ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
सप्तरी,  सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित रहेको पाइएको छ। 

 

जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका  छन्। गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रमा उनीहरुले नियमित रुपमा उपचार गराइरहेका केन्द्रकी वरिष्ठ स्टाफ नर्स सुनिता यादवले बताइन्।

उनले भनिन्, “अस्पतालमा सम्पर्कमा आएर उपचार गराउनेमध्ये सबैभन्दा बढी २० देखि ५० वर्षको उमेरका छन्। विसं २०८१ मा १८९ जना तथा २०८२ सालमा १९५ एचआइभीबाट सङ्क्रमित थिए। पछिल्लो तीन वर्ष यता प्रत्येक वर्ष एचआइभीबाट सङ्क्रमितको बढेको तथ्याङ्क छ।”

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको उपचार केन्द्रमा १० बालबालिकाको समेत नियमित रुपमा उपचार भइरहेको छ।

“कतिपय सम्पर्कमा आउन नचाहेका कारण एचआइभीबाट सङ्क्रमितको सङ्ख्या बढी रहेको अनुमान गरेका छौँ”, उनले भनिन्।

एचआइभीबाट सङ्क्रमित नियमित रुपमा उपचार गर्न नआए उनीहरुको घरमै गएर पनि औषधि उपलब्ध गराउने गरिएको छ। विसं २०५२ सालदेखि एचआइभीबाट सङ्क्रमितको उपचार सेवा आरम्भ गरिएको अस्पतालले जनाएको छ। 

 



यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १४ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
यो पनि पढौँ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस