उपत्यकावासीलाई उमेरमै अनेक रोग
२६ पौष २०७६
•
१६ मिनेट पाठ
उपत्यकावासीलाई उमेरमै अनेक रोग
फाइल तस्बिर: नागरिक
पछिल्लो समय काठमाडौ उपत्यका र उपत्यका बाहिरका मुख्य सहरहरुमा प्रदुषण बढ्दो छ। जाडो मौसममा काठमाडौं उपत्यकामा प्रदुषणको तह बढिरहेको  प्रदुषण मापन यन्त्रले औल्याएका छन्।




प्रदुषणले उपत्यकावासी तथा मुख्य सहरवासीको स्वास्थ्यमा गम्भिर असर परिसकेको अस्पतालमा केही अध्ययन तथा अनुभवी चिकित्सकहरुले जनाएका छन्। चिकित्सकका अनुसार प्रदुषणले मुटु,मस्तिष्क,फोक्सो,आँखा र छाला मुख्य असर पर्ने अगं हुन्। यस्तो असर नेपालमा पनि परिरहेको छ। केही रोगको बारेमा अध्ययन भएको छ धेरैको खास अध्ययन हुन सकेको छैन।

अध्ययनहरुले बढी प्रदुषित क्षेत्रमा बिहानै तथा चिसो मौसममा पुगेर व्यायम नगर्न समेत  सुझाएका छन् । तर प्रदुषणको असरले हुने केही नयाँ रोगहरु बढिरहेको चिकित्सकहरु औल्याउँछन्। जुन यस प्रकारका छन्।

फोक्सोमा  दम र क्यान्सर

चिकित्सकका अनुसार प्रदुषणले फोक्सोमा दुई चरणमा असर गर्छ। पहिलो तत्कालै दोस्रो दीर्घकालिन असर। प्रदुषणबाट उत्पन्न धुवाँ सिधै श्वास–प्रश्वास हुँदै फोक्सोमा पुग्ने कारण श्वास–प्रश्वास नलीमा संक्रमण,कीटाणुजन्य संक्रमण, व्रोङकाइटिश, निमोनियाँ लगयायतका रोगहरु लाग्छन्। धेरै धुलो धुवाँमा काम गर्नेहरुमा  व्रोङकाइटिश रोग लाग्छन्। व्रोङकाइटिश भयो भने ठूलो श्वास नलीमा संक्रमण हुन्छ। यो कम उमेरका बालबालिका र बृद्ध–बृद्धामा हुन्छ।  व्रोङकाइटिश भएमा  छातिमा खकार देखिने,श्वास–प्रश्वास प्रणालीमा समस्या आउने,छातिमा घ्यार–घ्यार हुने जस्ता समस्या देखिन्छन्। जाडो मौसममा प्रदुषण बढी हुने भएकोले यी रोगको जोखिम पनि जाडो मौसममा नै बढी हुने चिकित्सक बताउँछन्।

नेपालमा दम रोगको संख्या बढिरहेको अस्पतालमा आउने विरामीको स्थिति र अध्ययनले समेत पुष्टि भइसकेको वीर अस्पतालका श्वास/प्रश्वास रोग बिशेषज्ञ डा.अशेष ढुगांना बताउँछन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषणले हालै गरेको अनुसन्धान अनुसार कुल जनसंख्याको १० प्रतिशतमा दम रोग पाइएको छ। सवै भन्दा बढी कर्णाली प्रदेशमा १५.१ प्रतिशतमा दम रोग छ।  प्रदेश २ मा १६.२ प्रतिशतमा दम रोग,सुुदुरपश्चिममा १४.३ र प्रदेश ३ मा ११.७ प्रतिशतमा दम रोगी पाइएको छ। नेपालमा पछिल्लो समय बढ्दो प्रदुषण,सहरीकरणको कारण सवारीसाधनवाट निस्कने धुवाँ,सहरीकरणबाट निस्कने धुलो–धुवाँ जस्ता कारणले दम रोगमा बृद्धि भएको चिकित्सकले दावी गरेका छन्। ‘पहिला चुरोटको प्रयोग र दाउराको इन्धनवाट निस्कने धुवाँले दम हुन्थ्यो,अहिले प्रदुािष्त वातवरणले भइरहेको देखिन्छ’वीर अस्पतालका डा.ढुंगानाले भने। उनको अनुसार पछिल्लो समय कहिल्यै चुरोट प्रयोग नगरेकाहरुमा फोक्सोको क्यान्सर समेत देखिन थालेको छ।

कर्णाली जिल्लामा घरभित्र प्रयोग  गरिने इन्धनवाट निस्कने धुवाँले फोक्सोमा असर गरी दम रोग बढेको र मुख्य सहरहरुमा गाडीको इन्धन,निर्माण क्षेत्र तथा कलकारखानाबाट निस्कने धुवाँको कारण दम रोग बढेको डा.ढुगाँना बताउँछन्। ‘कहिल्यै धुमपान नगरेकाहरुमा पनि फोक्सोको क्यान्सर भएको देखिन्छ,यस्तो हुनु भनेको प्रदुषणको असर भनेर बुझ्नु पर्छ,तर हामी कहाँ अध्ययन भएको छैन’डा.ढुंगानाले भने।

कम उमेरमै पार्किन्सन  र न्युरोप्याथी

चिकित्सकका अनुसार कम उपत्यकामा बढ्दो प्रदुषण्को असर मस्तिष्क तथा मस्तिष्कजन्य रोग समेत नयाँ रुपमा देखा परेका छन्। पहिला उमेर पुगेपछि मात्र देखिने पार्किन्सन र न्यरोप्याथी र मस्तिष्कघात समेत देखिन थालेको छ। चिकित्सकका अनुसार प्रदुषणवाट उत्पन्न हुने सानो धुलोको कण तथा धुवाँ श्वास–प्रश्वास सिधै फोक्सो र फोक्सो हुँदै मुटु र मस्तिष्कमा समेत पुग्ने भएकोले यी अंगमा समेत प्रदुषणले असर गर्छ।

वीर अस्पताल न्युरोलोजी बिभागका अनुसार पछिल्लो समय बृद्ध उमेरमा हुनु कतिपय मस्तिष्क सम्वन्धी रोगहरु कम उमेरमै देखिएको छ। मस्तिष्कमा डोपामिन नामक रसायन हुन्छ। यो रसायनले न्युरोन उत्पादन गर्छ। यसको कमी भयो भने पाकिन्सन नामक रोग लाग्छ। नेपालमा यस्तो रोग एक दशकदेखि यता कम उमेर समुहमा समेत देखिंदै गएको वीर अस्पताल न्युरोलोजी विभागका प्रमुख डा.सुनिल कोइराला बताउँछन्। उनको अनुसार यो रोग ६० वर्षपछि मात्र लाग्नु पर्नेमा नेपालमा ३०÷३५ वर्षमै देखिंदै गएको छ। बिभागमा मासिक आउने ४० जना पार्किन्सनका बिरामी मध्ये पाँचदेखि सात जना कम उमेर समुहका छन्। डा.कोइरालाका अनुसार कम उमेरमा पार्किन्सन भएर आउनेमा सहरवासी र ग्रामिण किसान दुवै छन्।

यो स्थिति हेर्दाै बिषादी प्रयोग गर्ने किसान र सहरको प्रदुषण्को सम्पर्कमा रहेका सहरवासी दुवै कारणले पार्किन्सन बढेको हुन सक्छ। ‘अध्ययन भएको छैन,बिरामी हेर्दा बुढो उमेरमा लागेको रोग जवानीमै लागेको देखिन्छ’उनले भने। चिकित्सकका अनुसार पार्किन्सन भएमा शरिर अर्रर हुने,वोली मसिनो हुने जस्ता लक्षण देखिन्छ।

डा.कोइरालाका अनुसार प्रदुषणकै कारण देखिने अर्को रोग हो न्युरोप्याथी। प्रदुषणबाट निस्कने धुवाँ र धुलो धुवाँले न्युरो(नशा)मा पुग्छन् र नशाहरु सुक्दै जान्छन्।  यसको कारण हात–खुट्टाका मांशपेशी सुृक्दै जान्छन्। अस्पतालमा न्युरोप्थाथी भएका मासिक १०/१२ जना यस्ता बिरामी आउँछन्। यसको कारण बिरामीलाई हिंडडुल गर्न गाह्राे हुने र जीवन नै एक प्रकारको अपांगता हुने हुन्छ।

डा.कोइरालाका अनुसार प्रदुषणको कारण मस्तिष्कघात पनि बढेको छ। तर नेपालमा यसको बिषयमा अध्ययन हुन सकेको छैन। उनको अनुसार प्रदुषणबाट उत्पन्न हुने धुवाँले धुमपानले जस्तो रगतको नलीको भित्री लेयर नष्ट गरिदिन्छ। रगतमा धुलोको कण जम्मा भएमा रगतका नलीहरु साँघुरो हुन्छन् र उच्च रक्तचाप बढाउँछ। जसले कुनै पनि समय मस्तिष्कघात हुने सम्भावना हुन्छ।

मुटु तथा रगतको नलीजन्य रोग

प्रदुषणबाट निस्कने नाइट्रोअक्साइड तथा नाइट्रोअक्साइड स्वास्थ्यको लागि हानिकारक हुन्छन्। प्रदुषणबाट निस्कने ०.५ पिएम फोक्सो हुँदै रगतको नलीमा छिर्छ। यसमा हुने कार्वन मनोअक्यासइड खराव तत्वमा पर्छ। यस्तो धुलो रगतका धमनीमा जम्मा भई  धमनी साँघुरो पार्छ।  जसको मुटुमा वोसो जमेको हुन्छ, त्यहाँ धुलो जम्मा भएमा भइ रक्तसंचार बन्द हुन सक्छ। धुलोले मुटुको नशामा बनाउने संक्रमणले मुटुको नशामा रगतको कमी हुन सक्छ। रगत वाक्लो भएर रक्त संचार बन्द हुने अर्को जोखिम हुन्छ। धमनीमा साँघुरोपनाले हृदयघातकै  जोखिम हुन्छ। क्रमिक रुपमा हुने घाउले धमनी साँघुरो भइ  मस्तिष्कघात र हृदयघात हुने सम्भावना हुन्छ।

प्रदुषणले हुने यी असरको बारेमा नेपालमा खास अध्ययन भएको छैन। केही वर्ष अघि अमेरिकामा गरिएको राष्ट्रिय मृत्युदर र प्रदुषणको असरवारे अनुसन्धानले फोक्सो र मुटुको कारणले हुने मृत्यु बढेको औल्याएको छ। चिकित्सकका अनुसार वायुमण्डलको तल्लो तहमा भएको प्रदुषणले मुटुलाई असर गर्छ। काठमाडौं उपत्यकामा कायम बढ्दो प्रदुषणले यी रोग लागिसकेको हुने आंकलन गर्न सकिन्छ। अस्पतालमा स्थानगत बिरामीको तथ्याकं नराखेको कारण उपत्यकावासीमा प्रदुषणको मुटुस्वास्थ्यमा परेको असरको बारेमा तथ्याकं नभएको  राष्ट्रिय गंगालाल हृदयकेन्द्रका मुटुरोग बिशेषज्ञ डा. सुजिव  राज भण्डारीले बताए। तर पछिल्लो समय अस्पतालमा बढ्दो हृदयघात तथा मस्तिष्कघात,उच्चरक्तचाप जस्ता रोगको स्थिति हेर्ने हो भने प्रदुषणको कारण पनि यी रोग बढेको स्थिति छ।

अस्पतालमा बिरामीको स्थिति हेर्ने हो भने पहिलो मुटु सम्वन्धी रोग ४२ प्रतिशत,१३ प्रतिशत उच्चरक्तचाप,१३ प्रतिशत बाथमुटुरोग र वाँकीमा दम रोग भएका बिरामी उपचारका लागि पुगेको त तथ्याकं छ। यो वर्ष अस्पतालमा १४ हजार ६ सय जना बहिरंग बिभागवाट र १६ सय ८९ आकस्मिक कक्षवाट सेवा लिएका थिए।  राजधानीमा कायम प्रदुषणबाट मुटु स्वास्थ्य उचित राख्न बढी प्रदुषित भनिएका स्थानमा पुगेर व्यायम नगर्ने,माक्स लगाएर मात्र हिंड्न डा.राजभण्डारीको सुझाव छ।

आँखामामा एलर्जीले हैरान

चिकित्सकका अनुसार वायु प्रदुषणले आँखामा सुख्खापनको समस्या,आँखामा एलर्जी हुने जस्ता समस्या हुन्छ। तिलगंगा आँखा प्रतिष्ठानका अनुसार दश वर्ष अघिसम्म बसन्त क्रतुमा मात्र आँखा चिलाउने समस्या हुन्थ्यो। पाँच/सात वर्षदेखि यता बाह्रै महिना आँखा चिलाउने समस्या देखिएको छ। चिलाउने समस्या १०/१२ दिनपछि आफै हराएर जान्थ्यो।‘अहिले उपत्यकामा बाह्रै महिना आँखा चिलायो भन्दै आउँछन्’तिलगंगा आँखा प्रतिष्ठानकी नेत्ररोग बिशेषज्ञ डा. सिर्जना अधिकारीले भनिन्। उनको अनुसार अस्पतालमा आउने कुल विरामीको ७० प्रतिशत प्रदुषणसित सम्वन्धित छन्।उनीहरु पटक–पटक आँखा चिलाउने र सुख्खा हुने समस्याले उपचारमा अस्पताल पुग्ने  गर्छन्। अस्पतालमा दैनिक १ हजारदेखि १२ सय जना बहिरंग बिभागमा उपचारका लागि पुग्छन्।

आँखा चिलाउने समस्या भएकाहरुले आफुखुशी औषधी किनेर हाल्ने चलनले पनि आँखामा थप रोग थपिएको छ। सिधै औषधी पसलवाट औषधी लिंदा कतिपय कमसल र गलत औषधी पर्ने गर्दा आँखामा जटिल समस्याहरु देखिएका छन्। आँखामा गलत उपचार भएमा मोतीविन्दु,जलविन्दु भइ अन्धोपना समेत आउने हुनाले जथाभावी औषधी नखान चिकित्सकको सुझाव छ।

छालामा एलर्जी र डावर बढे

प्रदुषणले छालामा लाग्ने रोगहरु समेत बढिहरहेको अस्पतालले जनाएका छन्। वीर अस्पताल चर्म तथा छाला रोग बिभागका अनुसार छालामा एलर्जी हुने,चिलाउने,डावर आउने,छालामा डण्डीफोर आउने,चायाँ–पोतो निस्कने जस्ता रोगको दर बढिरहेको छ। चिकित्सकका अनुसार दुई प्रकारका एलर्जी देखिन्छ। हावावाट सिधै छालामा आउने  एलर्जी र प्रदुषित हावावाट छालामा आउने एलर्जी हुन्। यी दुवै एलर्जीका बिरामी अस्पतालमा उल्लेख्य संख्यामा पुगेका छन्।

अस्पतालमा आउने बिरामी मध्ये २ प्रतिशत प्रदुषणको एलर्जीको मात्र रहेको वीर अस्पताल चर्म तथा यौन रोग बिभागकी छाला रोग बिशेषज्ञ डा.लैला लामा बताउँछिन्। लामा अनुसार यसरी आउनेमा सवै जसो काठमाडौ उपत्यका भित्रका छन्। चिकित्सकका अनुसार प्रदुषणले छालाको गुणस्तर कमजोर पार्ने,छालाको प्वाल बन्द गरी पसिना निस्कने वाटोमा अवरोध गरिदिन्छ। अवरोध भएपछि छालामा डण्डीफोर आउने,छालामा डावर आउने लगायतका रोगहरु लाग्छन्। प्रदुषण नियन्त्रण नभएमा यी रोगहरु बल्झिरहने हुन्छ। एलर्जी बल्झिरहेको बिरामीले संधै औषधी उपचार गरिरहनु पर्ने हुँदा संधै पीडित भएको अनुभव गर्न पुग्छन्। एलर्जी भित्री भागमा पुगेमा श्वास फेर्न समेत कठिन हुने डा.लामाले बताइन्।
अर्को समाचार
सातै प्रदेशमा विशेषज्ञ चिकित्सक परिचालन: अब विशेषज्ञ उपचारका लागि काठमाडौं धाउनु पर्दैन ?
१० घण्टा अघि
•
१ मिनेट पाठ
सातै प्रदेशमा विशेषज्ञ चिकित्सक परिचालन: अब विशेषज्ञ उपचारका लागि काठमाडौं धाउनु पर्दैन ?
विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यसहित स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले एमडी, एमएस र एमडिएस उत्तीर्ण ८३८ जना विशेषज्ञ चिकित्सकलाई सातै प्रदेशमा परिचालन गरेको छ। चिकित्सक परिचालनसँगै विशेषज्ञ उपचारका लागि काठमाडौँ तथा ठूला सहर पुग्नुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।




मन्त्रालयका अनुसार सबैभन्दा बढी विशेषज्ञ चिकित्सक बागमती प्रदेशमा खटाइएका छन्। बागमतीमा २०८ जना चिकित्सक परिचालन गरिँदा कोशी प्रदेशमा १५४, लुम्बिनीमा १३३ र गण्डकीमा १२९ जना खटिएका छन्।

त्यस्तै, मधेस प्रदेशमा ८६, सुदूरपश्चिममा ७६ र कर्णाली प्रदेशमा ५२ जना विशेषज्ञ चिकित्सक परिचालन गरिएको मन्त्रालयले जनाएको छ।

कुल खटाइएका चिकित्सकमध्ये ५११ जना प्रदेश स्वास्थ्य मन्त्रालयमा र बाँकी ३२७ जना सङ्घीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खटिएका छन्। सङ्घीय सरकारले प्रदेशमा पठाएका चिकित्सकलाई प्रदेश सरकारले आफ्नो आवश्यकता, प्राथमिकता र कार्यक्षेत्रअनुसार स्थानीय तहका स्वास्थ्य संस्थामा परिचालन गर्न सक्ने व्यवस्था गरिएको छ।

विशेषज्ञ चिकित्सकको परिचालनबाट एनेस्थेसिया, स्त्री तथा प्रसूति रोग, जनरल सर्जरी, हाडजोर्नी, मेडिसिन, आकस्मिक सेवा, आँखा, बाल रोग, दन्त तथा मानसिक स्वास्थ्यलगायतका सेवा विस्तार र सुदृढ हुने विश्वास मन्त्रालयले लिएको छ।

यसले विशेषगरी सुरक्षित सुत्केरी सेवा, शल्यक्रिया तथा आकस्मिक उपचारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रदेश र स्थानीय तहका स्वास्थ्य संस्थामा विशेषज्ञ जनशक्तिको उपलब्धता बढेसँगै नागरिकले आफ्नै क्षेत्रमा गुणस्तरीय उपचार पाउने र ठूला सहरमा उपचारका लागि जानुपर्ने बाध्यता घट्ने अपेक्षा गरिएको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस